Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, July 1, 2014

फिटनेश सेनटरमा गृहिणीदेखि विद्यार्थीसम्म

सुरेन्द्र भण्डारी,

 बिर्तामोड,  । अरुले भनेको सुनेका भरमा जिम गर्न थालेकी वाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडकी शिक्षक उशा नेपाल सापकोटाको जिम गर्नु अहिले दैनिकी नै बनेको छ ।

बिर्तामोडस्थित हनुमान सेन्ट्रलको चौथो तल्लामा विगत दुई वर्षदेखि सञ्चालनमा आएको सन्तुलन फिटनेश सेन्टरमा उनी दैनिक व्यायामका लागि आउने गरेकी छिन् । सुनेका भरमा जीम गर्न थालेकी उनका जीम अहिले स्वास्थ्य र दैनिकीसंग जोडिएको छ । आफ्नो शरीरलाई कसरी स्वास्थ्य राख्न सकिन्छ अहिले उनमा चिन्ता र चासोको विषय बनेको छ बिहान बेलुका । तर,उनमा रहेको चिन्ता बिस्तारै हराउदै जान मद्दत पु ¥याएको छ सन्तुलन फिटनेशले । दुई महिनादेखि फिटनेस सेन्टर जान थालेकी उनको तौल ह्वात्तै घटेपछ उनी एकाएक खुशी मात्र हैन दंग समेत परेकी छिन् । नियमित व्यामका कारण शरीरको तैल घटेपछि सापकोटा भन्छिन्–‘जीम गर्नु स्वास्थ्यका लागि सबैभन्दा लाभदायक रहेछ,मैले जीम गर्न थालेपछि आफ्नो शरीरको तैल त घटेको छ नै आफैलाई आफ्नै शरीरको बढी माया लाग्ने गरेको महसुस पनि गरेकी छु ।’

स्वास्थ्य जीवन जीउन चाहने महिला उनी मात्र होईन उनीजस्तै अहिले सन्तुलनमा दैनिक ३० बढी महिलाले नियमित व्यायाम गर्दै आएका छन् । नेपालमै पहिलो पटक महिलाहरुका लागि सुरक्षित र भरपर्दो ‘जिम सेन्टर’ सन्तुलन खोलिएपछि शहरी क्षेत्रका अधिकांश महिलाहरु जिम सेन्टर धाउने गरेका छन् । सापकोटा जस्तै झापा बिर्तामोड निवासी रुवी अग्रवाल पनि आफ्नो शरीरको तौल घटाउन दैनिक रुपमा सन्तुलन फिटनेसमा जाने गरेकको बताउँछिन् । विगत अढाई महिनादेखि व्यायामका लागि सन्तुलन फिटनेश जाने गरेकी अग्रवाल दुई महिनामा २० केजी तौल घटेपछि अहिले उनी निक्कै खुशी छिन् ।

गृहस्थी जीवन बिताउँदै आएकी उनको तौल ९५ केजी हुँदा दैनिक कामकाज गर्न असहज महसुस भएको बताउँदै उनले भनिन्– ‘अहिले २० केजी तौल घट्दा नयाँ जीवन पाएजस्तै अनुभव भएको छ ।’ आफ्नौ शरीरको तौलमा यति छिटो परिवर्तन आउँछ भनेर कहिल्यै नसोचेको उनी सुनाउँछिन् । फिटनेश सेन्टरलाई धन्यवाद दिँदै उनी भन्छिन्– ‘मजस्ता धेरै महिलाले यहाँ आएर आफ्नो शरीरको तौल मात्र घटाएका छैनन्, शरीरलाई समेत तन्दुरुस्त राखेका छन् ।’

फिटनेश सेनटरमा गृहिणीदेखि विद्यार्थीसम्म आउने गरेको सन्तुलन फिटनेश सेन्टरकी प्रशिक्षक रञ्जु दाहाल बताउँछिन् । सन्तुलन फिटनेशको स्थापना कालदेखि नै प्रशिक्षकको रुपमा काम गर्दै आएकी दाहाल भन्छिन् –‘अधिकांश महिला विवाहका लागि इङ्गेजमेण्ट भएपछि शरीर स्लीम बनाउन यहाँ आउँछन् ।’

महिलाका लागि नै भनेर सञ्चालनमा ल्याइएको सो फिटनेश सेन्टरमा महिलाबाहेक केही पनि प्रवेश गर्न नपाइने नियम समेत बनाइएको छ । छ वटा कोठामा सञ्चालन गरिएको फिटनेश सेन्टरमा इटहरी घर भएर बिर्तामोडमा वस्तै आएकी दाहालसहित धनकुटाकी लक्ष्मी पौडेल, बिर्तामोडकी रीता राईले फिटनेश सेन्टरमा आएका सेवाग्राहीलाई प्रशिक्षण प्रदान गर्ने गरेका छन् । उनीहरु मध्ये रञ्जुले जीम र कार्डियो ट्रेनिङ, पौडेलले योगा र राईले जीम गराउने गरेका छन् । नर्थ बङ्गाल बक्सिङ च्याम्पियन परिमल सरकारसंग तालिम लिएरसुलतान फिटनेशमा शेवा शुरु गरेकी दाहाल भन्छिन् –‘महिलाहरुको स्वास्थ्यलाई तन्दुरुस्ती रख्ने उद्देश्यले झापा भद्रपुर निवासी अनुश्री सरियाले यो फिटनेश सेन्टर सञ्चालनमा ल्याएनु भएको हो र अहिलेसम्म धेरैले यहाँबाट सेवा लिइसेका छन् ।’

