Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, January 3, 2016

महामन्त्रीद्वयकै निर्वाचन क्षेत्रमा ‘माध्यमिक विद्यालय’ छैन


सुरुङ्गा(झापा) २० पुस ।   घेरावारी र पाठामारी झापाको क्षेत्र नम्वर ३ मा पर्ने गाविस हुन् । भारतसंग सिमाना जोडिएका यि गाविस नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनको  निर्वाचन क्षेत्र भित्रै पर्छन् ।
     उप प्रधान तथा गृहमन्त्रीको जिम्वेवारीसमेत वहन गरिसक्नु भएका  सिटौला दोस्रो संविधान सभाको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो ।  लिङ्देन पनि यही निर्वाचन क्षेत्रमा सिटौलासंग पराजित हुनुभयो ।  तर, सिटौला निर्वाचित भएकै क्षेत्रमा पर्ने घेरावारी र पाठामारीमा अहिलेसम्म पनि माध्यमिक विद्यालय सञ्चालनमा आउन सकेको छैन । जसका कारण यहाँका धेरै वालवालिका निम्न माध्यमिकसम्मको अध्ययन पुरा गरिसकेपछि पढाई छाड्न बाध्य छन् ।

 आदिवासी जनजाति समुदायको  वाहुल्यता रहेको यि गाविसमा रहेका केही वालवालिका निम्न माध्यमिकसम्मको पढाई पुरा गरेपछि छिमेकी गाविसमा रहेका विद्यालयमा पढ्न जाने गरेका छन् भने कोहीले बीचैमा पढाई छाड्ने गरेका छन् । केही टाठा वाठाका छोराछोरी भने नजिकै खुलेका निजी विद्यालय अनि केही भारत रहेका विद्यालयसम्म अध्ययनका लागि जाने गरेका छन् ।  विकासका दृष्टिकोणले समेतपछि परेका यि गाविसका वालवालिका आफ्नै ठाउँमा मावि र उच्च मावि नहुँदा साइकलमा एक घण्टासम्मको बाटो धाएर छिमेकी गाविसमा रहेका  विद्यालयमा अध्ययनका लागि जाने गरेको बताउनुहुन्छ घेरावारी निवासी लक्ष्मीनारायण यादव ।
पथरीया स्रोत केन्द्र अन्र्तगत पर्ने घेरावारीमा एउटामात्र निम्न माध्यमिक विद्यालय र चारवटा प्राथमिक विद्यालय छन् । घेरावारीको पथरियामा वुद्ध निवावि रहेको छ भने वाँकी चारवटा लक्ष्मी, शहिद गंगालाल , नवदुर्गा र वसन्त प्रावि  छन् । त्यस्तै पृथ्वीनगर स्रोत केन्द्र अन्र्तगत पर्ने पाठामारीमा पनि एक निमावि र चारवटा प्रावि छन् । जानकी निमावि हो भने पशुपति, श्री , वुद्ध र देवी पनि प्राथमिक विद्यालय हुन् । यिनै विद्यालयमा अध्ययनरत केही वालवालिका निम्न माध्यमिक तहको अध्ययन पुरा गरेपछि केहीले विद्यालय छड्छन् त केहीले  एक घण्टासम्म साइकलमा धाएर राजगढ तथा वगानमा रहेका माध्यमिक विद्यालयमा अध्ययनका लागि जाने गरेका छन्  स्थानीयवासी माधव खनालले भन्नुभयो ।
जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टका अनुसार चालू  आर्थिक वर्ष २०७२÷०७३ मा घेरावारीमा रहेका वुद्ध निमाविमा १६८,लक्ष्मी प्राविमा ११०, शहिद गंगालालमा १३९ , नवदुर्गामा ६५ र वसन्त प्राविमा १२९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस्तै पाठामारीमा रहेका पशुपति प्राविमा १३६, श्रीप्राविमा १२९, वुद्ध प्राविमा १०८ देवी प्राविमा ३५ र जानकी निमावीमा २०७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।