सुरुङ्गा (झापा) २४ वैशाख । गत वैशाख १२ गते शनिवारको भूकम्पले सिन्धुपाल्चोक सहित देशाका धेरै ठाउँमा धनजनको क्षति पु¥याएको खवर रेडियो मार्फत सुनेका कनकाई नगरपालिका – ९ स्थित घैलाडुब्बाका ५२ वर्षीय धनवहादुर गोले तामाङका आँखा अझैं रसाइरहेका छन् । घरको मझेरीमा बसेर डम्फू बनाउँदै गर्दा भूकम्प गएको र केही समयमा नै रेडियो मार्फत काठमाडौंसहित धेरै ठाउँमा क्षति भएको खवर सुनेका तामाङका आँखा रसाउनुको कारण थियो सिन्धुपाल्चोकमा पनि भूकम्पले पु¥याएको क्षति । डम्फू बनाएरै जिविको पार्जन गर्दै आउनुभएका तामाङ भूकम्पले सिन्धुपाल्चोकमा क्षति पु¥याएपछि डम्फू बनाउन चाहिने कच्चा पदार्थ नपाइने चिन्ताले सताइरहेको बताउनुहुन्छ । डम्फू हाम्रो शुभ कार्य गर्दा नभइनहुने वाजा हो हामी केही वुढा पाका डम्फू बनाउन जान्ने भएपनि कच्चा पदार्थ उतैबाट ल्याउने गथ्यौं भूकम्पले सबै भताभुङ्ग बनायो उहाँले भन्नुभयो ।
कोइरालाको काठमा मृगको छालाले बेरेर ३२ वटा काठपासिङ(वाँसका साना किला)द्वारा बनाइने डम्झू तामाङ जातिको प्रमुख बाजा भएको उहाँको भनाई छ । यो वाजा बनाउन त के अहिलेका युवाले देख्नसम्म पाउँदैनन भन्दै उहाँले भन्नुभयो –‘म बुढो घरमा नै बसेर डम्फू बनाएर दिन बिताउँथे भुइचालो गएदेखि टिभी हे¥यो कि आँशु आइहाल्छ के को डम्फू बनाउनु ।’ कोइरालाको काठ सिन्धुपाल्चोकबाट ल्याउने गरेका थियौं भूकम्पले सिन्धुपाल्चोक सखाप पारेछ अब त खानेबाटो नै हरायो जानेको काम यही थियो दुखिद् मुद्रामा उहाँले भन्नुभयो ।
यता बिर्तामोड नगरपालिका – ६ निवासी फूलमाया मोक्तान तामाङ पनि भूकम्पको कुरा कसैले गरे अझैं झस्किनुहुन्छ । उहाँमा पनि भूकम्पको त्रास कायमै छ । तामाङ समुदायलाई चलायमान बनाउन सक्रिय रहनुभएकी उहाँ तामाङ समाज कल्याण समिति बिर्तामोडकी कोषाध्यक्ष हुनुहुन्छ । उहाँको पनि पीडा धनवहादुरको भन्दा कम छैन् । तामाङ समुदायको संस्कार र संस्कृतिको संरक्षणमा जुट्नुभएकी उहाँ सिन्धुपाल्चोकमा भूकम्पले क्षति पु¥याएपछि तामाङ जातिले लगाउने भेषभूषा नपाइने चिन्ताले चिन्तित हुनुभएको छ । तामाङ समुदायका पुरुषले लगाउने सुर्काअी (छोटो वाहुला र किनारमा तामाङको परम्परागत वुट्टा भएको तल लामो घुँडाभन्दा माथिसम्म लामो ठाउँ अनुसारको कपडा । रङ कालो वा सेतो हुनुपर्ने ), तोदुग (घीउ र खरानी रङ खैन्जा । खेज्जर) स्यादो (टोपी ), के वटुका (सेतो रङको पटुका) त्यस्तै महिलाले लगाउने पहिरन तागी स्थादे, कुलानी(टोपी, दोम्रो (जामा), ग्याप्टुल (पाङ्देन जस्तो पटाडि लगाउने)घरवुना(सेतो पटुका),गरगहना न्हाली, चेप्टेसुन, स्हीमाला,गाहुँमाला,वोटिल लगायतका सामाग्री नपाएने चिन्ता उहाँमा छ । सरकारले विद्यालयस्तरबाटै तामाङ समुदायका वाल वालिकालाई तामाङ भाषामा पठनपाठन गराउनुपर्ने माग अगाडि सार्दै आउनुभएकी उहाँ भन्नुहुन्छ –‘भूकम्पले हाम्रो तामाङ समुदायको पुख्र्यौली थलो तहस नहस पारेको छ अब यि सामग्री कसरी र कहिले जुटाउनु ।’
डम्फू सेलोमा नाच्न रुचाउने उहाँमा अझैं पनि भूकम्पका पराकम्पन जाँदा डर उत्तिकै रहेको र फेरिपनि भूकम्पले विनास गर्लाकी भन्ने चिन्ता घटेको छैन् । आफूहरुको धर्म संस्कार र संस्कृतिपछि परेको बताउँदै अगाडि भन्नुहुन्छ –‘हाम्रो मैलिक संस्कृतिको रक्षा कसरी गर्ने अब भूकम्पले सिन्धुपाल्चोकका सबै जसो घर भत्कायो घरमा राखेका सबै सामान नष्ट भए डम्फू र लुगा को त के कुरा ।’
यता बिर्तामोड नगरपालिका –७ निवासी मानवहादुर तामाङपनि भावी सन्ततीले आफूहरुको मैलिक बाजाका रुपमा प्रयोग गरिदै आएको डम्बू नपाइने कुराले चिन्तित हुनहुन्छ । सिन्धुपाल्चोकमा पाइने कोइरालो जातको रुख मासिएपछि आफूहरुको बाजा बनाउन पनि समस्या रहेको उहाँ बताउँनुहुन्छ । मृगको छाला नपाउँदा बाख्राको छालाले पनि डम्फू बनाउने गरेको बताउदै उहाँले भन्नुभयो –‘ झापामा वाख्राको छाला पनि पाइदैन , वाख्राको छालापनि उतैबाट ल्याउदै डम्फू बनाउथ्यौ भूकम्पले न मृग वाख्रा सबै सखाप पा¥यो ।’
तामाङ समाज कल्याण समितिका सल्लाहकार झापा डँगीवारी निवासी शुक्र तामाङ भूकम्पले धन जनको क्षतिसंगै धर्म संस्कारका कुरामा पनि ठूलो क्षति पुगेको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘भूकम्पले तामाङ समुदायको धर्म संस्कारमा मात्र क्षति गरेको छैन देशका विभिन्न ठाउँमा रहेका ऐतिहासिक मठ मन्दिर र चौत्य गुम्वामा पनि उत्तिकै क्षति पु¥याएकाले भूकम्पको पीडा सबै नेपालीका लागि उत्तिकै छ ।
0 comments:
Post a Comment