Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, June 28, 2014

लेख्न छोडेर बेच्न रमाए जालुराम


सुरेन्द्र भण्डारी
इलामको नाम्सालिङ्ग–  ४ स्थित माता चन्द्रकुमारी र पिता नन्दलालका छोरा शनिश्चरे– ३ मा स्थायी बसोवास गर्दै आएका जालुराम रिमाल मेची अञ्चल बासीका लागि नौलो नाम होइन । पेशा व्यवसायले पुस्तक व्यवसायी भएपनि उनलाई नेपालका अधिकाशं वौद्धिक स्तरका मानिसले लेखकको रुपमा चिन्ने गरेका छन् । इलामको नाम्सालिङ्ग माध्यमिक विद्यालयबाट अध्ययन शुरु गरेका उनले २०४३ सालमा एसएलसी उत्तीर्ण गरी २०४९ सालमा त्रिभूवन विश्व विद्यालय काठमाडौंबाट नेपाली र राजनीतिक शास्त्रमा वीए, र २०५० सालमा नेपाल ल क्याम्पस काठमाडौबाट वीएल,महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामवाट आइएल गरेसंगै लेखन क्षेत्रमा होमिएका हुन् उनी । शुरुका वर्षमा विभिन्न साहित्यिक पुस्तकको मार्केटिङमा निस्किएका उनले ५–६ वर्ष त्यसैलाई निरन्तरता दिए । त्यसो त २०५० सालदेखि ०५८ सालसम्म उनले काठमाडौंको एक निजी विद्यालय रिफ्स वोर्डिङ्ग स्कूल काठमाडौंमा अध्यापन नगरेका पनि होइनन् । अध्यापनको शिलशिलामा सोही विद्यालयमा सात वर्ष वढी उनले संयोजकको भूमिका निर्वाह गर्नसमेत भ्याए । सधैं अरुको निगरानीमा बसेर काम गर्दाको नमज्जापनले उनलाई अन्ततः लेखन कार्य तर्फ प्रेरित बन्ने अवसर प्रदान ग¥यो ।



