Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, February 1, 2016

घैलाडुब्बामा शाखारहित बैंकिङ सेवा




सुरुङ्गा (झापा) १८ माघ । राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाले घैलाडुब्बामा शाखारहित बैंकिङ सेवा सुरु गर्ने भएको छ ।

बिर्तामोड नगरपालिकाबाट १५ किलोमिटर दक्षिणमा पर्ने घैलाडुब्बा बजारमा यो सेवा सुरु गर्न लागिएको हो । बैंकका शाखा प्रमुख किशोर अधिकारीका अनुसार सेवा सुरु भएसँगै जिल्लाका दक्षिणी क्षेत्रका डाँगीबारी, चकचकी, राजगढ, घेराबारीलगायत गाविसका सेवाग्रही लाभान्वित हुनेछन् ।



शाखारहित बैंकिङ सेवा गर्न घैलाडुब्बामा सम्पूर्ण तयारी पूरा भएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले अहिले देशभर ४० ठाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको र अब एकैसाथ ३७ स्थानमा यस्तो सेवा सुरु गर्ने तयारी गरिरहेको बताइएको छ ।

बैंकको बिर्तामोड शाखाले चालू आव २०७२÷७३ को छ महिनामा रु छ करोड ३२ लाख ८२ हजार नाफा गरेको छ । बैंकले अघिल्लो आवको उक्त समयमा रु दुई करोड १९ लाख ५४ हजार मात्रै नाफा गरेको थियो । बैंकका शाखा प्रमुख अधिकारीले आव २०७१÷७२ मा रु पाँच करोड ९८ लाख ७७ हजार नाफा गरेको जानकारी दिनुभयो । रासस 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।