Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 31, 2015

हजुरआमाको हत्या गरी फरार भएका लिम्बू इलाममा पक्राउ


सुरुङ्गा(झापा) १७ जेठ । आफ्नै हजुरआमाको घाटी थिचेर हत्या गरी फरार भएका झापाको मेचीनगर–१० काँकरभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई  प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
 इलाम स्थित एक घरमा  लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो ।
उनी गत जेठ १४ गते राति ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरेर फरार भएका थिए । प्रहरीले लिम्बूसंगै सोही ठाउँ निवासी १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको छ । उनी रञ्जितकी प्रेमीका हुन् ।



परिवारले अन्तरजातिय प्रेम सम्वन्धलाई मान्यता नदिएपछि रञ्जितले हजुरआमाको हत्या गरी प्रेमीका लक्ष्मीलाई लिएर फरार भएका थिए ।   हत्यामा सम्लग्न दुवैलाई  इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज पत्रकार सम्मेलन गरी  सार्वजनिक गरेको छ ।  लामो समयदेखि लिम्बू र विकवीच अन्र्तरजातिय प्रेम सम्वन्ध रहेको र त्यसलाई मान्यता दिन उनीहरुले हजुरआमाको हत्या गरेको अनुसन्धानबाट  खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले १४ गते राति २ बजे वृद्धा महिलाको हत्या गरी  कानमा लगाएको मुन्द्री, नाकको फूली,घाँटीको तिलहरी तथा  थैलीमा रहेको नगद १० हजारसमेत लगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । (सुरेन्द्र भण्डारी–रासस)

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।