Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 29, 2015

जुवाको खालबाट ५ जुवाडे पक्राउ


सुरुङ्गा (झापा) १५ जेठ ।  जुवाको खाल सहित दक्षिणी झापाको राजगढबाट प्रहरीले ५ जना जुवाडेलाई आज अपरान्ह पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजगढ – ६ निवासी तारा गड्तैला, राजगढ कै श्याम तामाङ,शान्तिनगर निवासी रामकुमार राई, बिर्तामोड निवासी छविलाल विक र शनिअर्जुन नगरपालिका निवासी लेखनाथ भण्डारी रहेका छन् ।

 उनीहरुलाई राजगढ–३ स्थित वुट्टावारीमा मकैवारीमा जुवा खेलिरहेको अवस्थामा नगद ६५ हजार एक सय ७० रुपैयाँ , जुवा खेल्न प्रयोग गरिने कौडा र उनीहरुले प्रयोग गरेका ५ वटा मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रथान रेग्मीले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि राजगढमा जुवा खलाइने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका ५ जनालाई जुवा ऐन अन्र्तगत मुद्दा चलाइने बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।