Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, November 29, 2017

गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन – थेवे


एकनाथ पोखरेलको राजनीतिक प्ररणाबाट ०४१ सालदेखि नेपाली कंग्रेसको पार्टी  राजनीति सुरु गरेका देउमान थेवे (देउकुमार) अहिले नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नम्बर–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । पार्टीको आठौँ महाधिवेशनमा क्षेत्रीय सदस्यमा निर्वाचित भएका उनी ०४९ सालमा कुमरखोद गाविसको अध्यक्षमा (५ वडाध्यक्षसहित) निर्वाचित भए ।

०५४ सालमा (८ वडाध्यक्षसहित) दोस्रोपटक कुमरखोद गाविस अध्यक्ष बनेका उनले त्यहीबेला बागी उम्मेदवारको सामनासमेत गरे । नवौँ महाधिवेशनबाट क्षेत्रीय सभापति र पार्टीको जिल्ला सदस्य बनेका थेवेले १२औँ महाधिवेशनपछि झापा कांग्रेसको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाले । पार्टीभित्र विकासप्रेमी, निडर र स्पष्टवक्ताका रुपमा छवि बनाएका उनले विभिन्न भातृसंस्थाको प्रमुख भएर कार्य गरेका छन्् । १३औँ महाधिवेशनमा महासमिति सदस्य बनेका उनी पार्टीको साह्रोगाह्रो पन्छाउने नेताका रुपमा झापामा चिनिन्छन् ।
०४६ सालमा जनपक्षीय उम्मेदवार बनेर उपप्रधानपञ्चमा चुनाव लडे, कुमरखोदमा । जुनबेला उनले ४३ मतले पराजित हुनुप¥यो । उनीसंग पराजीत हुँदाको समेत अनुभव छ ।  सोही वर्ष नेपाली कांग्रेस कुमरखोदको गाउँ उपसभापति उनी बनेका थिए  ।
आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका थेवे ‘रिक्स’ लिएर काम गर्ने नेताका रुपमा स्थापित छन् । जिल्लामा देखापर्ने विभिन्न खाले समस्यामा जुधेर काम गर्ने स्वभावले थेवेलाई कुशल वार्ताकारका रुपमा चिनाएको छ । जनपक्षीय एजेन्डामा सफलता हात पार्ने कौशल भएका थेवे ताप्लेजुङको आम्बेगुदिनमा २०२१ साल मंसीर २९ गते जन्मिएका हुन् । राजनीतिक परिवारमा हुर्किएका उनी जन्मथलो छोडेर झापा कुमरखोदलाई कर्मथलो बनाउदै ०३९ सालमा मधेश झरेका हुन् ।  कृतिमान र दधिमायाका छोरा देउमानको प्रारम्भिक शिक्षा आम्बेगुदिनको ओखरबोटे प्राविबाट सुरु भएको थियो । एसएलसी सम्मको मात्र अध्ययन गरेका उनले  भानु माविमा केही वर्ष अध्ययन गरे र सिनाम माविबाट एसएलसी दिए । ०३६ सालमा एसएलसी दिएका उनी सोही समय पक्राउ परे । नेविसंघको राजनीतिमा सक्रिय उनी चर्चित सिनाम काण्डपछि यातना पाएका व्यक्ति हुन् ।
 मंसीर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वानमा झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको उम्मेदवार रहेका उनी यतिबेला मतदातालाई घरघरमा पुगेर भेटिरहेका छन् । आदिबासी जनजाती समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उनले आफ्नो उम्मेदवारीको औचित्य, लक्ष्य र चुनावी एजेन्डाको बारेमा धेरै मतदातालाई बुझाउन भ्याइसकेका छन् ।  जनप्रिय नेताका रुपमा उनी त्यस ठाउमा मात्र होइन जिल्ला भर परिचित छन् ।
विकासप्रेमी नेताका रुपमा समेत परिचित थेवे कुमरखोदको गाविसको अध्यक्ष हुँदा त्यहाँ हेल्थपोष्ट भवन बनाए, विश्व बैंकको पैसाबाट । झापामा सबैभन्दा पहिलो भीएचएफ टेलिफोन भित्र्याउने उनै थेवे हुन् । ०४९ सालमा टेलिफोन लिएर झापा बजार पुग्दा सवै सब्जी बजार नै खाली भएको थियो, टेलिफोन हेर्न सबै भेला भएका थिए । सुरुंगा–झापा सडकको रेखांकन मात्रै थियो । आफैं समितिको संयोजक भएर काम सम्पन्न गराए ।  सुरुङ्गा–झापा सडकलाई दानाबारी हुँदै इलाम–कन्चनजंघा सडकमा परिणत गरेर हरेक साल बजेट छुट्याउने काम उनैले गरे ।
दुधे–महाभारा–कोरोबारी–बघाहाचौधरी सडक , दक्षिणतिरबाट पिच गरेर उनकै पहलमा ल्याएको छ । अहिलसम्म खाली उत्तरबाट सडक बनाउने परिपाटी थियो । त्यसलाई उनले फेरवदल गरिदिए र  दक्षिणबाट काम सुरु भयो  । उत्तर–दक्षिणका हरेक बाटाहरु थेवेकै अगुवाइमा बनेका छन्, अरुको अगुवाइमा होइन थेवेले  गर्वका साथ भने अझैं म यसक्षेत्रको विकासका लागि निरन्तर लागिरहन्छु । थेवे आफैंले नेपालकै सवैभन्दा लामो पुल कनकाई माइको कुमरखोद–महाभारालाई जोड्ने हुलाकीमार्गको पुल शिल्यान्यास गर्न भ्याए ।  ७२४ मिटरको उक्त पुल उनले शिल्यन्यास गरेपछि अहिले सो पुल निर्माणधीन अवस्थामा छ ।
पुल शिलान्यास गर्न पाउनु मेरा लागि शौभाग्य हो उनले भने – मलाई त्यहाँ बोलाइयो, म पुग्दा सबैथोक ठिक्क पारेको रहेछ, शिलान्यास गरेँ । त्यसपछि ठेकेदारले निरन्तर एक वर्षसम्म काम ग¥यो, पुरस्कृत नै गर्नुपर्छ जस्तो गरेर । तर, बीचमा ठेकेदारले फेरि धेरै ढिलासुस्ती गरिदियो । हामी यही विषयमा मन्त्रालयसम्म पनि डेलिगेशन गयौँ । र, ठेकेदारले अहिले फेरि काम सुरु गरेको छ । छिटो काम गराउन सकियो भने अबको दुई–अढाई वर्षमा पुल पूरा हुन्छ ।