त्यसो त फिटनेश सेन्टरकी सञ्चालिका स्वयम् फेशन डिजाइनिङमा दक्षता हासिल गरेर यस क्षेत्रमा प्रवेश गरेकी महिला उद्यमी हुन् । काठ्माण्डौको महेन्द्र पुलिस क्लव र दिल्लीस्थित सेलिब्रेटी फिटनेशबाट तालिम लिएकी उनले आफ्नै ठाउँका महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै फिटनेश सेन्टर सञ्चालनमा ल्याएको सरिया बताउँछिन् ।

२० लाख बढीको लगानीमा सञ्चालनमा ल्याईएको सो फिटनेश सेन्टरमा अहिले एकै पटक जीममा २० जना, डान्स र योगामा २० जना तथा स्टीम बाथमा ६ जना गरी ४६ जनाले सेवा लिन सक्ने सञ्चालक सरियाको भनाई छ । जीम सेन्टरमा योगा, एरोबिग्स, मोडर्न जीम, स्टीम बाथ, क्लीजिङलगायतको व्यवस्था रहेको प्रशिक्षक रञ्जु दाहालको भनाई छ । शहरी क्षेत्रका महिलाहरुको खानपान र जीवन जीउने शैलीका कारण अनेक प्रकारका रोग लाग्ने गरेकाले तिनको निधानका लागि पनि जीम सेन्टर अति उत्तम भएको बताउँछिन् जीम सेन्टरमा जीम गर्न आएकी हिना शेख । ‘मेरो शरीर देखेर म आफैंलाई लाज लाग्थ्यो, उनी भन्छिन्– ‘बाटो हिड्दा कोही मानिस हाँसेभने मलाई देखेर नै हाँसेजस्तो लाग्थ्यो ।’ आफू ‘विरुप’ भएको महसुस गरेकी थिए उनले अगाडि भनिन्– ‘शुरुमानै यस्तो उपाय थाहापाएको भए मलाई कहिल्यौ हिनतावोधको महसुस नै हुने थिएन । फिटनेसका लागि आउने शेख विद्यार्थी हुन् । उनी फिटनेश सेन्टर आउनु अघि ८४ केजी तैल भएको बताउँछिन् । उनको पनि नियमित व्यायाम गर्न थालेपछि शरीरको तौल घटेर ७० केजी पुगेको छ । मोटोपन हुँदा अध्ययन गर्नसमेत असहज हुने बताउने उनी शरीरको तौल घटेसँगै जीवनमा उर्जा थपिएको सुनाउँछिन् – ‘मोटो हुँदा केही गर्न जाँगर नै आउँदैनथ्यो । अहिले शरीर फूर्तिलो बनेको छ र पाईण्ट–सर्ट लगाएर राम्ररी हिँड्न सक्छु । जीम गरेकै कारण अध्ययनमा समेत रुची बढेको छ अनुभव उनमा छ ।’जीम गर्न आउने अर्की महिला निशा श्रेष्ठको भने अनुभव बेग्लै छ । ‘ शरीरको तौल २४ केजी घट्ला भन्ने मैले कल्पनासम्म पनि गरेकी थिइनँ । तर जीम गर्न थालेपछि अविस्वसनीय तरिकाले मेरो तौल यसरी घटेर शरीरलाई नै सुन्दर बनाएको छ । म सन्तुनल फिटनेश सेनटरलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

अझै पनि हाम्रो समाजमा चेतनाको कमीका कारण महिलाहरु भान्सामै सीमित हुने गरेकोप्रति दुःख व्यक्त गर्दै सन्तुलन फिटनेश सेन्टरकी सञ्चालिका सरिया भन्छिन्– ‘शरीर स्वस्थ राख्न व्यायाम आवश्यक छ तर अधिकांश महिलाले त्यो बुझेर पनि गरिरहेका छैनन् ।’महिलाका लागि सञ्चालनमा ल्याइएको फिटनेश सेन्टरमा ट्रेडमिल दुईवटा, बाईक तीनवटा, क्रसट्रेनर दुईवटा, ट्युइस्टर, सेटअप, बेञ्च, रोइङ मेसिन आदि राखिएको छ । फिटनेश सेन्टरको अर्को विशेषता भनेको व्यायामका लागि आउने सम्पूर्ण महिलालाई मोटोपन घटाउन ग्रीन टी खुवाइनु हो । महिलाका लागि मात्र बनाईएको सो सेन्टरमा पुरुष नजाने हुँदा जीम गर्न आउने अधिकांश महिलाले आफूलाई सुरक्षित महसूस गर्दै निर्धक्कका साथ व्यायाम गर्ने गरेको प्रशिक्षक दाहालको भनाई छ ।

फेशन डिजाइनमा दक्षता हासिल गरेकी सरियाको बुटिकका क्षेत्रमा काम गर्ने लक्ष्य भएपनि कालिगड र कच्चा पदार्थको अभावमा आफूले यो व्यवसाय अंगालेको र पाँच जनालाई रोजगारसमेत दिलाएको सरिया बताउँछिन् । ‘कम खर्चमा बढी सेवा प्रदान गर्ने हाम्रो प्रमुख उद्देश्य छ’– सरिया भन्छिन् ।

नेपालका विभिन्न सहरहरुमा फिटटनेश सेन्टर सञ्चालनमा आएपनि फरक विशेषता र महिलाका लागि मात्र अहिलेसम्म कुनैपनि ठाउँमा यसखाले फिटनेश सेन्टर सञ्चालनमा नआएको बताउँछन् झापा बिर्तामोडका मेनपावर ब्यवसायी डम्वर गिरी । युवाको रुची फिटनेशमा बढी भएपनि महिलाका लागि छुट्टै यसखाले फिटनेश सेन्टर खोलिनु पूर्वमा मात्र होइन नेपालमा नै उदाहरणीय काम र स्वागत योग्य रहेको गिरीको भनाइ छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।