Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Saturday, February 20, 2016

श्रीमतीको हत्यापछि श्रीममानले गरे झण्डिएर आत्महत्या


सुरुङ्गा(झापा) ८ फागुन । झापाको बिर्तामोड नगरपालिका – २ निवासी एक व्यक्तिले आज दिउसो आफ्नै श्रीमतीको हत्या गरी श्रीमानले पनि झुण्डिएर आत्महत्या गरेका छन्  ।
  बिर्तामोड नगरपालिका – २ चारपाने निवासी ६० वर्षीय तनवहादुर राजवंशीले ३५ वर्षीया श्रीमती शान्तिकुमारी राजवंशीको धारिलो हतियार प्रहार गरी हत्या गरेर उनले पनि घरको वलोमा झण्डिएर अत्महत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनी(बिर्तामोड)ले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राजवंशीले श्रीमतीलाई घाटीमा  खुकुरी प्रहर गरी हत्या गरेपछि कोठा भित्रको वलोमा झुण्डिएर उनले पनि आत्महत्या गरेका थिए । के कारणले श्रीमतीको हत्या गरी राजवंशीले आत्महत्या गरे त्यो भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tuesday, February 9, 2016

गाउँलेले बनाए भुतेनी खोलामा पक्की पुल

सुरुङ्गा(झापा) माघ ।
 झापाको गरामनी – ८ बद्रीबाडीका स्थानीयवासीले भुतेनी खोला पक्की पुल निर्माण गरेका छन् ।
सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त स्रोतलाई परिचालन गर्दै स्थानीयस्तरमा आर्थिक सहयोग र जनश्रमदान जुटाएर पक्की पुल निर्माण गरेका हन् । यसअघि भुतेनी खोलामाथि जीर्ण अवस्थामा रहेको काठको पुल भएको स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा पक्की पुल निर्माण गरिएको हो । सरकारीस्तरबाट प्राप्त सहयोगको अलावा स्थानीयस्तरबाट संकलित रकम र स्थानीय बासिन्दाको जनश्रमदानबाट पुल निर्माण सम्पन्न गर्न सफल भएको पुल निर्माण समितिका अध्यक्ष युवराज ओलीले बताउनुभयो ।
 स्थानीय गौरीप्रसाद घिमिरेका अनुसार पुल निर्माणका लागि सरकारीस्तरबाट रु ४ लाख ५० हजार रुपैयाँ, गैरसरकारी निकायहरुबाट रु ५ लाख ७७ हजार रुपैयाँ र स्थानीय बासिन्दाको तर्फबाट रु ३ लाख ४६ हजार रुपैयाँ संकलन भएको थियो ।
गाउँलेको सक्रियतामा गरामनी – ९ विराटपोखरबाट वडा नम्बर ८ हुँदै बद्रीबाडी र सहिद लक्ष्मी प्राथमिक विद्यालयसम्म पुग्ने बाटोमा पुल निर्माण गरिएको हो । 

झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै


(सुरेन्द्र भण्डारी)
सुरुङ्गा (झापा) माघ । पछिल्लो समय झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै गएको छ ।
थोरै लगानी अनि राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक माछापालन व्यवसायमा आर्कसित भएसंगै झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै  गएको हो । झापामा साना ठूला गरी एक हजार  ५ सय ५० वटा माछा पोखरी रहेका छन् । जसमध्ये  २ सय ५८ हेक्टर क्षेत्रफलमा अहिले माछापालन भइरहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।
झापामा उत्पादित माछाले यहाँको वजारलाई धान्न नसकेपछि जिल्लामा भारतबाट समेत झापामा माछाको आयात हुने गरेको छ । जिल्लामा कुल  नौ सय ५ मेट्रिकटन  मात्र माछा उत्पादन हुँदै आएको जिल्ला कृसष विकास कार्यालय झापाका मत्स्य शाखाका प्राविधिक सहायक प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

५० लाख रुपैयाँको लागतमा कनकाई आर्यघाटमा मलामी विश्रामस्थल र शौचालय निर्माण

सुरुङ्गा (झापा) २५ माघ । झापाका शिक्षा सेवी एक दम्पत्तिले कनकाई नगरपालिकामा रहेको कनकाई आर्यघाट कोटिहोममा झण्डै ५० लाख रुपैयाँको लागतमा मलामी विश्रामस्थल र सुविधा सम्पन्न शौचालय निर्माण  गर्नुभएको छ ।
  कनकाई एजुकेशन फाउण्डेशन, बिर्तामोडका संस्थापक अध्यक्ष जयनारायण ढुंगाना र उहाँकी श्रीमती अञ्जना ढुंगानाले आर्यघाट परिसरमा  विश्रामस्थल र शौचालय निर्माण गर्नुभएको हो ।