पुल निर्माणको काम अहिले जमिनमूनिको पूरा भइसकेको छ । माथि पनि केही पिल्लर बनिसके । यो पुल निर्माण सम्पन्न गराउन मेरो दायित्व छ उनले थपे म यो पलको काम सम्पन्न नहुन्जेल निरन्तर लागिरहेको छु । अहिले मसँग प्रतिष्पर्धा गर्ने उम्मेदवारलाई त्यो पुल कहाँनेर पर्छ भनेर सोध्ने हो भने उहाँलाई ठाउँ पनि थाहा छैन ठट्यौली पारामा उनले भने ।
देशको राजनीतिक अवस्थालाई समेत विश्लेषण गर्दै उनले भने हामी जुन परिस्थितिमा हामी छौँ, मुलुक दुई ध्रुवीकरणमा छ । एकातिर वामपन्थी गठबन्धन छ, उनीहरुले संविधान धरापमा पर्ने हुन् कि भन्ने शंका छ । अर्कोतिर लोकतान्त्रिक गठबन्धन छ । तसर्थ कांग्रेसलाई पक्कै मतदाताले भोट दिनुहुनेछ । लोकतन्त्र, प्रजातन्त्र बचाउनका लागि र संविधान संस्थागत गर्नका लागि पनि सबैले लोकतन्त्रको अगुवाई गर्ने पार्टीका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुहुने छ । म यही आग्रह गर्न चाहन्छु ।
आफ्नो रानजीतिक यात्राको स्मरण गर्दै उनले आफू नेपाली कांग्रेसको राजनीतिक धरातलबाटै हुर्किएको बताए । उनले विगत सम्झदै भने – म राजनीतिक परिवारकै सदस्य हुँ । मेरा पिता पनि राजनीति नै गर्नहुन्थ्यो । बुवाले २०१२÷१३ सालदेखि कांग्रेसको राजनीति गर्दै आएको थाहा पाएँ । १७ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको पादुरभाव भएपछि २१ सालदेखि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समितिको सदस्य हुँदै बुवाले ताप्लेजुङमा राजनीतिक भूमिका निर्वाह गर्नुभयो । म त्यही परिवारमा हुर्किएँ । मुलुक बदल्न राजनीति गर्नु पर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ । मैले २०३५÷३६ सालमा विद्यार्थी राजनीति सुरु गरेँ, ताप्लेजुङको सिनाम माविबाट । त्यहाँबाट उत्पादन भएका धेरै विद्यार्थी अहिले राष्ट्रको उपल्लो तहमा पुगेका छन् । मैले पनि त्यही विद्यालयबाट शिक्षा लिएको हुँ । म सानै उमेरदेखि नेविसंघको राजीनितमा सहभागी भएको थिएँ ।
झापा झरेपछि म जुन ठाउँमा बसेँ, यो ठाउँ (कुमरखोद) कुनै समय जिल्लाको सदरमुकामसमेत थियो । यहाँ तराई मुलका बासिन्दाको बसोबास बढी छ । यहाँ विभिन्न जातजाति छन् । यहाँ बस्दा मैले सबै जाति, वर्गको भरपूर सहयोग पाएँ । यहाँ बस्ने मात्र होइन, अरुको खुशीमा रमाउने, आपतमा सघाउने पनि गरेँ । मैले पार्टीको