Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, January 31, 2016

आगो ताप्दा जलेर मृत्यु


सुरुङ्गा (झापा) १८ माघ । दक्षिणी झापाको घेरावारीमा आज एक व्यक्तिको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा घेरावारी – ६ मिलडाँडा निवासी ५० वर्षीय चन्द्रवहादुर रुम्वा रहेको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । आज विहान छिमेकी फूलमाया मेचेको घरमा गएर आगो ताप्ने क्रममा उनको जलेर मृत्यु भएको बताइएको छ ।

मादक पदार्थ सेवन गरेका उनको अगेनामा बालेको आगो ताप्ने क्रममा घोप्टिएर लडेपछि उनको  जलेर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केशीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।