Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 31, 2015

झापा कारागारबाट १० जना कैदी रिहा


सुरुङ्गा(झापा) १७ जेठ । जिल्ला कारागार झापामा रहेका आधा कैद भुक्तान गरेका १० जना कैदीको सजाय मिनाहा भएको छ ।
गणतन्त्र दिवसको अवसरमा माफी दिने प्रचलन अनुसार विभिन्न अपराध पुष्टि भई आधा कैद भुक्तान गरिसकेकालाई सजाय मिनाहा गरिएको जिल्ला कारागार झापाले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । यसरी   सजाय मिनाहा हुनेमा भद्रपुर–८ निवासी हिक्मतबाहदुर बस्नेत, भुटानी शरणार्थी शिविरका थिङ्ग बुढा भनिने मानध्वज थिङ्ग, मेचीनगरपालिका–३ का गप्पन भनिने गरजीत राजवंशीको कैद मिनाहा भएको छ ।



त्यस्तै विराटनगर–१३ मोरङका विक्रम थपलिया, सतासीधाम– झापाका अस्तित्व भनिने चन्द्र लिम्वू, कोल्बुङ्ग–९ इलामका नाच्याङ्ग भनिने ङच्याङ्ग लामा, त्रियुगा नगरपालिका – १२ उदयपुरका शम्सेर बहादुर केपछाकी मगर, भुटानी शरणार्थी शिविर झापाका टंक थारु, बुधबारे–६ का अनिल कार्की र दुवागढी–४ का नरबहादुर कटुवालको पनि कैद मिनाहा भएको जिल्ला कारागार झापाका जेलर दिपेन्द्र खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।