Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, May 28, 2015

प्रेम सम्वन्धलाई मान्यता दिन हजुरआमाको हत्या गरेको आशंका

सुरुङ्गा (झापा) १४ जेठ । परिवारले अन्तरजातिय प्रेम सम्वन्धलाई मान्यता नदिएपछि झापाको मेचीनगर नगरपालिकाका एक युवाले आज आफ्नै हजुरआमाको हत्या गरी प्रेमिका लिएर फरार भएको आशंका गरिएको छ ।
मेचीनगर–१० काँकरभिट्टा निवासी २० वर्षीय रञ्जित लिम्बूले आफ्नै ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरी सोही ठाउँ निवासी १७ वर्षीया लक्ष्मी विकलाई लिएर फरार भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लामो समयदेखि लिम्बू र विकवीच अन्र्तरजातिय प्रेम सम्वन्ध रहेको र त्यसलाई मान्यता दिन लिम्वूले हजुरआमाको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट  खुलेको बताइएको छ ।

 जिल्ला प्रहरी कार्यालय झापाका अनुसरा  वृद्धा महिलाले  कानमा लगाएको मुन्द्री, नाकको फूली,घाँटीको तिलहरी तथा  थैली लगायतका सामाग्री नभएको र रञ्जित र लक्ष्मीपनि फरार रहेकाले उनीहरुले नै हजुरआमाको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
लक्ष्मीकी वहिनी भूमिकालाई उध्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार लिम्बूको परिवारले  दिदी लक्ष्मी र रञ्जित बीचको प्रेम सम्वन्धलाई स्विकार नगरेपछि रकम चोरेर भएपनि भाग्ने सल्लाह गएराति मात्र भएको बताइएको छ । राति नै उनीहरुले नै हजुरआमाको हत्या गरको   तर  आज अवेरसम्म रणमाया नउठेपछि मात्र खोजीहुँदा घटना सार्वजनिक भएको भूमिकाले प्रहरी समक्षा बताएकी छिन् । भूमिकाको भनाइलाई आधारमान्दै प्रहरीले घटनाको प्रकृति हेर्दा घटना संङ्कास्पद भएकाले उनीहरुको खोजी कार्य तिव्र बनाएको जनाएको छ ।
यता शव पोष्टमार्टका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।