Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, June 28, 2014

बाल शिक्षा र यसको महत्व


सुरेन्द्र भण्डारी 
चार वर्ष उमेर पूरा भएका वाल वालिकालाई संस्थागत विद्यालयहरुमा व्यवस्थित ढंगले प्रदान गरिने शिक्षालाई पूर्वप्राथमिक शिक्षा भन्ने गरिएको छ । या वोलिचालीको भाषामा हामी यसलाई वाल शिक्षा भन्ने गर्छाै । विद्यार्थीमा शारीरिक, संवेगात्मक, मानसिक, भाषिक र सामाजिक भावनाको विकासमा अवसर प्रदान गर्ने उद्देश्यका साथ यसको व्यवस्था गरिएको छ ।
नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत राखेर विद्यार्थीलाई सरसफाई र सुरक्षा सम्बन्धी वानी वसाल्न प्रेरित गर्ने तथा सामान्य शिष्टाचार गर्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । सबैका लागि शिक्षा राष्टिूय कार्ययोजना (सन् २००१÷२०१५) मा उल्लेखित प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमका लक्ष्यहरूले नै विद्यालय क्षेत्र सुधार योजनामा प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमको कार्यान्वयनका लागि आधार प्रदान गरेका छन् । समुदायमा आधारित वाल विकास केन्द्रलाई कार्यक्रमका रुपमा निरन्तरता दिँदै मागका आधारमा विस्तार गरिने नेपाल सरकारको लक्ष्य रहेको छ ।
 प्रारम्भिक उमेर समूहका वालवालिकाको पहुँचवृद्धि गर्न विद्यालयमा एक वर्षे पूर्व प्राथमिक कार्यक्रम सञ्चालन
गर्ने र पछाडि पारिएका जनजाति, महिला, मधेशी, लोपोन्मुख जाति एवम् दलित अवस्थित क्षेत्र पहिचान गरी समूदायमा आधारित प्रारम्भीक वाल विकास केन्द्रलाई एकीकृत कार्यक्रमसंग समायोजन गरेर कार्यान्वयन गर्ने विषेश व्यवस्था गरिने सरकारको लक्ष्य रहेको छ । हाल समुदायमा आधारित तथा विद्यालयमा आधारित गरी मुलुकभर २४ हजार सात सय ७३ बालविकास केन्द्र सञ्चालित छन्, जसमध्ये विद्यालयमा आधारित पूर्वप्राथमिक कक्षा ११हजार आठ सय ९० र बाँकी समुदायमा आधारित भई सञ्चालित छन् । जसमध्मे झापामा पुराना छ सय ८६ र नयाँ १९ गरी जम्मा सात सय ५ वटा वालविकास केन्द्र रहेका छन् । यता संस्थागतमा भने तीनसय ३२ वटा प्राथमिक वाल विकास केन्द्र रहेका छन् । ती वालविकास केन्द्र मध्ये कतिपय समुदायमा आधारित छन भने कतिपय विद्यालयमा आधारित छन् । विद्यालयमा आधारित वाल विकास केन्द्रका लागि जिल्ला शिक्षा कार्यालय झापाले सोही विद्यालयको खातामा रकम निकासाको व्यवस्था हुन्छ भने समुदायमा आधारित विद्यालयका लागि मातृ विद्यालयमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको हुन्छ । झापामा यो आर्थिक वर्षमा कति विद्यार्थी अध्ययनरत् छन् त्यो यकिन डाटा जिल्ला शिक्षा कार्यालयमा समेत उपलव्ध हुन सकेको छैन । डाटा कलेक्सनका लागि श्रोत व्यक्तिमार्फत काम भइरहेको
र पुस ५ गते जिल्लाको वैठकमा त्यसवारे छलफल गरिने जिल्ला शिक्षा कार्यालय झापाकी विद्यालय निरीक्षक जानुका गुरागाइँले जानकारी दिएकी छिन् ।

     
