Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 2, 2014

हलो जोतेर भएपनि एसएलसीमा डिस्टिङ्सन्



हल्दीवारी, असार । 
पढ्ने मन छ, खर्च जुटाउने माध्यम छैन । आफू पनि पढ्नु छ भाइ वहिनीलाई पनि पढाउनु छ, आर्थिक अवस्था कमजोर छ, घरको गर्जो पनि टार्नु छ । यी र यस्तै समस्याले गाँजेको छ झापा हल्दिवारी–१ का सागर मुर्मूलाई ।
यसैवर्ष प्रवेशिका परीक्षा ९एसएलसी०मा विशिष्ट श्रेणी ल्याएर उत्तीर्ण भएका सागर घरायसी समस्याका कारण पढ्न असहज भएपछि यतिवेला चिन्तित बनेका छन् । गएको ३१ गते परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको एसएलसी परीक्षाको नतिजा अनुसार आफूले विशिष्ठ श्रेणी ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेको थाहा पाए । उनको नतिजाले घर मात्र होइन सिङ्गो सन्थाल वस्तीले नै खुशियाली मनाएको थियो । तर, त्यो खुशी सन्थाल परिवारका लागि क्षणिकमा सीमित बनेको छ । हल्दिवारी–१ निवासी साहेव र फूलमती मुर्मूका छोरा सागरले पूर्णाङ्कको ६ सय ४८ अर्थात ८१ प्रतिशत ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि परिवारले त  खुशी मनायो नै उनी अध्ययनरत सिग्मा इन्टरनेशनल इङ्लिस स्कूल हल्दिवारीले समेत खुशीयाली मनाएको  शिक्षक गोपाल गौतमले बताए । सिग्मा इन्टरनेशनल इङ्लिस स्कूलबाट प्रवेशिका परीक्षामा सामेल भएका २९ विद्यार्थीमध्ये उनीसँगै चारजनाले विशिष्ठ श्रेणीमा उत्तीर्ण बनेका छन् । सागरले परीक्षा लेखेका आठ विषयमध्ये सबैभन्दा बढी अंक एकाउन्टमा ९१ ल्याएका छन् । निम्न वर्गीय परिवारमा जन्मिएका सागर त्यो परिवारका जेठा छोरा हुन् । अत्यन्त मेहनती विद्यार्थीका रुपमा विद्यालयमा समेत चिनिएका सागरले विशिष्ठ अंक प्राप्त गर्नुमा उनको मेहनत र लगन हो भन्छन् विद्यालयका सस्थापक प्रिन्सिपल नवराज पराजुली ।

२०५४ साल साउन १ गते जन्मिएका सागरको सफलताको पछि आफ्नी आमाको ठूलो हात रहेको बताउँदै उनी भन्छन् – ‘मलाई सानो हुँदा आमाले पिठ्यूँमा बोकेर स्कूल नपु¥याइदिएको भए सायद म आज यो ठाउँसम्म आइपुग्ने थिइनँ ।’ भविष्यमा मेकानिकल इन्जिनियर बन्ने सोच बोकेका सागरको एउटै इच्छा छ एमरल्ड एकाडेमीमा साइन्स पढ्ने । ११ जनाको संयुक्त परिवारमा रहेका उनको पढ्ने इच्छा तीव्र हुँदा–हुँदै पनि आर्थिक अवस्था कमजोर भएकाले सागरको पढाइमा समस्या उत्पन्न भएको प्रति चिन्तित वनेकी उनकी आमा फूलमतीले भनिन्– ‘गरिब परिवारका मान्छे हामी कसरी यसलाई पढाउनु रु कति पैसा लाग्छ’ पढ्ने त मन गर्दैछ नि बिचरा ।’ सागरको विगत सम्झँदै भावुक मुद्रामा फूलमती अगाडि भन्छिन् – ‘कत्रो दुःखले सागरले पढ्यो जनवन र अधिँया खेती गर्नु सिवाय अरु कुनै आयश्रोतको बाटो छैन ।’ विहानभरी भाइबहिनीको हेरचाह गर्नु, खेतीको समयमा हलो जोत्नु पथ्र्यो सागरले उनकी कान्छी आमा हिरामती मुर्मूले भनिन् – ‘बर्षाका बेला त कतिदिनसम्म स्कूल नै जान पाउँदैन थियो हाम्रो छोरो ।’ विहानभरी हलो जोतेर स्कूल जाँदाको सम्झना सागरमा पनि नभएको भने होइन । कक्षामा सँधै चौथो पोजिसन हुन्थ्यो मेरो – सागरले बिगत सम्झँदै भने –‘अरु साथीहरु जसरी नै नियमित विद्यालय म पनि आउन पाएको भए कक्षामा सधैँ फस्ट हुन्थँे जस्तो लाग्थ्यो मलाई । तर मेरो घरमा काम नगरी सुखै थिएन । सागरले उनीसंगै यूकेजीमा अध्ययनरत भाइ सुमन, तीनमा अध्ययनरत वहिनी सुशीला पाँच कक्षामा अध्ययनरत वहिनी शकुन्तला र कक्षा ८ मा अध्ययनरत भाइ लक्ष्मणको समेत हेरचाह गर्नु पथ्र्यो – उनकी आमा फूलमतीले भनिन् । साहेब र फूलमतीका छोराछोरी मध्ये रुपा मुर्मू वाहेक सवै सिग्मा इन्टरनेशनल इङ्लिस स्कूलमा नै अध्ययनरत छन् । रुपा काठमाडौमा वसेर उच्च शिक्षा अध्ययन गर्दैछिन् । उनले पनि सोही विद्यालयबाटै दुईवर्ष अघि प्रबेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् ।  अत्यन्त निम्न वर्गीय परिवार भएपनि त्यो परिवारले  सवै छोराछोरीलाई जनवन गरेर पढाउन भने छाडेको छैन – सिग्माका संस्थापक प्रिन्सिपल पराजुलीले भने । सन्थाल परिवारले सागर सहित आफ्ना छोराछोरीको पढाइका लागि गाईवस्तु र वङ्गुर पालनलाई अहिले आएर प्राथमिकता दिएको छ । सागरका बुवा साहेव मुर्मू भने स्थानीय खुस्वू चिया फ्याक्ट्रीका काम गर्छन् । सागरले विशिष्ठ श्रेणीमा प्रबेशिका परीक्षा उत्तीर्ण गरेपछि अहिले उनी सबैका उदाहरणीय समेत बनेका छन् । उनले फुर्सदको समय अध्ययनमा विताउने गरेको सागरकी आमाले बताइन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।