Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, May 2, 2015

हवल्दारद्वारा असइकी छोरीसहित तीन वालिका बलात्कृत भएको खुलासा


सुरुङ्गा(झापा) १९ वैशाख । एक साता अगाडि गएको विनासकारी भुकम्पका कारण मुलुक शोकमा डुबिरहेको बेला सशस्त्र प्रहरीका हवल्दारले प्रहरी सहायक निरीक्षककी छोरी सहित तीन बालिकालाई जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ ।
घटना सार्वजनिक भएलगत्तै अभियुक्तलाई कानुनी कारवाहीको माग गर्दै मेची नगर नगरपालिकाका महिलाहरुले आज स्वतस्र्फूत काँकरभिट्टामा विरोध ¥याली निकालेका छन् । दमकस्थित पाडाजुँगी सशस्त्र प्रहरी गणमा हवल्दार पदमा कार्यरत  ३५ वर्षीया सुदीप थपलियाले काँकरभिट्टा निवासी ९ वर्षीया तीन जना बालिकालाई पटक  – पटक जवरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरीका हवल्दार थपलियाले गत वैशाख ६ गते प्रहरी सहायक निरीक्षककी छोरी सहित अर्की एक वालिका र १६ गते पनि सोही ठाँउकी वालिकालाई जवरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 कसैलाई भने ज्यान मार्ने धम्की दिदै थपलियाले वालिकामाथि  अनौतिक कार्य गरेको र पीडित वालिका मध्ये एक जनाको पिसाव नरोकिएपछि स्वास्थ्य जाँचका क्रममा घटना सार्वजनिक भएको थियो । स्वास्थ्य जाँचपछि  वालिकाले डराउँदै अभिभावकलाई घटनाको वारेमा जानकारी गराएसंगै अभिभावकले थपलिया माथि कानुनी कारवाहीको माग गर्दै  हिजो हामीलाई  जाहेरी दिएका थिए इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमल्सिनाले भन्नुभयो ।
काँकरभिट्टास्थित भानु टोलमा निर्माणाधीन घरमा आएका वेला उनले वालिकालाई बोलाएर जवरजस्ती करणी गरेको बताइएको छ ।
जाहेरी लगत्तै प्रहरीले थपलियालाई हिजो नै  पक्राउ गरेको छ भने उनलाई तत्काल निलम्वन समेत गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।
यता पीडित तीनै जना वालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा आज स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
यसैबीच  वालिकालाई करणी गरेको आरोपमा प्रहरीले थपलियालाई पक्राउ गरेलगत्तै काँकरभिट्टाका महिलाले आज उनी माथि कानूनी कारवाहिको माग गर्दै ¥याली निकालेका छन् । वलात्कारीलाई कडा भन्दा कडा कानुनी कारवाही हुनुपर्छ ¥यालीमा सहभागी स्थानीय चन्दा साही विमलीले भन्नुभयो–‘ प्रशासनले तत्काल कानुनी कारवाही नगरे प्रतिवादमा उत्रन हामी तयार छौं ।’ यता पीडित वालिकाकी आफन्तले सुरक्षा निकायबाटै यस्तो घृणीत कार्य होला भनेर  सोचेका पनि थिएनौं दुखद् घटना घट्यो यस्तो घटना घटाउनेलाई हदैसम्मको कारवाही हुनुपर्छ ।
 ¥यालीपछि आयोजित सभालाई सम्वोधन गर्दै स्थानीय महिला अगुवा विना तामाङले बलात्कारीलाई यथा शीघ्र कानुनी कारवाही गरिनुपर्ने माग गर्नुभयो ।
                                           श्रीमतीद्वारा नै कारवाहीको माग 
वालिका वलात्कारमा सम्लग्न भएको आरोपमा थपलियालाई प्रहरीले पक्राउ गरेपछि उनकी श्रीमती मुना थपलियाले आफ्ना पतिले अपराध गरेको भए कानूनी कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।  आफ्ना पतिले यस्तो कुकृत्य गर्लान जस्तो लागेकै थिएन यदि  गरेको पुष्टी भए कारवाही होस् मुनाले भन्नुभयो । काँकरभिट्टामा महिलाले  थपलिया विरुद्ध  कारवाहिको माग गरेसंगै अभियुत्तकी श्रीमती मुनाले पति विरुद्ध नै कारवाहिको माग गर्नुभएको प्रहरीले जनाएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।