Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, February 9, 2016

५० लाख रुपैयाँको लागतमा कनकाई आर्यघाटमा मलामी विश्रामस्थल र शौचालय निर्माण

सुरुङ्गा (झापा) २५ माघ । झापाका शिक्षा सेवी एक दम्पत्तिले कनकाई नगरपालिकामा रहेको कनकाई आर्यघाट कोटिहोममा झण्डै ५० लाख रुपैयाँको लागतमा मलामी विश्रामस्थल र सुविधा सम्पन्न शौचालय निर्माण  गर्नुभएको छ ।
  कनकाई एजुकेशन फाउण्डेशन, बिर्तामोडका संस्थापक अध्यक्ष जयनारायण ढुंगाना र उहाँकी श्रीमती अञ्जना ढुंगानाले आर्यघाट परिसरमा  विश्रामस्थल र शौचालय निर्माण गर्नुभएको हो ।
कनकाई एजुकेशन फाउण्डेशनमा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहयोग जुटाउदै आर्यघाटको पूर्वी तटमा एक हजार मलामी  बस्न सक्ने विश्रामस्थल र ६ कोठे सुविधा सम्पन्न पक्की शौचालय  निर्माण गरिएको हो ।
 नव निर्मित विश्रामस्थल र शौचालय कनकाई आर्यघाट व्यवस्थापन समिलिाई हस्तान्तरण समेत गरिएको छ 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।