जिम्मेवारी पनि तल्लो तहबाटै निर्वाह गरेको हुँ । एकैपटक माथि आएको होइन म । जिरोबाट राजनीति सुरु गरेको हुँ । २०४९ सालमा मलाई जनताले विश्वास गरेर गाविस अध्यक्ष बनाए । २०५४ मा फेरि दोस्रो पटक गाविस अध्यक्ष भएँ । साह्रै माया र प्रेरणा पाएँ मैले आदिबासी समुदायबाट पनि । मैले झापाको दक्षिणी क्षेत्रका बासिन्दाको औधि माया र प्रेरणा पाएको छु । म निरन्तर उहाँहरुका लागि काम गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभरका सबै जातजाति, वर्गबाट धेरै माया र स्नेह पाएको छु । लोकतन्त्रलाई विश्वास गर्ने मतदाता धेरै हुनुहुन्छ । नेपाली कांग्रेस पुरानो पार्टी हो । कांग्रेसको संघर्ष उहाँहरुले राम्ररी बुझ्नुभएको छ । चुनावी माहोल एकदमै राम्रो छ । मलाई भोट दिएर मतदाताले जिताउनेमा म पूर्ण विश्वस्त छु उनले भने –
मैले निरन्तर राजनीतिक जीवनयात्रा गरेँ, गरिरहेको छु । हिजो पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा पनि पार्टी संगठनमा रहेर काम गरेँ । ४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि म पार्टी संगठनको तल्लो तहबाट संघर्ष गर्दै यो तहसम्म आइपगेको छु । विकास निर्माणकै कुरा गर्ने हो भने म २÷२ पटक गाविस अध्यक्ष भएर कमसेकम विकास निर्माणको पद्धति, प्रक्रियााई राम्ररी बुझेको छु । म निरन्तर जनताका माझमा छु । चाहे बाढी, पहिरो जाँदा होस्, चाहे आपत्–विपद् पर्दा । जन्ती, मलामीमा होस् या ओल्लो घर, पल्लो घरमा पूजापाठ हँुदा किन नहोस्, म जहाँ पनि पुगेकै छु । अहिले उम्मेदवार हुँदा मात्रै म घर–घरमा पुगेको होइन । मैले त जनताको सुख, दुःखमा साथ दिएको छु । अर्को कुरा– मैले निर्वाचनमा खर्च पनि गर्नु परेको छैन । स्वतस्फूर्त रुपमा यहाँका जनता र पार्टीका कार्यकर्ताले आफ्नै गोजीबाट २÷४ रुपैयाँ निकालेर सहयोग गरेर मलाई चुनावमा सघाउँदै हुनुहुन्छ । मलाई त्यतिसम्म सजिलो छ । अरुले चुनावमा धेरै खर्च हुन्छ भन्छन् तर, मैले त्यो खर्चको अनुभूति गर्नै पाएको छैन । मेरा शुभचिन्तकलाई राम्ररी थाहा छ, यो मान्छेले निरन्तर हामीसँग बसेर काम गरेको छ भन्ने कुरा साँच्चै मैले हरेक सुख, दुःखमा जनतालाई साथ दिएको छु, विकास निर्माणका काम गरेको छु । यही नै हो मेरो चुनाव जित्ने आधार र म तीन देखि ५ हजार बढी मतका साथ मेरा प्रतिष्पर्धीलाई जित्छुपनि ।

