सुरुङ्गा(झापा) ८ फागुन । झापाको बिर्तामोड नगरपालिका – २ निवासी एक व्यक्तिले आज दिउसो आफ्नै श्रीमतीको हत्या गरी श्रीमानले पनि झुण्डिएर आत्महत्या गरेका छन् ।
बिर्तामोड नगरपालिका – २ चारपाने निवासी ६० वर्षीय तनवहादुर राजवंशीले ३५ वर्षीया श्रीमती शान्तिकुमारी राजवंशीको धारिलो हतियार प्रहार गरी हत्या गरेर उनले पनि घरको वलोमा झण्डिएर अत्महत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनी(बिर्तामोड)ले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार राजवंशीले श्रीमतीलाई घाटीमा खुकुरी प्रहर गरी हत्या गरेपछि कोठा भित्रको वलोमा झुण्डिएर उनले पनि आत्महत्या गरेका थिए । के कारणले श्रीमतीको हत्या गरी राजवंशीले आत्महत्या गरे त्यो भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment