Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, July 17, 2014

झापामा तीन प्रतिशत वालवालिका अझै विद्यालय वाहिर

शैक्षिक दृष्टिकोणले हेर्ने हो भने झापालाई विकसित र  शिक्षित जिल्लाको रुपमा चिनिने गरिएको छ । तर, झापामा अझैपनि झण्डै तीन प्रतिशत वालवालिका विद्यालय वाहिर छन् । गत वर्षको तुलनामा यसवर्ष झापामा सामुदायिक विद्यालयमा भर्ना दर बढेपनि लक्षित समुदायका केही वालवालिका विद्यालय भर्ना भएका छैनन् । विद्यालय उमेर समूहका चार प्रतिशत वालवालिका गतवर्ष विद्यालय वाहिर रहेपछि यसवर्ष जिल्ला शिक्षा कार्यालय झापाले सबै वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन विशेष अभियान नै सञ्चालन ग¥यो तर पूर्णरुपमा सफल हुन सकेन । निरक्षरता उन्मुलनका लागि जिल्ला शिक्षा कार्यालय झापाले साक्षर अभियान सञ्चालन गर्नु पूर्व नै सबैमा शिक्षाको पहुँच पु¥याउन खोजेपनि पूर्ण रुपमा सफल हुन सकेको छैन । आगामी बर्षबाट जिल्लालाई पूर्ण रुपमा निरक्षरता उन्मुलन गरी साक्षर जिल्लाको रुपमा घोषणाका लागि निरक्षरता उन्मुलन अभियान थालिने जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले बताए ।

जिल्ला शिक्षा कार्यालयले ग्रामीण समुदायमा पुगेर विद्यालय उमेर समूहका सवै वालवालिकालाई विद्यालयको हाताभित्र ल्याउन खोजेपनि गतवर्ष भन्दा एक प्रतिशत वढी वालवालिका मात्र विद्यालयमा भर्ना भएका छन् । जिल्ला शिक्षा कार्यालय झापाले जेठ ७ गतेलाई तथ्याङ्क दिवस मनाउने क्रममा प्रत्येक विद्यालयमा तथ्याङ्क फारम भराउन लगाएर समुदायमा कति प्रतिशत विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय वाहिर छन् र तिनलाई कसरी विद्यालयको पहुँचमा ल्याउन सकिन्छ भन्ने कुराको लेखाजोखा गरिरहेको छ । तर, सवै क्षेत्रबाट तथ्याङ्क आइनपुगेकाले किन अझैपनि विद्यालय उमेर समूहका वालवालिका विद्यालय वाहिर रहेका छन् भन्न नसकिने बताउँछन् जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट ।  जिल्लामा रहेका चारदर्जन वढी सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर बढेपनि शतप्रतिशत विद्यार्थी भर्ना गराउन नसकिनुमा सानैमा वालवालिकाले आफ्ना अभिभावक गुमाउनु पनि हो विष्टको भनाइ छ । विकसित देशको  उदाहरण दिँदै उपसचिव विष्ट भन्छन्–‘ वेलायत अमेरिकामा पनि शतप्रतिशत वालवालिका विद्यालयमा भर्ना भएका छन् भन्दैनन् उनीहरु’ – केही प्रतिशत वालवालिका ‘इरोर’ मा देखिन्छन् । विद्यालय जान पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएपनि सहरी क्षेत्रका केही वालवालिका पनि विद्यालय वाहिरै छन् । उनीहरु किन विद्यालय वाहिर रहे त पुनः जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव विष्ट भन्छन्– पारिवारिक वेमेल र अविभावक गुमाएकाहरु नै सडक वालवालिका भएका छन् र तिन्लाई शिक्षाको पहुँचमा ल्याउन हामी सवैको दायित्व हो ।’

आगामी बर्षबाट झापालाई साक्षर अभियान वर्षको रुपमा मनाउन तयारी भइरहेको र जिल्लाका सवै विद्यालयलाई आफ्नो समुदायमा रहेका विद्यालय बाहिर रहेका बालवालिकाको पहिचान गरी विद्यालय भर्ना गराउन जोड दिनुपर्ने जिल्ला शिक्षा अधिकारी रेग्मीको भनाइ छ ।
झापामा हाल तीनसय ६८ वटा सामुदायिक, ३७५ निजी र गुठी, ५१ वटा मदरसा, एउटा गुम्वा, १७ वटा विशेष शिक्षा श्रोत कक्षा र ६ ठाउँमा बैकल्पिक शिक्षाको कक्षाबाट वालवालिकाले शिक्षा आर्जन गरिरहेका छन् । नियमित विद्यालय जान नपाउने बालवालिकालाई समेत लक्षित गरेर दमक , काँकरभिट्टा लगायतका स्थानमा बैकल्पिक शिक्षाको व्यवस्था गरिएकाले झापालाई चाँडै नै पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिने देखिन्छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।