Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, January 29, 2016

माटो परीक्षण बिनै खेतीरअझैं आउनसकेन कृषकमा चेतना



 उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन,क्षारीयपन,नाइट्रोजन,फस्फोरस,पोटास र प्राङ्गारिक पदार्थहरु उपयुक्त मात्रामा हुनुपर्छ  । माटोमा पाइने ६ वटा  पदार्थ उचित मात्रामा भयो भने उक्त माटोमा उत्पादनदर उच्च हुने गर्दछ । तर, झापा र इलामका किसानहरुमा अझैं पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नु पर्छ भन्ने चेतना आउन सकेको छैन् ।




माटो परीक्षका लागि मेची अञ्चलका कृषकलाई लक्षीत गरी २०५८ सालबाट नेपाल सरकार कृषि विकास मन्त्रमलय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले झापाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएपनि माटो परीक्षणका लागि कृषक नै नआउने गरेको कार्यालयकी प्राविधिक सहायक सीता खरेलले बताउनुभयो । कृषकमा पर्याप्त चेतना नभएका कारण यहाँ माटो परीक्षण गराउन कृषक नै आउदैनन् उहाँले भन्नुभयो –  हामीलाई तार्गेट पु¥याउन पनि मुस्किल पर्छ । गत आर्थिक वर्षको तथ्याङ्क देखाउदै उहाँले भन्नुभयो–माटो परीक्षणको तार्गेट नपुग्दा आर्थिक वर्ष २०७१÷०७२ मा जिल्ला कृषि विकास कार्यालय झापा र इलामसंग सहकार्य गर्दै माटो परीक्षण शिविर सञ्चालन गरेर हामीले तागे्रट पु¥यायौं ।

गत आर्थिक वर्ष जिल्ला कृषि विकास कार्यालय झापाको सहयोगमा झापाका ६ स्थान र इलाको सहयोगमा दुई ठाउँमा माटो परीक्षण शिविर सञ्चालन गरिएको कार्यालयकी अर्की प्राविधिक सहयक अञ्जु वुढाथोकीले बताउनुभयो । वुढाथोकीका अनुसार गत वर्ष झापाका ६०६ र इलामका ३०३ जना कृषकले मात्र माटो परीक्षण गराएका थिए ।



