Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, May 14, 2015

मावल हिडेकी बालिका बाटैमा भिनाजुद्वारा बलात्कृत


सुरुङ्गा(झापा) ३१ वैशाख ।  आमासंगै मावल हिडेकी एक वालिका आफ्नै भिनाजुबाट बलात्कारको सिकार भएकी छिन् ।
झापाको खुदुनावारीबाट गत वैशाख २५ गते आमा र भाइसंगै पृथ्वीनगर मावल हिडेकी १५ वर्षीया वालिकाले आफ्नै भिनाजुले आफूलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।  पीडित वालिकाले प्रहरीलाई  दिएको निवेदनमा भद्रपुर नगरपालिका–८ निवासी २५ वर्षीय भिनाजु वलराम वानियाले आफूलाई वैशाख २५ गते दिदीको घर भद्रपुरबाट मासु किन्न जाउ भन्दै बिर्तामोड ल्याएर भद्रपुर रोडस्थित एक होटल राखेर  रातभर जवरजस्तीकरणी गरेको उल्लेख छ । पीडित वालिका आमा र भाइसंगै मावल हिडेकी थिइन् ।



 भद्रपुरस्थित दिदीको घरमा आमा र भाईसंगै पुगेकी बालिकालाई चन्द्र्रगढीमा मासुकिन्न जाँउ भन्दै वानियाले  बिर्तामोडमा ल्याएर जवरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो । वानियाले मावल हिडेकी पीडित बालिकालाई मावलपछि पु¥याइदिने आस्वासन देखाएर मासुकिन्ने बहाना बनाएर उनलाई बिर्तामोड ल्याएको र जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको प्रहरी सहायक उपरीक्षक राउतले बताउनुभयो ।
पक्राउ परेका वानियालाई आज नै जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । यता पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।