सुरुङ्गा (झापा) १७ माघ।
जगतवस्ती शान्ति टोल सुधार समिति बिर्तामोडको आयोजनामा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २ सय ६१ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको जगतवस्ती शान्ति टोल सुधार समितिका सचिव प्रेमकुमार खरेलले जानकारी दिनुभयो ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये १७ जनाको मोतियाविन्दु शल्यक्रिया र ४ जनाको मासु पलाएको शल्यक्रियाका लागि हस्पिटलले पठाइएको बताइएको छ ।
जगतवस्ती शान्ति टोल सुधार समितिका उपाध्यक्ष रवीन बस्नेतको अध्यक्षता तथा समाजसेवी राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
0 comments:
Post a Comment