Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 31, 2015

झापाको पूर्वोत्तर गाविसका स्थानीयवासी हात्तीको त्रासबाट पीडित




सुरुङ्गा(झापा) १७ जेठ ।  भूकम्पको त्रास भुल्न नपाउदै पूर्वोत्तर झापाका सर्वसाधारणमा अर्को त्रास थपिएको छ ।
वर्सेनी भारतीय भूमिबाट नेपाल छिरेका जंगली हात्तीले पूर्वोत्तर झापाका आधा दर्जन गाविसका सर्वसाधारणलाई दुःख दिने गरेकाले उनीहरुमा जंगली हात्तीको त्रास थपिएको हो । प्रत्येक वर्ष जंगली हात्तीले यो समयमा पूर्वोत्तर झापाका कृषकले लगाएको अन्नवाली खाँदै उपद्रो मच्चाउने गरेकाले हात्तीको त्रास बढेको वाहुनडाँगी – ८ निवासी अम्विका आचार्यले बताउनुभयो ।  उहाँले भन्नुभयो –‘यो समयमा कृषकले लगाएको  चैते धान र मकै खान आउने जंगली हात्तीले अन्नवाली नष्ट गर्दै धेरै दुःख दिने गर्छन् ।’


झापाको पूर्वोत्तर गाविस खेतीका लागि  उर्भर जमिन भएकाले यहाँका कृषकले मैसम अनुसारको खेती गर्छन । विशेषगरी शान्तिनगर, बुधबारे, खुदुनावारी, धाइजन र मेचीनगर नगरपालिकामा कृषकले लगाएको अन्नवाली खान आउने जंगली हात्तीले चार दशकदेखि त्यस क्षेत्रका कृषक पीडित बन्ने गरेको स्थानीय प्रेम पौडेल बताउनुहुन्छ ।



हात्ती नियन्त्रणका लागि २०६४ सालमा सभाषद् धर्म घिमिरेको नेतृत्वमा ४० लाखको लगानीमा हात्तीलाई छेक्न  तारको घेरावार निर्माण गरिएपनि प्रभावकारी नहुँदा पूर्वोत्तर झापाका स्थानीयवासी पीडित बन्ने गरेको  उहाँको भनाई छ ।

सोही क्षेत्रमा चारदशकयता हात्तीले सबैभन्दाबढी मानवीय र भौतिक क्षति गर्दै आएको छ । हात्तीले लगाएको बाली नै थन्क्याउन नपाएका स्थानीयले पुरानो धान, मकै बालीबाट विस्थापित भएको स्थानीय यामकुमार हुमागाईले बताए । उनका अनुसार धान, मकै लगाउनुको साटो कृषकले चिया, सुपारी, अम्लिसो, बाँस, विरुवा रोप्न थालेका छन् ।  हात्तीले बाहुनडाँगीको छिमेकी गाविसहरु शान्तिनगर, बुधबारे खुदुनावारी, धाइजन गाविस र मेचीनगर नगरपालिकामा पनि भौतिक र मानवीय क्षति गर्दै आएको छ । तारवार निर्माणपछि सुरु सुरुमा केहीमात्रामा हात्ती नियन्त्रणमा आएपनि जीर्ण पिल्लर र तारको मर्मत नहुँदा क्रमशः हात्ती आउने गरेका छन् । ठूलो रकम खर्चेर पनि कार्यक्रम प्रभावकारी नभएपछि बनमन्त्री महेश आचार्यले ६ महिनामा काम सक्ने गरी गत माघ २३ गते हात्ती सोलार फेन्सी तारवारको उद्घाटन गर्नुभयो । तर काम सुरु भएको  तीनमहिना वित्तिसक्दा पनि सोलार फेन्सी तारवार घेरावेरा नहुँदा समस्या झन् बढेको पौडेलको भनाई छ ।
भारतबाट सोझै नेपालको बाहुडाँगी गाविस क्षेत्रहुँदै नेपाल प्रवेश गर्ने हात्तीले ३६ जना भन्दा बढीको ज्यान लिइसकेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । त्यस्तै हात्तीको आक्रमणवाट सयौं मानिस गम्भीर घाइते भएका छन् भने अन्नपात सहित खर्बैको भौति भएको जिल्ला वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
हात्तीको आक्रमणबाट मृत्यु हुनेका परिवारलाई वन्यजन्तु आरक्षण मार्फत नेपाल सरकारले तीनलाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई ५ हजारदेखिमाथि राहत उपलब्ध गराउने भनेपनि झापाका अझैं धेरैले राहतसमेत नपाएको गुनासो गरेका छन् ।
यता हात्ती नियन्त्रणका लागि लगाइएको तारमा करेन्ट प्रवाह गर्दा तीन जना स्थानीयको करेन्ट लागेर मृत्यु समेत भएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।