Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, May 14, 2015

छोराको सफलतामा आमावुवालाई पनि सम्मान



सुरुङ्गा (झापा) ३१ वैशाख ।  छोरो नरेश सिभिल इन्जिनयर बन्दा झापा चकचकी – ३ का  अर्जुन श्रेष्ठ जति खुशी भए त्यो भन्दा बढी खुशी थिए नमूना इङ्लििस स्कूल चकचकीले नरेशको सफलतामा श्रीमतीसहित आफू र आफ्ना छोरालाईसंगै सम्मान गर्दा । नमूना इङ्लिस स्कूलबाट एसएलसी उत्तीण गरेका नरेशले प्राविधिक विषयमा सफलता हात पारेको भन्दै विद्यालयले अभिभावक सहित  नरेशलाई विहीवार सम्मान गरेको थियो ।
सम्मान पत्र प्रदान गर्दै एन प्यावसनका जिल्ला अध्यक्ष सञ्जिव राई 

त्यसो त श्रेष्ठ जस्तै चकचकी–६ का टेकप्रसाद र सुनिता आचार्य, अनि चकचकी– ६ कै  अभिनारायण तथा मनोधरा फूयालको पनि खुशीको सिमा थिएन् । उनीहरुका छोराले पनि सोही विद्यालयमा अध्ययन गर्दै प्राविधिक विषयमा उच्च शिक्षा हासिल गरेपछि विद्यालय प्रशासनले विहीवार आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा उनीहरुलाई पनिसगैं सम्मान गरेको थियो ।

 फूयलका छोरा निरजले कम्प्यूटर इन्जिनियरिङ गरेका छन् भने अनिल आचार्यले एमवीवीएस गरेपछि आफ्ना विद्यार्थीले शैक्षिक क्षेत्रमा राम्रो सफलता हात पारेको भन्दै उनीहरुका अभिभावक सहित पूर्व विद्यार्थीलाई सम्मान गरेको छ ।  विद्यालयका संस्थापक रामकुमार सिह राजवंशीको सभापतित्वमा भएको कार्याक्रममा एन प्यावसनका जिल्ला अध्यक्ष सञ्जिव राई र पूर्व अध्यक्ष जयवहादुर श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै एन प्याव्सनका अध्यक्ष राईले विद्यार्थीको अध्ययनप्रतिको मनोवल थप बढाउन विद्यालय प्रशासनले पूर्व विद्यार्थीलाई गरेको सम्मान सह्रानीय रहेको बताए । उनले यस प्रकारको कार्यक्रमले अभिभावकलाई समेत सम्मान गरेर  अन्य अभिभावकलाई पनि छोरा छोरी पढाउन हौसला प्रदान हुने धारणा राखे ।

                                
                       सम्मान पत्र प्रदान गर्दै एन प्यावसनका पूर्व अध्यक्ष जयवहादुर श्रेष्ठ

त्यसो त विद्यालयले आचार्य , श्रेष्ठ र फूयाललाई मात्र विहीवार सम्मान गरेन । पूर्व विद्यार्थी सम्मान कार्यक्रममा प्रविधिक विषयमा  उच्च शिक्षा अध्ययन गर्दै गरेका विवेक गौतम, वर्ष गौतम, कविता कार्की, किरण वोहोरा, ललिता सेलवाल, विशाल खतिवडा, प्रतिमा पोद्दार, निसान राजवंशी, पुकार कार्कीलाई पनि सम्मान गरेको छ । उनीहरुलाई उच्च शिक्षा अध्ययनमा थप उर्जा प्रदान होस् भन्दै सम्मान गरिएको विद्यालयका प्रिन्सिपल रामकुमार गौतमले बताए । कार्यक्रममा सम्मानित विद्यार्थीका अभिभावक टेकप्रसाद आचार्य, भगीरथ पोद्दार लगायतले बोलेका थिए । यता कार्यक्रममा सहभागीता जनाएका बोड काष्टिङ एसोसिएसनका उपाध्यक्ष कुमार भट्टराई,समाजसेवी लक्ष्मी पाण्डे,अरुणेदय इङ्लिस स्कूलका संस्थापक भानु रनजवंशी, लिटल स्टार इङ्लिस स्कूलका प्रिन्सिपल खड्गनारायण राजवंशी, एन एनप्यावसनका सचिव अग्नि कोइराला,शिक्षा सेवी टेकवहादुर योङ्हाङ्ग,टेकनारायण राजवंशी,जनज्योजि प्राविका प्रधानाध्यापक नरप्रसाद शिवाकोटी,फूलवारी उच्च माविका शिक्षक टुपेन चन्द्रसिह राजवंशी, लगायतले अभिभावक र विद्यार्थीलाई एकैचोटी सम्मान गरेर विद्यार्थीलाई पढ्ने र पढाउनुपर्ने धारणाको विकास हुने  बताएका थिए ।
विद्यालयका शिक्षकद्वय कमल वानिया र शोभा भण्डारीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।