Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, May 5, 2015

भूकम्पका कारण पूर्वी नाका भएर नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी


सुरुङ्गा(झापा) २२ बैशाख ।  गत वैशाख १२ गते शनिवार गएको विनासकारी भूकम्पका कारण पूर्वी नाका भएर नेपाल आउने पर्यटकको संख्या शून्य जस्तै भएको छ ।
भूकम्प गएपछि पर्यटक आउने क्रम अत्यन्त न्यून भएकोे पूर्वी नाका कांँकरभिट्टामा रहेको अध्यायगमन कार्यालयका प्रमुख रामप्रसाद फुयाँलले जानकारी दिनुभयो । वर्ष भरिनै  कुनै पनि समयमा यसरी पर्यटक नघटेको भन्दै उहाँले भूकम्प गएपछि पर्यटक त्रासका कारण  नेपाल आउन छाडेको बताउनुभयो । पूर्वी नाका भएर पर्यटक नआउदाँ राजश्व संकलनमा असर परेको भन्दै उहाँले  पर्यटन क्षेत्रलाई नै भूकम्पले धेरै असर गरेको बताउनुभयो । फूयाँलका  अनुसार अप्रिल २५ देखि मे ५ अर्थात आज वैशाख २२ गतेसम्ममा ७९ जना मात्र विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् ।


गत वर्ष सन् २०१४ को अप्रिल महिनाको तथ्याङ्क भन्दा यस पटक पर्यटक बढेको भएपनि भूकम्पपछि भने पर्यटकमा निरासापन देखिएको जनाइएको छ । गत वर्षको अप्रिल महिनामा ४ सय ९ जना पर्यटक उक्त नाका हुँदै नेपाल प्रवेश गरेका थिए भने ५ सय २५ पर्यटक बाहिरिएका थिए । तर यस पटक भने ५२७ पर्यटक आएको र ४ सय ९० पर्यटक बाहिरिएको अध्यायगमनको कार्यालयले जनाएको छ ।
 भूकम्प पछिका ११ दिनको अवधिमा ७९ जना पर्यटक आए भने १६७ जना पर्यटक यो नाका हुँदै भारत सहित तेस्रो देश गएको  अध्यायगमन कार्यालयका प्रमुख फँयालको भनाई छ । यो नाकाको प्रयोग गरेर अमेरिका, बेलायत, स्पेन, ताइवान लगायतका देशका नागरिकहरु आउने गरेको बताइएको छ । भूकम्पको समयमा आएका पर्यटकहरुले पूर्वकै विभिन्न जिल्लाको भ्रमण तथा अवलोकन गर्ने अनुमान गरिएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।