Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, January 3, 2016

झापामा आलू उत्पालनमा वृद्धि


सुरुङ्गा (झापा) २० पुस । यस वर्ष झापामा आलूको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार गत बर्षको तुलनामा यस वर्ष शून्य दशमलब दुई प्रतिशतले आलूको उत्पादनामा वृद्धि भएको हो ।
 झापामा गत आर्थिक वर्ष २०७१ र ०७२ मा ४४ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको आलू उत्पादन भएको बताइएको छ । खेतीयोग्य जमिन मध्ये झापामा  १४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा गतवर्ष आलू खेती गरिएको र  २ लाख २१ हजार २५० मेट्रिक टन आलू उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका सूचना अधिकारी शितल भट्टराईले जानकारी दिनुभयो ।
यस वर्ष झापामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलू खेती गरिएको  कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष आलू उत्पादनको क्षेत्रफल घटेपनि उत्पादकत्वमा भने कमी नआउने सूचना अधिकारी भट्टराईको भनाई छ । क्रव कटिङको आधारलाई हेर्दा  आलू उत्पादनमा वृद्धि भएको देखिएकाले यस वर्ष आलूको उत्पादन अनुमान गरेभन्दा बढी हुन्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो । आलू खेतीका लागि झापालाई आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले तोपगाछी र शान्तिनगरका कृषकलाई आलूको बीऊ अनुदान दिएको कार्यालयले जनाएको छ । उन्नत जातको आलूको बीऊ कृषकलाई  अनुदान वितरण गरेको र यस वर्ष हुस्सेका कारण आलू नमरेकाले पनि झापामा आलूको उत्पादन बढ्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो ।
झापामा कुफे्र ज्योति, कुफे्र सिन्दुली, टीपीएस, पीपीएस , जनकदेब तथा लोकल जातका आलू खेती हुने गरेको छ । झापाका महारानी झोडा, लखनपुर, शनिअर्जुन नगरपालिका, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा बढी आलू खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलू खेतीतर्फ कृषकको आलू खेतीमा आकर्षण बढेको छ – जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनथ तिमल्सिनाले भन्नुभयो ।
झापामा उत्पादित आलू  भण्डारणमा समस्याका कारण लामो समय नरहने हुदाँ यहाँ आलूको माग उच्च छ । मेची अञ्चलको इलाम, पाँचथर लगायतका जिल्लाबाट आलू आउने हुदाँ झापामा भारतबाट आएको आलू  कमै खपत हुने गरेको बताइएको छ । सरकारले यहाँका कृषकलाई आलूमा आत्म निर्भर बनाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपनि झापा अझैं आलू उत्पादनमा आत्म निर्भर बन्न सकेको छैन । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।