यता कार्यालयमा आएर माटो परीक्षण गराउनेको संख्या भने ज्यादै न्यून रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । इलामबाट ८५ र झापाका १४० जना कृषकले मात्र सालभरिमा माटो परीक्षण गराएका छन् । गत वर्ष माटो व्यवस्थापन निर्देशनालय माटो परीक्षण प्रयोगशाला सुरुङ्गाले जिल्ला कृषि विकास कार्यालय झापाको सहयोगमा वुधवारे,सुरुङ्गा,वाहुनडाँगी,चकचकी,गोलधाप र पुन वुधवारेमा विभिन्न मितिमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । शिविरमा वुधवारेका ५४,सुरुङ्गाका १५,वाहुनडाँगीका ६४,चकचकीका ५२ ,गोलधापका ५७ र वुधवारेका ६१ जना कृषकले  मात्रै माटो परीक्षण गराएको कार्यालयको तथ्याङ्कले देखाउछ ।  उता इलामको नाम्सालिङ र  दानावारीमा भएको शिविरमा नाम्सालिङका १३५ र दानावारीका ८६ जना कृषकले मात्रै माटो परीक्षण गराएका छन् ।
बढ्दो रसायनिक मल र विषादिको  प्रयोगका कारण माटोमा उर्वराशक्ति कम भएपनि कृषकले माटो परीक्षण गराएर माटोको उपचार गर्दैनन् कार्यालयकी प्राविधिक सहायक खरेलले रासससंग कुराकानी गर्दै भन्नुभयो । खरेलका अनुसार गुणस्तरीय माटोमा ६।६ देखि ७।५ पीएच,प्राङ्गारिक पदार्थ २ देखि ५ प्रतिशत,नाइट्रोजन ०।१ देखि ०।२२ प्रतिशत,फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्छ ।  तर कार्यालयले गरेको  माटो परीक्षणबाट झापामा अम्लियपन ३६ प्रतिशत,हल्का अम्लियपन ५५ प्रतिशत र तठस्थ माटो ८ प्रतिशत मात्रै पाइएको  छ । उहाँका अनुसार खेतीगर्नका लागि ६।५ देखि ७।५ पिएच भएको माटो मात्रै उपयुक्त हुन्छ । माटो परीक्षण गराउदा ७।५ भन्दा माथि पिएच भेटिए त्यस्तो माटोमा क्षारीयपन बढी हुने र खेतीका लागि अनुपयुक्त हुन्छ खरेलले भन्नुभयो ।
उता इलाममा भने माटोको अम्लियपन ५४ ,हल्का अम्लियपन ४२ र तठस्थ माटो ३ प्रतिशत मात्र पाइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  माटो परीक्षण गर्दा ७ पिएच सम्मलाई तठस्थ मानिएको र सात भन्दा तल भए अम्लिय र माथि गए छारिय हुने खरेलको भनाई छ ।
चालू आर्थिक वर्षमा पनि उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा माटो परीक्षण शिविर सञ्चालन गरेको छ । शिविर सञ्चालन नगरी हुँदैन कार्यालयमा आएर आएर माटो परीक्षण एक दुई जनाले मात्रै गर्छन् त्यसमा पनि इलामका त कृषक नै आउँदैनन खरेलले भन्नुभयो – यो वर्षपनि झापाका ४ ठाउँमा शिविर गरिसक्यौ ,शिविरमा पनि कृषकको उत्साह जनक सहभागीता छैन ।  कार्यालयले यो वर्ष आयोजना गरेको शिविरमा शान्तिनगरका ८१,धरमपुरका ५४ ,शिवसतासीका ६५ र शरणामतिका ७८ जना कृषकले मात्रै माटो परीक्षण गराएका छन् । चेतना अभावका कारण माटो परीक्षणका लागि कृषक प्रयोगशाला नआउँदा हामी फुर्सदिला भएका छौं खरेलले भन्नुभयो । माटो परीक्षण नगरी अन्धाधुन्ध रसायनिक मल र विषदिको प्रयोगले माटो विग्रन्छ र मर्छ भन्नेकुरा कृषकले थाहा नपाएको खरेलले बताउनुभयो ।

             
माटो विग्रनुमा प्रमुख कारण रासायनिक मल र विषादिको अत्यधिक प्रयोग नै हो – नेपाल सरकार कृषि विकास मन्त्रमलय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालय सुरुङ्गाका प्रमुख हरिवहादुर भूजेलले भन्नुभयो । उहाँका अनुसार झापा र इलाममा माटोमा पाइने पिएच घट्दै गएको छ भने क्षारीयपन बढ्दै गएको छ । वालीलाई चाहिने  आवश्यक तत्व दिन प्रतिदिन माटोमा मर्दै गएका कारण यहाँको माटोमा क्षारीयपन बढ्दै गएको छ उहाँले भन्नुभयो । कृषकले खेतमा हाल्नुपर्ने गोबर गुइँठा बनाएर बाल्ने र खेतमा खरानी हाल्ने प्रवृत्ति बढेकाले पनि माटो बिगारेको छ उहाँले भन्नुभयो ।  तत्काल बढी उत्पादन लिने लोभले कृषक वर्षेनी रासायनिक मल र विषादि अत्यधिक प्रयोग गर्दा आएका छन् जसका कारण माटोका प्रमुख खाद्य तत्वहरूमा नकारात्मक असर पार्छ र माटो मर्छ उहाँले थप्नुभयो – प्राङ्गारिक स्रोत घट्नु र अम्लीयपन बढ्नुको कारण पनि माटो विग्रदै गइरहेको छ ।
भूजेलले माटोलाई मर्न नदिन र उत्पादन बढाउन रासायनिक मलको प्रयोग घटाउने ,प्राङ्गारिक मलको प्रयोग बढाउने,पिसाब मल,गड्यौला मल,फोहोर व्यवस्थापनबाट घरमै तयार हुनसक्ने कम्पोष्ट मल उत्पादन गर्ने,मलखाद र खेतबारीमा स्याउलाको प्रयोग बढाउने,भकारो व्यवस्थित गर्ने,नियमित रूपमा माटोको परीक्षण र परामर्श लिने काम गर्न कृषकलाई आग्रह गर्नुभएको छ । – रासस

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।