Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 8, 2015

दुई नाले भरुवा बन्दुक सहित ४ पक्राउ


सुरुङ्गा (झापा) २५ बैशाख । झापाको कनकाई नगरपालिका –२ बाट प्रहरीले आज दुई नाल भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका – २ निवासी ३१ वर्षीय  नरबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय  गोपाल गुरुङ, २० वर्षीय शंकर गुरुङ र २९ वर्षीया  कुमारी गुरुङ रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गााले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विहानका राति  दुई बजे फाईरिङको आवाज आएपछि प्रहरी नायव निरीक्षक नवीन घिमिरेको नेतृत्वमा  खटिएको प्रहरीको टोलीले स्थानीय गैडें सामुदायिक वनबाट सखुवाको काठ चोर्दै गर्दा उनीहरुलाई पक्राउ  गरिएको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक र त्यसमा लाग्ने  छर्रासहित ठूलो परिमाणको काठ बरामद गरेको जनाएको  छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर आवश्यक अनुसन्धान भएरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।