Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 29, 2015

झापाको चकचकीका महिला सामुदायिक भवन बनाउदै


सुरुङ्गा(झापा) १५ जेठ । सधंै चुला चौकामा व्यस्त रहने झापा चकचकीका महिलाहरु यतिवेला सामुदायिक भवन निर्माणमा जुटेका छन् ।
मानो खाएर मुरी उब्जाउने समय हुँनै लाग्दा घरको काम छोडेर भएपनि  त्यहाँका महिला अहिले सामुदायिक भवन निर्माण कार्यमा जुटेका हुन् । समाजमा हुने विभिन्न खाले सामाजिक कार्य गर्न नजिकै कुनै उपयुक्त ठाउँ नभएको भन्दै महिलाकै अगुवाइमा ४० लाख ४० हजार नौं सय ९९ रुपैयाँको लागतमा सामुदायिक भवन निर्माणको काम  थालिएको  नवदुर्गा आमा समुदायिक संस्थाकी अध्यक्ष नर्वदा कार्कीले बताउनुभयो ।  उहाँले पितृ सतात्मक सोचका कारण समाजमा दबिएर रहेका महिलाले पनि पुरुष सरह केही गर्न सक्छन् भन्दै आफूहरु सामुदायिक भवन निर्माण कार्यमा जुटेको बताउनुभयो ।



 स्थानीय नारदमुनी मैनालीले प्रदान गरेको एक कठ्ठा जग्गामा भवनको निर्माण कार्य सुरु गरिएको छ । चकचकी – ७ मा निर्माणकार्य थालिएको सामुदायिक भवन निर्माणका लागि महिलाकै अगुवाइमा समिति गठन गरेर रकम सङ्कलन गर्ने काम भइरहेको नवदुर्गा आमा समुदायिक संस्थाकी सचिव हेमलता पोखरेलले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो –‘ दिनानु दिन हाम्रो समाज परिस्कृत हुँदै गएको छ, स– साना सामाजिक कार्य गर्नपनि यहाँबाट अन्यत्र जानुपर्ने भएकाले आगामी दिनमा यस्तो नहोस् भन्दै हामी महिलाले केही गरुँ भन्ने सोचले भवन निर्माणको काम थालेका हौं ।’
भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन नवदुर्गा आमा समुदायिक संस्थाकै अगुवाइमा गत फागुनमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजनासमेत सम्मपन्न गरेका छन् । महायज्ञबाट सङ्कलित तीनलाख रुपैयाँमा थप एक कठ्ठा जग्गा खरिद गर्दै भवनको निर्माणकार्य सुरु गरिएको संस्थाकी अध्यक्ष कार्कीको भनाई छ । भवन निर्माणका लागि सभाषद् अम्विका राजवंशीमार्फत संसद् विकास कोषबाट एकलाख रुपैयाँ र महायज्ञबाट सङ्कलित तीन लाख ८३ हजार १८१ रुपैयाँको लागतमा भवनको निर्माण कार्य भइरहेको अध्यक्ष कार्कीको भनाइ छ । संस्थामा आवद्ध एक सय ६७  जना साधारण सदस्य तथा ८९ जना आजीवन सदस्यलेसमेत रकम सङ्कलन गरी एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित भवनको निर्माण कार्यको सुरु गरिएको बताइएको छ ।  महिलाकै अगुवाइमा निर्माण कार्य सुरु गरिएको  भवनको उद्घाटन नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा र नेकपा एमालेका अध्यक्ष चिन्तन पाठकले संयुक्त रुपमा गर्नुभएको छ ।
महिलाले सुरु गरेको यो अभियान सफल बनाउन अहिले त्यहाँका पुरुषले समेत साथ दिएको फूलवारी निवासी समाजसेवी लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो । सामुदायिक भवन निर्माण लगायत अन्य विकास निर्माणका काममा पुरुषले अग्रसरता देखाउँदै अगाडि बढ्नुपर्ने  भएपनि यहाँका महिलाले सुरु गरेको यो कामबाट सवैले पाठ सिक्दै  अगाडि बढ्नु पर्छ उहाँले भन्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।