Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 4, 2015

समन्वय नहुँदा आचार संहिता लागू गर्न कठिनाई – मन्त्री खड्का


                               
सुरुङ्गा (झापा) २१ वैशाख ।  भवन निर्माण तथा शहरी विकास मन्त्री डा. नारायण खड्काले भवनको नक्सा पास गर्ने स्थानीय निकाय र भवन निर्माण तथा शहरी विकास मन्त्रालयबीच समन्वय नहुँदा भवन निर्माण आचार संहिता लागू गर्न कठिनाइ भएको बताउनुभएको छ ।

आज  नेपाल प्रेस युनियन झापाले आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै  उहाँले यस्तो बताउनु भएको हो । भूकम्पले क्षतिग्रस्त भएका स्थानमा शहर निर्माण गर्दा भौगौलिक स्थितिको नापनक्सा गरेर मात्रै निर्माणको योजना अघि सार्ने बताउँदै मन्त्री खड्काले विपद्को यस घडीमा  प्रकोप पीडितलाई सहयोग गर्न आह्वान समेत गर्नुभयो ।



मन्त्री खड्काले प्रकोप पीडितका लागि खाद्यान्न र अन्य लत्ताकपडा भन्दा बढी त्रिपालको आवश्यकता रहेको भन्दै उहाँले अब प्रकोप प्रभावित परिवारको ब्यवस्थापनका लागि ५ लाख त्रिपाल चाहिने बताउनुभयो ।
पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले प्रकोप प्रभावितका लागि प्रदान गर्न लागेको राहत हस्तान्तरण कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व गर्दै झापा आइपुग्नुभएका  उहाँले  सरकारले आफ्नो क्षमताले भ्याएसम्म ब्यवस्थापन गरिरहेपनि त्यो पर्याप्त नभएको बताउनुभयो ।
 ‘राज्यको सम्पूर्ण स्रोत परिचालन गरेर प्रकोप प्रभावितको उद्दार र राहत गरिरहेका छौं’–मन्त्री खड्काले भन्नुभयो–‘तर यो नै पर्याप्त छैन, यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक छ।’
नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीले गर्नुभएको थियो ।
     पश्चिम बंगालले दियो एकलाख त्रिपाल
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालमा भूकम्पका कारण महाविपत्ती परिरहेका बेला सहयोग गर्नु छिमेकीको ठूलो दायित्व भएको बताउनु भएको छ ।
एउटा छिमेकीले अर्को छिमेकीलाई आपत्त पर्दा सहयोग गर्नु नै सच्चा मित्रत्रा भएको बताउदै उहाँले आज पूर्वी नेपालको दशगजा क्षेत्र मेची पुलमा आयोजित कार्यक्रमका बीच नेपाललाई एकलाख ३० वटा त्रिपाल हस्तान्तरण गर्नु भयो ।

 











पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीले हस्तान्तरण गरेको राहत सामग्री नेपाल सरकारका तर्फबाट भवन निर्माण तथा शहरी विकास मन्त्री डा. नारायण खड्काले  ग्रहण गर्नु भएको थियो ।

राहत हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै वेनर्जीले सफल साथीले एउटा साथीलाई दुःख परेका बेला सहयोग गनुपर्ने र आफूहरुले भूकम्प पीडितका लागि त्रिपाल आवश्यकता रहेको महसुर गरी राहत स्वरुप त्रिपाल उपलव्ध गराएको बताउनु भयो ।
उहाँले नेपाल र भारत सयौं वर्षदेखिमा असल मित्र भएको भन्दै असल मित्रको रुपमा नेपाल र नेपालीलाई हेरेको बताउनु भयो ।

कार्यक्रममा मुख्यमन्त्री बेनर्जीले रु १० करोड मूल्य बराबरको राहत सामग्री नेपालका भूकम्प पीडितलाई सहयोग गरेको बताउनु भयो ।
भारतले सहयोग गरेको सामाग्री आज नै स्थल मार्ग हुँदै काठमाडौं पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।