Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 31, 2015

वालिका वलात्कारका आरोपी सुवेदी पुर्पक्षका लागि जेल चलान


सुरुङ्गा(झापा) १७ जेठ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका कृष्ण प्रणामी मन्दिर माइधारका सञ्चालक मोहनानन्द सुवेदीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि आज जेल चलान गरेको छ ।
न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको २ नम्वर इजलासले  सुवेदीसंग वयान लिएपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो ।
 कनकाई नगरपालिका– ४ कोटीहोम स्थित कृष्णमन्दिरका महाराज सुवेदीले लामो समयदेखि आश्रममै आश्रित एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित बालिकाले प्रहरीसमक्ष उजुरी गरेपछि उनी गत जेठ ९ गते पक्राउ परेका थिए ।

पक्राउ परेका सुवेदीलाई न्यायाधीश उपाध्यायको वन्द इजलासले पछि ठहरे बमोजिम हुनेगरी हाललाई मुलुकी ऐन अदालती बन्दोवस्तको दफा ११८ देहाय २ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी फाष्ट ट्रयाकमा राखेर मुद्दाको कारवाही प्रक्रिया  अघि बढाइएको छ ।
 सुवेदीका तर्फबाट अधिवक्ता अशोक पोखरेल र चुडामणि आचार्यले अदालती बन्दोवस्तको ४७ नम्वर वमोजिम साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका थिए । पीडित वालिकाको तर्फबाट अधिवत्ता जनक पाण्डे र हरि अधिकारीले वहस गरेका थिए ।
अदालतले आगामी जेठ २१ गते साक्षी वकपत्र गराउने बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।