झण्डै १६ हजार मतले तपाइका प्रतिष्पर्धी अगाडि छन्नि भन्ने प्रश्नमा उनले भने –उहाँहरु स्थानीय तहको मतपरिणामलाई विश्लेषण गरेर खुशीयाली मनाउँदै हुनुहुन्छ । यसरी गणितीय हिसाबले हेर्ने हो भने त पहिलो संविधानसभाको निर्वाचनमा जसरी माओवादीले देशभर जित्यो, दोस्रो संविधानसभा निर्वाचनमा अरु दलले उम्मेदवारी नदिँदा पनि हन्थ्यो नि त ! तर, माओवादीले पहिलो संविधानसभा निर्वाचनमा जसरी देशभर जित्यो, ४ वर्ष नजित्दै परिणाम उल्टियो । त्यसैले म भन्छु– गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन । मैले अघिपनि भनेनि म ३ देखि ५ हजार मतले जित्छु, यो मेरो दाबी हो र जितेर देखाउछुपनि ।

Friday, September 8, 2017

माओवादी केन्द्रका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै





सुरुङ्गा(झापा) २४ भदौ ।  नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तुलसीप्रसाद ओलीसहित १३ जना  नेता तथा कार्यकर्चाले पार्टी परित्याग गरेका छन् ।
 पार्टी विधान विपरित सञ्चालन भएको भन्दै ओलीसहित १३ जना  ले पार्टी परित्याग गरेका हुन् । उनीहरुले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।
पार्टी परित्याग गर्नेहरुमा साविक हल्दिवारी १ का अध्यक्ष जीवन तामाङ, २ का अध्यक्ष भैरव राजवंशी, २ का चुनाव परिचालन आर्थिक संयोजक शेरवहादुर श्रेष्ठ, ३ का भीमवहादुर घिमिरे, ४ का विजय राजवंशी, ४ कै उपाध्यक्ष खड्गवहादुर तामाङ,६ का सचिव रामवहादुर श्रेष्ठ, ८ का अध्यक्ष तेजवहादुर खतिवडा रहनु भएको छ ।
 त्यस्तै साविक हल्दिवारी २ का अखिल नेपाल महिला संघ क्रान्तिकारी सचिव अमिना राजवंशी, साविक हल्दिवारी ९ का अध्यक्ष जगदीश साह, पूर्व हल्दिवारी कोषाध्यक्ष धनवहादुर विष्ट र हल्दिवारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष डिल्ली परियारले पनि पार्टी परित्याग गर्नुभएको छ । 

Monday, January 16, 2017

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट राससकर्मी भण्डारी पुरस्कृत


यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।

स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी आज पुरस्कृत हुनुभएको हो  । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र  प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ  झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका  यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले  शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।

Monday, June 6, 2016

सवा दुईलाख पर्यटक आउँदा साढे सत्तरीलाख संकलन



झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष २ लाख ३५ हजार ३ सय आन्तरिक तथा वाह्रय पर्यटकले अबलोकन गरेका छन् ।

यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष

२ लाख २१ हजार ३ सय ८८ जना पर्यटकले मात्रै सिमसार क्षेत्रको अवलोकन गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अमर चौहानले बताउनुभयो । चालू आर्थिक वर्ष २०७२÷०७३ को साउनदेखि वैशाखसम्म सिमसार क्षेत्र आएका पर्यटकका कारण रु ७० लाख ५९ हजार रुपैयाँ आर्थिक संकलन भएको कार्यालय सचिव चौहानले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष सो समयमा ४७ लाख ४७ हजार ७ सय ६० रुपैयाँ मात्रै आर्थिक संकलन भएको थियो ।
असुरक्षित बन्य जन्तुलाई संरक्षण गरेर राखिएको र सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै लगिएका कारण यहाँ पर्यटक आवागमनमा वृद्धि भएको हो सामुदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्र २६.५४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जहाँ दुर्लव बन्य जन्तु(अजिङ्गर,गिद्ध,वन हुचिल, चितल,मृग,भालू,दुम्सी, कछुवा, चरी वाघ, पानीऔत लगायत २२ प्रजाति) संरक्षण गरिएर राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा नौका विहार, वाल उद्यान, मृगस्थली, झोलुङ्गे पुल, आर्कषक वनभोजस्थल भएका कारण पनि यहाँ पर्यटकको संख्यामा वृद्धि भएको समूहका अध्यक्ष गिरीले बताउनुभयो ।
जामुनखाडी सामुदायिक वन ४३४ हेक्टर क्षेत्रफलमा फैंलिएको छ । जसलाई समूहले ५ वटा व्लकमा विभाजन गरेको र १ नम्वर ब्लकमा सिमसार क्षेत्र रहेको बताइएको छ । पछिल्लो समय जामुनखाडी सिमसार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय स्थालका रुपमा विकास हुँदै गएको छ ।

Monday, February 1, 2016

युवा संघ झापाको अध्यक्षमा सापकोटा निर्वाचित


सुरुङ्गा (झापा) १८ माघ । युवा संघ झापाको अध्यक्षमा त्रिलोचन सापकोटा निर्वाचित हुनुभएको छ ।
 अध्यक्षका प्रत्यासी धरणीधर पोखरेललाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतवार राति सम्पन्न मत गणना अनुसार सापकोटाले १५४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रत्यासी पोखरेलले १३३ मत प्राप्त गर्नुभएको थियो ।

Wednesday, January 27, 2016

हिंसा पीडित माहिलाको खुशी फर्काउदै सम्मुन्नत

सुरुङ्गा (झापा) १४ माघ । ‘पटक पटक मर्न  प्रयास गरे तर छोरा छोरीको मायाले मलाई मर्न दिएन’ मोरङको लक्ष्मीमार्ग निवासी २७ वर्षीय कौशिला मल्लले भन्नुभयो–‘ काल नआई मरिदो रहेनछ । १३ वर्षको उमेरमा नेपाल आर्मीका जवान टीकाराम रिजालसंग मेरो विवाह भएको थियो विगत सम्झदैं उहाँले भन्नुभयो – अहिले सम्झन्छु विवाह भएको दिन नै मेरा लागि काल बनेर आएको रहेछ ।

