Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, January 14, 2016

झापाका एक हजार दुई सय निरक्षरलाई यसवर्ष साक्षर बनाइने



सुरुङ्गा (झापा) ३० पुस । यस वर्ष झापाका एक हजार दुई सय निरक्षरलाई साक्षर बनाइने भएको छ ।
अनौपचारिक शिक्षा कार्यक्रम अन्र्तगत यस वर्ष जिल्लाका २९ वटा सामुदायिक सेवा केन्द्र मार्फत ५८ वटा कक्षा सञ्चालन गर्दै एक हजार दुई सय निरक्षरलाई साक्षर बनाउन लागिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । गतवर्ष झापाका ५० हजार दुई सय २२ जना निरक्षरलाई साक्षर बनाइएको थियो ।
जिल्ला शिक्षा कार्यालय झापाले सञ्चालन गरेको आधारभूत साक्षरता कक्षाबाट  गत वर्ष दलित महिला तीन हजार ७ सय ९०, पुरुष ७ सय ७५, आदिवासी महिलातर्फ १८ हजार १ सय १६ , पुरुष तीन हजार ३ सय ६ र अन्य महिला २० हजार ७ सय ६५ तथा तीन हजार ५ तथा २९ जना पुरुष साक्षर भएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । जिल्लाका कुल ५८ हजार ४ सय ४६ निरक्षर मध्ये उनीहरु गतवर्ष साक्षर भएको र यस वर्ष १२ सय निरक्षरलाई साक्षर बनाउदै साक्षरता दर ९५ प्रतिशत पु¥याइने जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो ।


सन् २०१५ सम्ममा नेपालका सबै नागरिकलाई साक्षर बनाउने सरकारको लक्ष्य छ । सरकारको लक्ष्य अनुरुप  जिल्ला शिक्षा कार्यालय झापाले यस वर्षपनि जिल्लाका विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन गर्दै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणाको तयारी गरिरहेको  उहाँको भनाई छ । जिल्लामा रहेका निरक्षरलाई साक्षर बनाउन ४ महिलासम्म साक्षरता कक्षा सञ्सचालन गरिने जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।   निरक्षरलाई साक्षरता बनाउन २९ वटा सामुदायिक अध्ययन केन्द्रका परिचालिकालाई ५ दिने सहजकर्ता तालिकसमेत दिइएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाकी विद्यालय निरीक्षक जानुका गुरागाइँका अनुसार गतवर्ष साक्षर भएकालाई यस वर्ष निरन्तर शिक्षा प्रदान गरिने छ । सोही क्रममा १२ सय निरक्षरलाई पनि साक्षर बनाइने बताइएको छ । सामुदायिक अध्ययनकेन्द्र मार्फत सञ्चालन गरिने निरन्तर शिक्षाका लागि प्रत्येक सामुदायिक केन्द्रले दुई दुईबटा कक्षा सञ्चालन गर्ने विद्यालय निरीक्षक गुरागाइँले बताउनुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।