Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 15, 2015

भूकम्पका कारण झापाका ७६ वटा सामुदायिक विद्यालयमा क्षति


सुरुङ्गा (झापा) २ जेठ । भूकम्पका कारण झापाका ७६ वटा सामुदायिक विद्यालयमा भौतिक क्षति भएको छ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका पराकम्पनका कारण ५० भन्दा बढी विद्यालयमा आशिंक क्षति भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक आएको भूकम्पले केही विद्यालयमा मात्र क्षति पुगेको भएपनि वारम्वार आउने पराकम्पनले झापाका धेरै विद्यालयका पर्खाल चर्किएका छन् ।


भूकम्पबाट मेची अञ्चलकै सबैभन्दा पुरानो भद्रपुर उच्च माविको दुई तल्ले भवन चर्किएको र पठनपाठन गराउन नसक्ने अबस्था रहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । भवन माथिल्लो तलाका कक्षा कोठा चर्किएपछि विद्यालय पूर्ण रुपमा काम नलाग्ने हुँदा करोडौं रुपैयाँको क्षति भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
झापामा विद्यालय भत्केको र लडेको अवस्था नभएपनि केही विद्यालयका कक्षा कोठामा क्षति भएकाले कक्षा संचालनमा समस्या भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । भूकम्पबाट क्षति भएका बिद्यालयको अनुगमन गर्ने कार्य भइरहेको बताउँदै क्षेत्रिय शिक्षा निर्देशनालय र शिक्षा विभागमा क्षतिको विवरण पठाउने काम भइरहेको लुइँटेलको भनाई छ ।
भूकम्पका कारण गौरीगञ्ज मावि गौरीगञ्ज, पुहाँतु जनज्योति मावि चन्द्रगढी, जनजागृति उच्च मावि गोलधाप,सरस्वती वाल कल्याण मावि धाइजन, शारदा निमावि र गौतम बुद्ध प्रावि भद्रपुर लगायतका विद्यालयमा पठनपाठन गराउन समस्या भएकाले वैकल्पीक उपायको खोजी भइरहेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । भूकम्पका कारण विद्यालय चर्किएपछि झापाका सम्पूर्ण शैक्षिक सस्था अहिले सञ्चालनमा आउन सकेका छैनन् । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।