Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 11, 2015

झापाले पठायो सात करोडको राहत सामग्री


सुरुङ्गा(झापा)२८ वैशाख । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पीडित बनेकाहरुका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले रु ७ करोड रुपैयाँको जिन्सी समाग्री प्रदान गरेको छ । त्यस्तै ७६ लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न पेशागत संघ संघठनबाट झण्डै दुई करोड रुपैयाँ राहत रकम उठ्न बाँकी रहेको  छ ।



विभिन्न संघ संस्थाको सहयोगमा जिल्लामा संङ्कलित राहत सामाग्री जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत पीडितहरुका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । यसरी पठाइएको राहत सामग्रीमा चामल, चिउरा, विस्कुट, नून, तेल, चाउचाउ, त्रिपाल, लत्ताकपडा,पानी लगायत रहेको प्रजिअ पौडेलको भनाई छ ।
विभिन्न संघ संस्थाको सहयोगमा दमक नगरपालिकाले सवैभन्दा बढी नगद संकलन गरेर जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा गरेको बताइएको छ । दमक नगरपालिकाले मात्रै रु २० लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको  प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
त्यस्तै झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखाले सबैभन्दा वढी जिन्सी सामान प्रदान गरेको र मेची उद्योग वाणिज्यसंघले पनि बिर्तामोडकै हाराहारी जिन्सी सामान प्रदान गरेको  जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
यता भूकम्प पीडितका लागि सहकारी संस्थाले मात्रै १० लाख ३१ हजार रुपैयाँ प्रदान गरेका छन् । जिल्लामा सञ्चालित सहकारीले जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा उक्त रकम जम्मा गरेको बताइएको छ ।
यसैबीच झापामा अझैं राहत सामग्री संकलन कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।


                  भरियो भन्सार 
भूकम्प पीडितका लागि भारत लगायत तेस्रो देशबाट आएको राहत सामग्रीले मेची भन्सार कार्यालय झापा भरिभराउ भएको छ । राहत सामग्री बोकेका  गाडीले भन्सार परिसर परिभराउ भएको भन्सार अधिकृत गोपिकृष्ण उप्रेतीले बताउनुभयो । भन्सार परिसर भूकम्प पीडितका लागि आएको राहत सामग्रीले भरिभराउ हुँदा भारत लगायत तेस्रो देशबाट आयतित सामाग्री घटेकाले कारोवारसमेत घटेको बताइएको छ । दैनिक दुई करोड रुपैयाँको हाराहारीमा कारोवार हुने मेची भन्सार कार्यालय काँकरभिट्टामा यो महिना लक्ष्य अनुसारको राजश्व नउठ्ने उप्रेतीको भनाई छ । यो महिना कार्यालयले ४५ करोड ५२ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएको थियो । तर भन्सार परिसर भूकम्प पीडितका लागि आएको राहत सामग्रीले भरिएका कारण लक्ष्य अनुसारको राजश्व संकलन नहुँने उहाँको भनाई छ । वंगलादेशले पठाएको १० हजार मेट्रिक टन चामल मध्ये एक हजार मेट्रिकटन चामल आउँदा भन्सार भरिएको छ । वाँकी ९ हजार मेट्रिकटन चामल आउँदा भन्सारको अवस्था कस्तो हुन्छ भन्न सक्ने अवस्था छैन भन्सार अधिकृत उप्रेतीले भन्नुभयो । मेची भन्सार कार्यालय झापाले दिएको जानकारी अनुसार अहिलेसम्म एकलाख ७२ हजार ३ सय ३ थान त्रिपाल, एक हजार ५ सय १७ कार्टुन औषधि, २६ हजार ३ सय ९९ थान व्लाङ्केट,२९ हजार ४ सय २६ केजी चामल (भारतबाट) भित्रिसकेको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।