 जिल्ला शिक्षा कार्यालय झापाले यस आर्थिक वर्षमा विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत राखेका मुख्य दस कार्यक्रम अन्र्तगत प्रारम्भिक वाल विकास तथा शिक्षा लाई पहिलो प्राथमिकतामा राखेको छ । जसका लागि दुई करोड ८९ लाख ४७ हजार रुपैयाँ प्रारम्भिक वाल विकास तथा शिक्षा शीर्षकमा वजेट नै छुट्याएको छ । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत नै जिल्ला शिक्षा कार्यालय झापाले विद्यालय शिक्षामा पहुँचको सुनिश्चितता शीर्षकमा १३ करोड ५२ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा अनौपचारिक प्राथमिक शिक्षा, खुल्ला विद्यालय सञ्चालन, अनौपचारिक विद्यालयका तीन केन्द्र, समाहित शिक्षाको स्रोत कक्षा संचालनका १७ कक्षा, एउटा लेखा जोखा केन्द्र सञ्चालन, अपाङ्ग विद्यार्थी छात्रवृत्ति, सीमान्तकृत छात्रवृत्ति, अनिवार्य आधारभूत शिक्षा कार्यक्रम, ७५वटा धार्मिक विद्यालयलाई अनुदान, रहेका छन् । त्यस्तै एउटा बहिरा विद्यालयलाई अनुदान, विद्यालय मितेरी कार्यक्रम, विद्यालय भैतिक सुविधा विस्तार रहेको छ । यस आर्थिक वर्षका लागि शैक्षिक क्षेत्रका लागि झापामा एक अर्व ३८ करोड ५१ लाख ८६ हजार चार सय ८९ रुपैयाँ कुल वजेट रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १९ करोड २४ लाख ४४ हजार आठ सय ३० रुपैयाले वढी छ । अघिल्लो आर्थिक वर्षमा झापामा एक अर्व १९ करोड २७ लाख ४१ हजार ६ सय ५९ रुपैया वजेट रहेको थियो । झापाको समग्र
शैक्षिक अवस्थालाई हेर्ने हो भने पूर्व क्षेत्रमै अन्य जिल्ला भन्दा अग्रस्थानमा रहेको छ । जिल्ला शिक्षा कार्यालय झापाले दिएको जानकारी अनुसार झापामा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या एकलाख ९१ हजार छ सय रहेको छ । जसमा एक लाख २८ हजार ६ सय १५ सामुदायिक विद्यालयमा अध्ययन गर्नछ भने ६२ हजार ९सय ८५ विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत रहेका छन् । वाल विकास केन्द्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या हिजोको तुलनामा अझैं वढेर गएको छ । समग्र जिल्लाको तथ्याङ्कलाई हेर्ने हो भने यस आर्थिक वर्षमा मात्रै १९ वटा वालविकास केन्द्र थप गरिएको छ । तथापि निरन्तर सेवा दिन सक्ने योग्य तथा सक्षम सहयोगी कार्यकर्ताको व्यवस्था हुन नसक्नु प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमका चुनौतिमध्ये एउटा प्रमुख चुनौति वनेको छ ।त्यसो त सहयोगी कार्यकर्ताहरूलाई निरन्तर प्राविधिकसहयोग प्रदान गर्ने प्रावधानको व्यवस्था नहुनु पनि अर्कोठूलो चुनौती हो । विविध प्रकारका तौरतरिकाबाट सञ्चालित प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमबीच समन्वय र व्यवस्थापन गर्नु अर्को प्रमुख चुनौति हो । प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमलाई विस्तार तथा सुधार गर्न यी अभ्यासहरूलाई उपयोग गर्ने तथा यिनको अनुभवलाई अन्यत्र लागू गर्नेबारे औपचारिक संयन्त्र बन्न बाँकी नै छ । बालविकास कार्यक्रमको विस्तार उल्लेख्नीय रूपमा हुँदै गएको भएतापनि गुणस्तरको न्यूनतम मापदण्ड सुनिश्चित गर्ने कार्यलाई अहिलेसम्म विकास गर्न नसकिएको देखिन्छ । विषयवस्तुको बोझले गर्दा बालविकास कार्यक्रमभित्र रहनुपर्ने सिर्जनात्मक पक्ष दबिएर रहेको छ । सामान्यतया सुविधायुक्त तथा सहरी
