Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, January 30, 2016

युवती लिएर होटलमा सुत्न गएका पाठकको रहस्यमय मृत्यु


सुरुङ्गा (झापा) १७ माघ । झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा आज एक व्यक्ति मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा – ५ निवासी ५० वर्षीय मनुरथ पठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् ।
हिजो साँझ एक युवतीसहित होटलमा वास बस्न पुगेका उनी विहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्यु के कारणले भयो सो भने खुल्ल नसकेको र उनीसंग होटलमा वास बस्न गएकी युवतीसमेत फरार भएकाले मृत्युको कारणवारे अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताउनुभयो ।


उनी वसेको कोठामा रोयलस्ट्याक(मादक पदार्थ)को बोलत मात्र फेला परेको प्रहरीले जनाएको छ । पाठकसंग उक्त होटलमा बसेकी युवती फरार रहेकाले घटना शंकास्पद छ – डीएसपी खत्रीले भन्नुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।