Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, January 3, 2016

उच्च शिक्षा सुधार परियोजनाका लागि मेची अञ्चलबाट दुई वटा क्याम्पस छानिए


सुरुङ्गा(झापा) २० पुस । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमखी क्याम्पस सुरुङ्गा र  दमक वहुमुखी क्याम्पस छनौट भएका छन् ।
 विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको उक्त परियोजनाका लागि आयोगद्वारा गठित सुधार व्यवस्थापन समितिको निर्णय अनुसार यि दुई क्याम्पस छनौट भएको आयोगले जनाएको छ ।
कार्यसम्पादन तथा सूत्रमा आधारित अनुदानका लागि गएको साउन १९ गतेदेखि भदौ २२ गतेसम्म देशभरका सामुदायिक क्याम्पसबाट आवेदन दिन आह्वान भएकोमा १ सय २० बढी क्याम्पसले आवेदन दिएका थिए । जसमा मेची अञ्चलका दुई वटा क्याम्पस सहित देशभरका  ४५ वटा क्याम्पसहरु राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट र १५ वटा क्याम्पसहरु क्षेत्रीयस्तरको प्रतिस्पर्धाबाट छानिएका कनकाई क्याम्पस युजीसी प्रोग्राम स्याट कोअर्डिनेटर विकासप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।  मेची अञ्चलबाट कनकाई र दमक बहुमुखी क्याम्पस राष्ट्रियस्तरबाट छानिएका हुन्् उहाँले भन्नुभयो ।

त्यस्तै कोशी अञ्चलमा राष्ट्रियस्तरबाट सुकुना बहुमुखी क्याम्पस, उर्लाबारी क्याम्पस र जनता क्याम्पस इटहरी तथा क्षेत्रीयस्तरबाट बरुण बहुमुखी क्याम्पस संखुवासभा, म्याङलुङ क्याम्पस ते¥हथुम र पथरी बहुमुखी क्याम्पस छनौट भएका छन् ।
यो परियोजनाका लागि विश्व वैंकबाट नेपाललाई ६५ मिलियन अमेरिकी डलर (लगभग ६ अरब ५० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग सहुलियत दरको ऋण स्वरुप उपलब्ध हुन्छ उप्रेतीले भन्नुभयो  ।  उच्च शिक्षामा प्रणालीगत÷संस्थागत सुधार; उच्च शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा अभिबृद्धि; गरिब तथा पिछडिएका विद्यार्थीहरुको उच्च शिक्षामा समतामूलक पहुँचका लागि वित्तीय सहायताको व्यवस्था; एवं अनुसन्धान, प्रवत्र्तन तथा प्राज्ञिक उत्कृष्टताको विकास गर्नु सन् २०२० सम्म रहने यस परियोजनाको मुख्य उद्देश्यहरु रहेका छन् ।
परियोजना लागू भएपछि क्याम्पसमा सुधार कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट प्राज्ञिक संस्थाको रुपमा क्याम्पसलाई विकास गर्न सकिने कनकाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताउनुभयो  । परियोजना अन्तर्गत गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्रणालीको स्थापना, परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक क्यालेण्डर तयार गरी सो को प्रभावकारी कार्यान्वयन;  प्राज्ञिक उत्कृष्टताका लागि अनुसन्धान, विकास र प्रवत्र्तनमा सहयोग हुने कार्यक्रम सञ्चालन गरिने कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकबहादुर कार्कीले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।