क्षेत्रमा बालविकास कार्यक्रमको विस्तार भएको छ । गरिबी क्षेत्रमा लक्षित कार्यक्रमका रूपमा कार्यक्रम सञ्चालन केन्द्रित हुनुपर्ने आवश्यकता छ । पछिल्लो समय सहरी एरीयामा मन्टेस्वरीका नामवाट पनि विभिन्न स्कूलहरु खोलिएका छन् जहाँ यही उमेर समूहका वालवालिका अध्ययनरत् हुन्छन् । मन्टेश्वरीका नामवाट खोलिएका त्यस्ता विद्यालयमा ती उमेर समूहका वाल वालिकालाई नेपाल सरकारले लिएको उद्देश्य अनुरुप नै शिष्टाचार गर्न अभिप्रेरित गर्दै वाल मनोविज्ञानमा आधारित भएर वालवालिकालाई शिक्षा आर्जन गराइन्छ । नेपालमा प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमले महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ । यसका लागि स्थानीय तहको उत्सुकता तथा सहयोग सराहनीय रहेको छ । विद्यालय तथा समुदाय दुवैमा यस कार्यक्रमको विस्तारका लागि विद्यालय, समुदाय, स्थानीय सरकार, गैसस, र समुदायमा आधारित संस्था तथा निजी क्षेत्रबाट प्राप्त संस्थागत सहयोगले महत्वपूर्ण
भूमिका खेलेको छ । बालविकास कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य हासिल गर्न विद्यालय तथा समुदायमा गुणस्तरीय बालविकास केन्द्रहरू स्थापना गर्नेतर्फ प्रयास भइरहेको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमलाई प्राथमिकताका साथ एउटा प्रमुख रणनीतिक कार्यक्रमका रुपमा सहयोग गरेका छन् । यस्ता सहयोग कार्यक्रम अन्तर्गत नेपालको स्थानीय सन्दर्भमा उपयुक्त हुने गरी मानवीय स्रोत विकासदेखि कार्यक्रमका लागत प्रभावकारी नमुना विकाससम्मका विविध कार्यक्रमहरू पर्दछन् । प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमको कार्यान्वयनबाट हासिल गरिएका अनुभवले यस कार्यक्रमलाई विस्तार गर्ने, सेवालाई सीमान्तकृत वर्गको पहुँचमा ल्याउन रणनीति विकास गर्ने तथा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा मार्ग प्रशस्त गरेका छन् । प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमका लागि नीतिनिर्देश गर्न शिक्षा मन्त्रालयमा सचिवको अध्यक्षतामा प्रारम्भिक बालशिक्षा तथा विकास परिषद्को गठन गरिएको छ र केन्द्रीय तहमा अन्तरमन्त्रालय तथा अन्तरनिकायबीच सबै प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमहरूको समन्वय गर्नका लागि राष्ट्रिय योजना आयोगले एउटा समन्वय समिति निर्माण गरेको छ । जिल्ला तहमा पनि प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमका लागि नीति
कार्यान्वयन गर्न, समन्वय गर्न तथा निरीक्षण र अनुगमन गर्न जिल्ला विकास समिति अन्तर्गत प्रारम्भिक बालशिक्षा तथा विकास समितिको व्यवस्था गरिएको छ । शिक्षा विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको समन्वयमा बालविकास कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यसका लागि विभागले साझेदार निकायहरूसँग प्राविधिक र आर्थिक सहयोगका लागि सम्झौता गरेको छ ।
विभागले बालविकास केन्द्रहरूका लागि वार्षिक एकमुष्ट रकम अनुदानका रूपमा प्रदान गर्छ । त्यसै गरी पाविके, शैजविकेले आ आफ्नो क्षेत्रबाट पाठ्यक्रम निर्माण, सहयोगी कार्यकर्ताको तालिम, मूल्याङ्कनजस्ता प्राविधिक क्षेत्रमासहयोग प्रदान गर्छन् । प्रारम्भिक बालशिक्षा तथा विकास केन्द्रका लागि अमेरिकी डलर ६२.८७ मिलियन वजेट विनियोजित गरिएको छ । तर, थप आवश्यक पर्ने स्रोतलाई दृष्टिगत गर्दा यस्तो खर्च स्थानीय सरकार, राष्टिूय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, स्वयंसेवी समूह, नागरिक समाज, तथा सामुदायिक सङ्गठन तथा अभिभावकहरूबाट परिचालन गरिने जनाइएको छ ।
                                                                            

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।