Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 1, 2015

४ करोडको सामग्री भुकम्प पीडितका लागि झापाबाट काठमाडौं पठाइयो

सुरुङ्गा (झापा) १८ वैशाख ।  झापामा  रहेका विभिन्न सामाजिक संघ संस्था तथा दाता मार्फत संकलित रु चार करोड रुपैयाँ वरावरको जिन्सी सामग्री दैविक प्रकोप उद्धार समिति काठमाडौंलाई  हस्तान्तरण गरिएको छ ।
भूकम्प पीडितका लागि जिल्ला दैविक प्रकोप उद्धार समिति झापा मार्फत सो सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामाग्रीमा त्रिपाल १३ हजार ५ सय ५० थान, चामल, चिउरा, चाउचाउ, पानी, ब्ल्याङ्केट लगायत अत्यावश्यक सामग्री रहेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापावासीले रु एक  करोड ५० लाख भन्दा बढी रकम सहयोग गर्ने विभिन्न संघ संस्था तथा दाताले  प्रतिवद्धता जनाइसकेका छन् । उक्त रकम समेत छिट्टै सङ्कलन गरेर प्रधान मन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ ।
 हालसम्म झापामा १० लाख भन्दा बढी रकम सङ्कलन भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।