सुरुङ्गा (झापा) २ जेठ । झापाको पृथ्वीनगर– ५ मा रहेको ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा परिचित किच्चकबधमा गरिएको छैटौं पटकको उत्खननमा भेटिएका घोडा बाँध्न प्रयोग गरिएको तबेला भवन, सुरक्षापोष्र्ट लगायत विभिन्न प्रकारका वस्तुहरु ।
उत्खननका क्रममा तबेला जस्तो देखिने २१.२० मिटर लम्बाई र १६.२० मिटर चौडाइको एकतले भवनको संरचना र अन्य महत्वपूर्ण माटाका भाँडाकुँडा, माटाका टायल्स, घोडा र हात्तीले घाँटीमा लगाउने विड्स, माटाका सजावटका सामान, दियो, जार, थाल कचौरा र मिसाइल आकारका माटाका बस्तुहरु फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment