Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, January 27, 2016

हिंसा पीडित माहिलाको खुशी फर्काउदै सम्मुन्नत

सुरुङ्गा (झापा) १४ माघ । ‘पटक पटक मर्न  प्रयास गरे तर छोरा छोरीको मायाले मलाई मर्न दिएन’ मोरङको लक्ष्मीमार्ग निवासी २७ वर्षीय कौशिला मल्लले भन्नुभयो–‘ काल नआई मरिदो रहेनछ । १३ वर्षको उमेरमा नेपाल आर्मीका जवान टीकाराम रिजालसंग मेरो विवाह भएको थियो विगत सम्झदैं उहाँले भन्नुभयो – अहिले सम्झन्छु विवाह भएको दिन नै मेरा लागि काल बनेर आएको रहेछ ।

‘विवाह भएको एक डेढ महिनापछिबाटै मेरो खुशी खोसिन शुरु भयो’ श्रीमानले विवाहपछि मलाई काठमाडौं ल्याउनुभयो अनि दुईवटा छोरा छोरी जन्मिएपछि उहाँले मलाई लक्ष्मीमार्गस्थित घरमा छाडेर विदेश जानुभयो मल्लले भन्नुभयो – उहाँ यहाँ हुँदा पनि मलाई नकुटेको दिन हुँदैन थियो, श्रीमान  विदेश गएपछिको त  उहाँका केही कुरापनि सम्झन मन लाग्दैन । जाजरकोट माइतीघर भएकी मल्लले आफ्नो विगत सुनाउदै भन्नुभयो – दिनहुँको सासुको करकर,छोरा छोरी सानै , भएभरको काम मैले नि गर्नुपथ्र्यो नावालक छोरा छोरी काखी च्यापेर भएपनि साराकाम मनै गर्थे खानको त के कुरा  टुसुक्क बस्न पनि पाउँदिन थिए ।
म कान्छी श्रीमती रहेछु मल्लले भन्नुभयो–मेरा श्रीमानले यसअघि नै दुईवटा विवाह गर्नुभएको रहेछ, कान्छी ल्याएपछि जेठीले डिभोर्स(छोडपत्र) र मलाई ल्याएपछि माइली पनि इजरायल जानुभयो म घरमा रहे । ‘मेरा श्रीमान नेपाल आर्मीको  जागिरेहुँदा उहाँको सुरुवा जहाँ हुन्थ्यो त्यहाँनै उहाँले विवाह गर्नुहुँदो रहेछ’ मल्लले भन्नुभयो –  विवाहपछि सबैलाई घरमा ल्याउदै राख्तै गर्ने उहाँको वानी रहेछ । घरमा हुँदा  मैले कोहीसंग बोल्नु हुँदैन थियो,  छिमेकीको त के कुरा नजिकै श्रीमानको मावली घर  थियो ।  उहाँका मामाका छोराले मलाई कहिले भाउजु त कहिले आमा भनेर बोलाउदासम्म त ऊसैसंग सल्किस भन्दै मलाई  दिनहुँ कुट्दै श्रीमानलाई विदेशमा सासुले पोल लगाउनुहुँदो रहेछ मल्लले भन्नुभयो ।
मसंग मेरी वहिनीपनि बस्ती , ऊ  अझैंपनि नावालकै छ नावालक वहिनीलाई त्यही मामाका छोराले म नभएका बेला जवरजस्ती करणी गरेछ मल्लले गहभरि आँशुपार्दै  भन्नुभयो–उसले मलाई कहिले भाउजु भन्थ्यो त कहिले आमा, मलाई शुरुमा त पत्याउनै गाह्रो भयो । ‘नपत्याउपनि कसरी आखिर उसले मेरी वहिनीलाई एक्लै पारेर सर्वस्व लुटेछ’ मल्लले भन्नुभयो – वहिनीको  प्रतिवाद गर्दा मेरै घरपरिवार र विदेशमा भएका श्रीमानको आडमा उसले मलाई पनि छाडेन, आमा भन्दै मेरो घर  आएको उसले चक्कु देखाएर मेरो पनि अस्मिता लुट्यो ।
झापाको बिर्तामोडमा रहेको समुन्नत नेपालको कार्यालयको क्यान्टिनमा भेटिनुभएकी उहाँले आफन्तबाटै दिदी वहिनीको अस्मिता लुटिएपछि आफूहरु विभिन्न संघ संस्था र प्रहरीको शरणमा पुगेपनि समाजको रोहभरमा मलाई त्यही मामाको छोरा भनाउदोसंग जिम्मा लगाए । ‘सामाजिक निर्णय अनुरुप मलाई जवरजस्ती नावालक छोरा ÷  छोरीसंग छुटाउदै उसकै घर पठाइयो ’ रुँदै कौशिलाले भन्नुभयो – सोही रात मर्न खोजे तर छोरा छोरीको मायाले मलाई बचायो ।  ‘म मर्न हिडेकी थिए ’कौशिलाले भन्नुभयो – यो मर्ने रहेछ भनेर मलाई हतार हतार विहान माइती पु¥याईदिन्छु भन्दै उसैले वेलवारीबाट जाँजरकोट जाउँ भन्दै वहिनी र मलाई जवरजस्ती काँकरभिट्टा ल्याएर एक होटलमा बन्धक बनाइयो  ।  एकाएक हामीलाई त्यही छाडेर ऊ त्यहाँवाट  भाग्यो । ‘अस्ती बैशाखको घटना हो यो एक वर्ष भएछ ’ कति चाँडै दिन बित्तो रहेछ यहाँ आएको पनि ।’ एकाएक हसिली हुँदै कौशिलाले भन्नुभयो – हिजो जस्तो लाग्छ यहाँ आएको अबत कर्म घर मेरो नै यही हो धन्य प्रभू हामीलाई नयाँ जन्म दिनुभयो ।
महिला हिंसाबाट पीडित उहाँ त एक मात्र पात्र हुनुहुन्छ । उहाँजस्तै घरेलु हिंसाबाट पीडित बन्नुभएको विराटनगर  निवासी ३९ वर्षीय कुमारी बरालको पनि व्यथा मल्लको भन्दा कम छैन । झापाको शनिअर्जुन नगरपालिका माइती घर भएकी उहाँलाई पनि माइतबाट दाइजो नल्याएको भन्दै उहाँका श्रीमानले शारीरिक र मानसिक यातना नदिएको दिन नै हुँदैन थियो । माइतबाट केही दाइजो नल्याएको भन्दै तीन दिनसम्म कोठामा थुनेर  श्रीमानले  कुटेको घाउ उहाँमा अझैंपनि आलै छ । ‘सुत्केरी नै थिए एकदिन श्रीमानले कुरै कुरामा दाइजो नल्याउने यो पाखेकी छोरी हो भन्दै भक्कु कुटे’ प्रतिवाद गर्नसक्ने मेरो अवस्तै थिएन वरालले भन्नुभयो – त्यसपछि तीन दिनसम्म भोकै भोकै राखेर  कोठा थुनेर कुटेपछि म राति एक बजे भागेर मर्न हिडेकी थिए ।
सम्मुन्नत नेपालले नै सञ्चालन गरेको जलकन्या   कृषि  सहकारी संस्थाको पासवुक  मिलाउदै गर्दा भटिनुएकी उहाँले भन्नुभयो – विराटनगरको सिङ्गिया खोलामा हाम फाल्न हिडेकी थिए खोलामा हाम फाल्न लाग्दा छोरो सम्झिएछु र घर फर्किएर गए ।
शनिश्चरेस्थित एक घरमा डेरा वस्तै आउनुभएकी उहाँको अहिले एक छोरा रहेका छन् ।  छोरालाई उहाँले अहिले शनिश्चरेमा रहेको एक वोर्डिङ स्कूलमा पढाइरहनुभएको छ । उहाँको छोरा अहिले कक्षा ३ मा अध्ययनरत रहेका छन् ।   ८ वर्ष अघि श्रीमानको यातना सहन नसकेर उहाँपनि समुन्नत नेपालको कार्यालयमा आउनुभएको थियो । उहाँ अहिले सोही संस्थामा सहकारी तर्फको कार्यभार सम्हाल्दै आउनुभएको छ । सहकारीले दिएको तलवबाट आफ्नो दैनिकी चलाइरहेकी छु उहाँले भन्नुभयो ।
माइतबाट पैसा नल्याएको निहुँमा श्रीमानको कुटाईखाने अर्की महिला हुनुहुन्छ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाकी दुर्गा खनाल । ६ वर्ष अघि दाहालसंग विवाह बन्धनमा वाँधिनुभएकी उहाँमा पनि विवाहभएपछि श्रीमानसंग रहदा ओठमा मुस्कान कुनै दिन आउन सकेन । दुलन फर्काएर ल्याएपछि मलाई माइतबाट दाइजो नल्याएको ,तसंग विवाह गर्दा मलाई पैसा दिन्छु भनेको थियो भन्दै श्रीमानले सधै रक्सी खाएर आएर कुट्नुहुन्थ्यो खनालले भन्नुभयो । ‘शुरु शुरुमा त कुटाई सहेर बसे’बस्नै नसक्ने अवस्था आएपछि एक दिन मर्न भनेर कोठामा झुण्डिन ठिक्क परेकी थिए छिमेकी दाईले थाहा पाएर ढोका फोरेर मलाई बचाउनुभयो गहभरि आँशुपार्दै उहाँले भन्नुभयो–दाइले त्यो दिन मलाई नवचाईदिएको भए म यहाँ हुन्न थिए ।
समुन्नत नेपालमा रहेका मल्ल,वराल र खनालत उदाहरणका पात्र मात्रै हुन् । उक्त संस्थामा  अहिले १७ जना महिला कार्यरत  छन् । संस्थामा रहेका सबैजनालाई उक्त संस्थाले क्षमता अभिवृद्धि तालिमसंगै रोगजारी पनि दिएको छ । त्यहाँ रहेका सबै महिला कुनै न कुनै काममा आवद्ध छन् संस्थाकी सञ्चालक कोपिला बस्नेतले भन्नुभयो ।  हिंसामा परेका महिलालाई कानुनी परामर्शसमेत उक्त संस्थाले नै प्रदान गर्दै आएको छ ।
हिंसामा परेका महिला मध्ये मल्लको जिल्ला अदालत मोरङमा मुद्दा  चलिरहेको छ । उक्त मुद्दाका लागि समुन्नत नेपालले नै पहल  गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो । नावालक छोरा छोरीलाई समेत भेट्न नदिएको र अंश सम्वन्धि श्रीमान विरुद्ध मल्लले जिल्ला अदालत मोरङमा अंश चलन र नावालक छोरा छोरी भेट गर्न पाउँ भन्दै मुद्दा दर्ता गराउनुभएको छ ।  त्यस्तै उहाँका श्रीमानका मामाका छोरा रमेश न्यौपाने विरुद्ध जवरजस्ती करणी मुद्दा चलिरहेको छ ।  न्यौपाने अहिले सुनसरी प्रहरीको हिरासतमा छन् ।
त्यस्तै संस्थाकै पहलमा बरालको पनि अंश चलन मुद्दा कार्यनवयन भइरहेको र खनालको सम्वन्ध विच्छेदको मुद्दा चलिरहेको बस्नेतले बताउनुभयो ।
घरेलु हिंसाका कारण पीडित बनेका तिनै महिला अहिले  सिपमुलक काममा व्यस्त छन् । उनीहरु पुराना कुरा  विर्सदै खुशी खोजिरेका छन् । खुसी फर्काउन समुन्नत नेपालले ठूलो मद्दत गरेको उनीहरुको भनाई छ । सम्मुनत नेपालकको कार्यालयमा नै उनीहरु सिममुलक काम गरिरहेका छन् अहिले । सिपमुलक कामबाट उनीहरुले आर्थिक उपार्जन पनि गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो ।
पीडित महिलामध्ये कोही सिलाई कटिङमा व्यवस्त छन भने कोही क्यान्टिन ,कोही गाइपालन र कोही माला बनाउने काममा तल्लिन छन् । उनीहरुले बनाएको माला,कानका झुम्का,माटाका गुडिया, नेपालको विभिन्न सहर र अष्टे«लिया,अमेरिकासम्म निर्यात हुने गरेको छ । अष्ट्रेलियन नागरिक वेण्डीमोरबाट तालिम लिएका उनीहरुले बनाएको मालाको मुख्य बजार अष्ट्रेलिया र  अमेरिका नै रहेको बताउनुहुन्छ संस्थाकी सञ्चालक कोपिला वस्नेत । उहाँ भन्नुहुन्छ –हिंसामा परेका महिलाको उद्दार तथा कानूनी परार्मश र क्षमता अभिवृद्धिका लागि सञ्चालनमा ल्याइएको यो संस्थामा रहेका महिलाले तयार पारेका सबै सामाग्रीको मुख्य बजार विदेश नै हो ।
विशेष प्रकारको माटो ‘पोलिमरक्ले’ बाट तयार पारिएका विभिन्न सामाग्री ( गहरगहना,माला,कानका झुम्का,गलाको माला,फूल, मूर्ति,कपालमा लगाउने क्लिप, साडीपीन,पोते आदि ) जस्ता सामाग्री उनीहरुले तयार पार्ने गरेको बस्नेतले बताउनुभयो ।  बनाएका सामाग्री मध्ये  मालाको लोकप्रियता बढेको छ बस्नेतले भन्नुभयो ।
घरेलु हिंसा पीडित महिलाहरु न्याय पाउन धेरै ठाउँ धाउँदा समेत उनीहरुले निःशूल्क कानुनी सेवा पाउन सकिरहेका हुँदैनन् त्यसैले हामी यहीबाट कानूनी परामर्श दिन्छौं बस्नेतले भन्नुभयो । समुन्नत नेपालकी अध्यक्ष  बस्नेत कानून व्यवसायी पनि हुनुहुन्छ ।  उहाँले हिंसा पीडित महिलाकै लागि निः शूल्क कानुनी सहायताको व्यवस्था समेत मिलाउनुभएको छ ।  घरेलु हिंसा पीडित महिलाहरुकै लागि कानुनी सेवालाई दिगो बनाउन उहाँकै सक्रियतामा १३ जना महिलाहरुले बनाएको गहना अमेरिका,अष्टे«लिया लगायतका देशमा समेत विक्री हुने गरेको बताइएको छ । – रासस

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।