जीवनको परिभाषा र शिक्षाको महत्वलाई राम्रोसंग वुझेका रिमालले २०६० सालको पेरिफेरीमा रहेर जनक शिक्षा लिमिटेडको सहकार्यमा १६ वटा नेपाली पुस्तकको सहलेखन गर्न सफल भए । उनले डा. तारानाथ शर्मासंग ती १६ वटा पुस्तकको सहलेखन गर्न भ्याएका थिए । नेपाली व्याकरण र नेपाली पुस्तक कक्षा १ देखि ८ सम्म तथा कक्षा २ र ३ का निवन्ध एवम् ३ देखि ५ कक्षा सम्मका वाल निवन्ध संग्रह र ६, ७, ८ कक्षामा पठनपाठन हुने किशोर निवन्ध संग्रह जगदीश घिमिरेसंगको सहकार्यमा लेखिसकेका छन् उनले ।
पुस्तक लेखन कार्यमा औधिरुची राख्ने रिमाल डा. शर्माको अमेरिका यात्रासंगै ठेस लागेको नमिठो अनुभव सम्झदैं भन्छन्– सायद उहा“संग अहिलेसम्म बसेर काम गर्न पाएको भए अझैं थुप्रै पुस्तकहरु लेखिसक्थे होला ।’ पुस्तक लेखनका क्रममा डा. शर्मासंगको सामिप्यता आफ्ना लागि ठूलो अवसर भएको र त्यसले नै मलाई जीवनमा उर्जा थपेको छ– रिमाल भन्नछन् । डा. शर्माले आफूसंग बाहेक अहिलेसम्म अरु कसैसंग पनि सहलेखन नगरेको उनको भनाई छ ।
४७ औं वशन्त पार गरी ४८ औं वशन्तमा हिड्दै गरेका उनी पछिल्लो समय झापाको बिर्तामोडमा रहेर पुस्तक व्यवसाय सञ्चालन गर्दै आएका छन् । डा. शर्मा अमेरिका हुइकिएसंगै रिमालले पनि कङ्क्रिटको  जंगल काठमाडौं छाडेको बताउ“दै २०६२ सालबाट बिर्तामोडमा विद्यार्थी पुस्तक पसल शुरु गरेको सुनाउ“छन् ।
जीवनको महत्वपूर्ण समय निजी क्षेत्रमा बिताइसकेको रहेछु रिमाल भन्छन्– ‘मसंगैका १६ जना साथीले कानून अधिकृतमा नाम निकालेर सर्भिस गरिरहेका छन् मैले पनि जागिर खाएको भए राम्रै ठाउ“मा पुग्थे होला ।’ सरकारी जागिर नखाएको प्रति व्यवसायमा बिरक्तिएको बेला पछुतो लाग्ने गरेको उनमा अनुभव भने नभएको होइन । यदाकदा व्यवसायमा जोड घटाउ हु“दा स्कूल पढ्दाका साथीभाइको  याद आउ“ने गरेको अनुभव सुनाउ“दै रिमाल भन्छन– उनीहरुले गरेका प्रगति उन्नति सम्झने गरेको छु तर उनीहरुले मसंगको भेटमा बधाई दिदा व्यवसाय प्रति लगनशील भएर काम गर्न हौसला जागेर आउ“छ ।’
पेशा र व्यवसाय प्रति सधैं बफादार भएर काम गर्ने उनी अहिले आफ्नै व्यवसायलाई अगाडि बढाउ“दै यो पेशालाई कसरी स्वच्छ र मर्यादित बनाउ“न सकिन्छ भन्ने तर्फ चिन्तित बन्ने गरेका छन् । बौद्धिकस्तर र स्वच्छ छबि भएकाले मात्र यो पेशा अंगाल्ने भएकाले आफूले पनि यो पेशा अंगालेको उनकै पुस्तक पसलमा भएको एक भेटमा बताए । पुस्तक बेच्न भ्याई नभ्याई रहेको अवस्थामा उनले भने–‘यो पेशामा बार्गेनिङ्ग हु“दैन त्यही भएर पनि मैले यो पेशा अंगालेको हु“ ।’ दिनहु“ जसो पुस्तक पसलमा भेटिने उनी बौद्धिक सर्कलका मानिसको जम्का भेटका कारण खुशी लाग्ने गरेको सुनाउ“छन । संस्थागत र सामुदायिक विद्यालय लगायत अन्य सम्पूर्ण पाठ्यपुस्तक पाउ“ने व्यवस्था सहित सञ्चालन गरिएको उनको पसलमा धार्मिक ग्रन्थका समेत पुस्तकहरु पाइन्छन् । नेपाली समाजमा पठन संस्कृतिको बिकास हराउ“दै गएको आरोप छ नि ? भन्ने जिज्ञासामा उनी भन्छन्–‘केही समय अघिसम्म त्यो आरोप लागेको ठीकै हो तर अहिले सोचे भन्दा राम्रो छ ।’ अंग्रेजी साहित्य र नेपाली साहित्यका पुस्तकहरु पनि त्यत्तिकै बिक्ने गरेका छन् अझ धार्मिक ग्रन्थमा आधारित पुस्तकहरुको खोजीगर्ने मानिसको संख्यामा पनि त्यत्तिकै बढोत्तरी भएर गएको छ । भारतका बिभिन्न युनिर्भसिटी बागडुग्रा युनिर्भसिटी, सिक्किममा रहेको युनिर्भसिटी, रिहिनोक कलेज,मान्ची कलेज साउथ सिक्किममा रहेका कलेज, गेजिङ्ग कलेज वेस्ट सिक्किम, आसामको गुहाटी र पश्चिम वंगालसम्मका युर्निभसिटीसम्म उनको पुस्तक पसलबाट किताव लाने गरेका छन् । कालिङपोङ्ग, दार्जिलिङ्गमा सञ्चालित विभिन्न युनिर्भसिटीमा समेत उनका पुस्तक पसलबाट पाठ्य पुस्तक पुग्ने गरेका छन् । तर, बढी जसो पुस्तक उनले बिद्यार्थी पव्लिकेशनले प्रकाशनमा ल्याएका  पुस्तक बिक्री गर्ने गरेका छन् । त्यसो त उनले तत्काल प्रकाशनमा आएका जुनसुकै पुस्तक पनि सहजै पाउने व्यवस्था नमिलाएका भने होइनन् । बिद्यार्थी पब्लिकेशन प्रा.लि. ले सबै प्रकारका पुस्तक प्रकाशन गर्ने गरेको र यसको पहु“च नेपालका जुनसुकै कुनामा पुगेको उनको भनाइ छ । बिद्यार्थी पब्लिकेशनले बिद्यालय स्तर,क्याम्पस स्तर,मेडिकल क्षेत्र, जडिबुटी, धार्मिक पाठ्यपुस्तकहरु त्यसमा पनि निर्णायक सिन्धु, पुराण, वेद आदिलाई नेपालीमा उल्था गरेर निकालेको उनी बताउ“छन् । बिर्तामोडमा सञ्चालन गरिएको उनको पसलले निजी तथा सामुदायिक विद्यालयका पाठ्यपुस्तक, उच्चमावि, कलेजका पाठ्यपुस्तक लगायतका सवै पुस्तक बिक्री बितरण गर्ने गरिएको रिमाल बताउ“छन् ।  एक ताका पुस्तक बेच्न रमाउने जालुराम अहिले पुस्तक लेखन भन्दा पुस्तक बेच्दा रमाइलो लाग्ने गरेको बताउ“छन् ।  उनले सञ्चालननमा ल्याएको पसलमा स्टेशनरीका सामानसमेत पाइने गरेको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।