वौद्ध गुम्वा निर्माणका लागि दश लाख मूल्य वरावरको जग्गा दान


सुरुङ्गा(झापा) २६ माघ । सोरडु छोइलिङ वौद्ध गुम्वा निर्माणका लागि  शनिअर्जुन नगरपालिका – ६ निवासी एक  दाताले झण्डै १० लाख मूल्य वरावरको जग्गा निःशुल्क प्रदान गर्नु भएको छ ।
२८५२ औं मञ्जुश्री सोनाम लोसारका अवसरमा आज आयोजित कार्यक्रमकाबीच गंगावहादुर तामाङले दुई कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । उहाँले गुम्वा निर्माणका लागि सवैलाई सहयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने बताउनुभयो ।

Wednesday, February 3, 2016

व्यवसायको प्रवर्धनमा २५ लाख रुपैयाँसम्म व्याज अनुदान दिन्छौं– श्रेष्ठ



सुरुङ्गा(झापा) २० माघ ।  कृषि विकास मन्त्रालय कृषि विभाग कृषि व्यवसाय प्रवर्धन तथा बजार विकास निर्देशनालय कृषि वस्तु निर्यात प्रवर्धन कार्यक्रम प्रमुख ताराकुमार श्रेष्ठले कृषि जन्य बस्तुहरुमा आधारित उद्योग एवम व्यवसायको प्रवर्धनमा सरकार जुटेको बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले यस्तो वताउनुभएको हो । आन्तरिक एवम् वाह्रय वजार विकास निर्यात प्रवर्धनमा सहयोग गर्ने तथा निर्यात प्रवर्धनको क्षेत्रमा संलग्न निकायहरुसंग समेत सहकार्य गर्दै सरकार अघि बढेको छ उहाँले भन्नुभयो ।
निर्यात जन्य कृषि वस्तुहरुको प्रवद्र्धनात्मक कार्यमा सहयोग पु¥याउन सरकारको कार्यक्रम अनुरुप सरकारले अहिले निर्यात जन्य वस्तुमा काम गर्ने व्यक्ति वा  फर्मका लागि २५ लाख रुपैयाँसम्म व्याज अनुदान दिने कार्य गरिरहेको छ –  श्रेष्ठले भन्नुभयो ।


Tuesday, February 2, 2016

भतिजीलाई जागिर खुवाउने अडानले शिक्षक नियुक्ति रोकियो


सुरुङ्गा(झापा)१९ माघ ।  विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले आफ्नी भतिजीलाई शिक्षक नियुक्ति गर्न अडान राखेपछि दक्षिणी झापाको एक सामुदायिक विद्यालयको शिक्षक नियुक्ति प्रक्रिया अन्यौलमा परेको छ । जसका कारण उक्त विद्यालयमा पठन पाठन समेत प्रभावित भएको छ ।
पशुपति उच्च माध्यमिक विद्यालय राजगढले  गत मंसीर १५ गते अस्थायी करार प्रावि तृतीय शिक्षक आवश्यक भएको भन्दै सूचना प्रकासित गरेको थियो ।
सूचना प्रकासन भएलगत्तै  २२ जनाले आवेदन दिएको विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरीले बताउनुभयो । रीक्त प्रावि दरवन्दीका लागि प्रकाशित गरिएको  सूचना अनुसार शिक्षक छनौट गर्न शिक्षक छनौट समितिले पुस १३ गते लिखित परीक्षा लिएको थियो । परीक्षामा सहभागी मध्ये  तुलशा भण्डारी,नेत्र खतिवडा र लक्ष्मी राजवंशीले नाम निकालेको विद्यालयका प्रधानाध्यापक चौधरीले बताउनुभयो ।

Monday, February 1, 2016

युवा संघ झापाको अध्यक्षमा सापकोटा निर्वाचित


सुरुङ्गा (झापा) १८ माघ । युवा संघ झापाको अध्यक्षमा त्रिलोचन सापकोटा निर्वाचित हुनुभएको छ ।
 अध्यक्षका प्रत्यासी धरणीधर पोखरेललाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतवार राति सम्पन्न मत गणना अनुसार सापकोटाले १५४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रत्यासी पोखरेलले १३३ मत प्राप्त गर्नुभएको थियो ।

घैलाडुब्बामा शाखारहित बैंकिङ सेवा




सुरुङ्गा (झापा) १८ माघ । राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाले घैलाडुब्बामा शाखारहित बैंकिङ सेवा सुरु गर्ने भएको छ ।

बिर्तामोड नगरपालिकाबाट १५ किलोमिटर दक्षिणमा पर्ने घैलाडुब्बा बजारमा यो सेवा सुरु गर्न लागिएको हो । बैंकका शाखा प्रमुख किशोर अधिकारीका अनुसार सेवा सुरु भएसँगै जिल्लाका दक्षिणी क्षेत्रका डाँगीबारी, चकचकी, राजगढ, घेराबारीलगायत गाविसका सेवाग्रही लाभान्वित हुनेछन् ।

ब्लग सेयर गर्नुहोला।