Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, January 29, 2016

नेपालकै उत्कृष्ठ हस्पिटल रहेछ वीएण्डसी –गृहमन्त्री वस्नेत


सुरुङ्गा(झापा)१५ माघ ।   झापाको बिर्तामोडमा सञ्चालनमा रहेको वीएण्डसी मेडिकल कलेज नेपालकै  उत्कष्ठ मेडिकल कलेज भएको गृहमन्त्री  शक्तिवहादुर बस्नेतले बताउनुभएको छ ।
पूर्वाञ्चलका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदै झापा आइपुग्नु भएका उहाँले अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको यो अस्पताल पूर्वमा मात्र नभई नेपालकै उत्कृष्ठ छ उहाँले भन्नुभयो । करिव एक घण्टासम्म अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले सुविधा सम्पन्न अस्पतालले यहाँका विरामीलाई मात्र फाइदा नपुगी यसले सिमा पारीका नागरिकलाई पनि फाइदा पुग्छ भन्नुभयो ।





उहाँलेको निरीक्षण पछि क्रान्तिकारी पत्रकार संघ झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति,समृद्धि र सुशासन नभई देशको विकास नहुँने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित छ भन्नुभयो ।

उहाँले  शान्ति,समृद्धि र सुशासन युक्तसमाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताउनुयो ।
बितेको तीन महिना सरकार कामको तयारीमा लागेकोले अब परिणाम देखिने र अनुभूति हुने गरी सरकारले काम गर्ने गृहमन्त्री बस्नेतले बताउनु भयोे ।
एक फरक प्रशंगमा संविधानको संसोधनबाट मधेशी मोर्चाको माग मूलरुपमा सम्वोधन भइसकेकोले अब आनदोलनको जरुरी नरहेको उहाँको भनाई छ ।  मधेशी मोर्चाले उठाएको सीमांकनको विषय राजनीतिक संयन्त्रमा हुने छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो । राजनीतिक संयन्त्रले निकालेको निष्कर्षलाई संवैधानिक मान्यता दिई संवैधानिक व्यवस्थामार्फत सीमांकनको विषय टुंगिने उहाँको भनाई थियो ।

  गृहमन्त्री बस्नेतले संविधानले सबैको भावना समेटेको र पछि उठ्ने आवाज समेटनका लागि पनि संविधानमै अमयानुकूल संसोधनको व्यवस्था गरिएकाले अब मुलुकमा कसैले हतियार उठाउनु र आन्दोलन गर्नु आवश्यक नरहेको बताउनु भयो ।


केही दिनमै नाकाहरु पूर्णरुपमा खुलेर आपूर्ति व्यवस्था सहज हुनुका साथै अहिले देखिएको कालोबजारी र तस्करीको अवस्था अन्त्य हुने उहाको भनाई थियो ।

एकीकृत माओवादीका नेता समेत रहनु भएका गृहमन्त्री बस्नेतले पत्रकारको जिज्ञासाको फरक प्रसंगमा आफ्नो पार्टीले सरकार छोड्ने भन्ने कुरा सडक हल्लामात्र भएको बरु सरकारलाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो ।



0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।