Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, February 9, 2016

गाउँलेले बनाए भुतेनी खोलामा पक्की पुल

सुरुङ्गा(झापा) माघ ।
 झापाको गरामनी – ८ बद्रीबाडीका स्थानीयवासीले भुतेनी खोला पक्की पुल निर्माण गरेका छन् ।
सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त स्रोतलाई परिचालन गर्दै स्थानीयस्तरमा आर्थिक सहयोग र जनश्रमदान जुटाएर पक्की पुल निर्माण गरेका हन् । यसअघि भुतेनी खोलामाथि जीर्ण अवस्थामा रहेको काठको पुल भएको स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा पक्की पुल निर्माण गरिएको हो । सरकारीस्तरबाट प्राप्त सहयोगको अलावा स्थानीयस्तरबाट संकलित रकम र स्थानीय बासिन्दाको जनश्रमदानबाट पुल निर्माण सम्पन्न गर्न सफल भएको पुल निर्माण समितिका अध्यक्ष युवराज ओलीले बताउनुभयो ।
 स्थानीय गौरीप्रसाद घिमिरेका अनुसार पुल निर्माणका लागि सरकारीस्तरबाट रु ४ लाख ५० हजार रुपैयाँ, गैरसरकारी निकायहरुबाट रु ५ लाख ७७ हजार रुपैयाँ र स्थानीय बासिन्दाको तर्फबाट रु ३ लाख ४६ हजार रुपैयाँ संकलन भएको थियो ।
गाउँलेको सक्रियतामा गरामनी – ९ विराटपोखरबाट वडा नम्बर ८ हुँदै बद्रीबाडी र सहिद लक्ष्मी प्राथमिक विद्यालयसम्म पुग्ने बाटोमा पुल निर्माण गरिएको हो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।