Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 11, 2015

अपङ्ग महिलालाई करणी गरेको आरोपमा एक पक्राउ


सुरुङ्गा (झापा) २८ वैशाख  । अपाङ्गा महिलालाई जवरजस्ती करण गरेको आरोपमा झापाको हल्दिवारीबाट आज एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दिवारी – ७ निवासी भीमवहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएकी अपाङ्ग महिलालाई २६ गते शनिवार जवरजस्ती करण गर्दै गरेको स्थानीयवासीले देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ ।  अपाङ्ग महिलालाई जवरजस्ती करणी गरेर फरार राउतलाई  प्रहरीले आज पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



गाला टोक्ने पक्राउ
हल्दिवारी –६ की १८ वर्षीया  एक युवतीलाई  जवरजस्ती करणी गर्ने खोज्ने १८ वर्षीय प्रेम तामाङ पनि पक्राउ परेका छन् । स्थानीय एक युवतीलाई मकैवारीमा लगेर जवरजस्ती करणी गर्न खोज्ने तामाङलाई पनि प्रहरीले जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको जनाएको छ । तामाङले पीडित महिलालाई घर नजिकैको मकै वारीमा लगेर जवरजस्ती करणी गर्न खोजेको बताइएको छ । तामाङले पीडित युवतीको गालामा टोकेकाले उनी घाइते भएको बताइएको छ । घाइते युवतीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।