‘विवाह भएको एक डेढ महिनापछिबाटै मेरो खुशी खोसिन शुरु भयो’ श्रीमानले विवाहपछि मलाई काठमाडौं ल्याउनुभयो अनि दुईवटा छोरा छोरी जन्मिएपछि उहाँले मलाई लक्ष्मीमार्गस्थित घरमा छाडेर विदेश जानुभयो मल्लले भन्नुभयो – उहाँ यहाँ हुँदा पनि मलाई नकुटेको दिन हुँदैन थियो, श्रीमान  विदेश गएपछिको त  उहाँका केही कुरापनि सम्झन मन लाग्दैन । जाजरकोट माइतीघर भएकी मल्लले आफ्नो विगत सुनाउदै भन्नुभयो – दिनहुँको सासुको करकर,छोरा छोरी सानै , भएभरको काम मैले नि गर्नुपथ्र्यो नावालक छोरा छोरी काखी च्यापेर भएपनि साराकाम मनै गर्थे खानको त के कुरा  टुसुक्क बस्न पनि पाउँदिन थिए ।
म कान्छी श्रीमती रहेछु मल्लले भन्नुभयो–मेरा श्रीमानले यसअघि नै दुईवटा विवाह गर्नुभएको रहेछ, कान्छी ल्याएपछि जेठीले डिभोर्स(छोडपत्र) र मलाई ल्याएपछि माइली पनि इजरायल जानुभयो म घरमा रहे । ‘मेरा श्रीमान नेपाल आर्मीको  जागिरेहुँदा उहाँको सुरुवा जहाँ हुन्थ्यो त्यहाँनै उहाँले विवाह गर्नुहुँदो रहेछ’ मल्लले भन्नुभयो –  विवाहपछि सबैलाई घरमा ल्याउदै राख्तै गर्ने उहाँको वानी रहेछ । घरमा हुँदा  मैले कोहीसंग बोल्नु हुँदैन थियो,  छिमेकीको त के कुरा नजिकै श्रीमानको मावली घर  थियो ।  उहाँका मामाका छोराले मलाई कहिले भाउजु त कहिले आमा भनेर बोलाउदासम्म त ऊसैसंग सल्किस भन्दै मलाई  दिनहुँ कुट्दै श्रीमानलाई विदेशमा सासुले पोल लगाउनुहुँदो रहेछ मल्लले भन्नुभयो ।
मसंग मेरी वहिनीपनि बस्ती , ऊ  अझैंपनि नावालकै छ नावालक वहिनीलाई त्यही मामाका छोराले म नभएका बेला जवरजस्ती करणी गरेछ मल्लले गहभरि आँशुपार्दै  भन्नुभयो–उसले मलाई कहिले भाउजु भन्थ्यो त कहिले आमा, मलाई शुरुमा त पत्याउनै गाह्रो भयो । ‘नपत्याउपनि कसरी आखिर उसले मेरी वहिनीलाई एक्लै पारेर सर्वस्व लुटेछ’ मल्लले भन्नुभयो – वहिनीको  प्रतिवाद गर्दा मेरै घरपरिवार र विदेशमा भएका श्रीमानको आडमा उसले मलाई पनि छाडेन, आमा भन्दै मेरो घर  आएको उसले चक्कु देखाएर मेरो पनि अस्मिता लुट्यो ।
झापाको बिर्तामोडमा रहेको समुन्नत नेपालको कार्यालयको क्यान्टिनमा भेटिनुभएकी उहाँले आफन्तबाटै दिदी वहिनीको अस्मिता लुटिएपछि आफूहरु विभिन्न संघ संस्था र प्रहरीको शरणमा पुगेपनि समाजको रोहभरमा मलाई त्यही मामाको छोरा भनाउदोसंग जिम्मा लगाए । ‘सामाजिक निर्णय अनुरुप मलाई जवरजस्ती नावालक छोरा ÷  छोरीसंग छुटाउदै उसकै घर पठाइयो ’ रुँदै कौशिलाले भन्नुभयो – सोही रात मर्न खोजे तर छोरा छोरीको मायाले मलाई बचायो ।  ‘म मर्न हिडेकी थिए ’कौशिलाले भन्नुभयो – यो मर्ने रहेछ भनेर मलाई हतार हतार विहान माइती पु¥याईदिन्छु भन्दै उसैले वेलवारीबाट जाँजरकोट जाउँ भन्दै वहिनी र मलाई जवरजस्ती काँकरभिट्टा ल्याएर एक होटलमा बन्धक बनाइयो  ।  एकाएक हामीलाई त्यही छाडेर ऊ त्यहाँवाट  भाग्यो । ‘अस्ती बैशाखको घटना हो यो एक वर्ष भएछ ’ कति चाँडै दिन बित्तो रहेछ यहाँ आएको पनि ।’ एकाएक हसिली हुँदै कौशिलाले भन्नुभयो – हिजो जस्तो लाग्छ यहाँ आएको अबत कर्म घर मेरो नै यही हो धन्य प्रभू हामीलाई नयाँ जन्म दिनुभयो ।
महिला हिंसाबाट पीडित उहाँ त एक मात्र पात्र हुनुहुन्छ । उहाँजस्तै घरेलु हिंसाबाट पीडित बन्नुभएको विराटनगर  निवासी ३९ वर्षीय कुमारी बरालको पनि व्यथा मल्लको भन्दा कम छैन । झापाको शनिअर्जुन नगरपालिका माइती घर भएकी उहाँलाई पनि माइतबाट दाइजो नल्याएको भन्दै उहाँका श्रीमानले शारीरिक र मानसिक यातना नदिएको दिन नै हुँदैन थियो । माइतबाट केही दाइजो नल्याएको भन्दै तीन दिनसम्म कोठामा थुनेर  श्रीमानले  कुटेको घाउ उहाँमा अझैंपनि आलै छ । ‘सुत्केरी नै थिए एकदिन श्रीमानले कुरै कुरामा दाइजो नल्याउने यो पाखेकी छोरी हो भन्दै भक्कु कुटे’ प्रतिवाद गर्नसक्ने मेरो अवस्तै थिएन वरालले भन्नुभयो – त्यसपछि तीन दिनसम्म भोकै भोकै राखेर  कोठा थुनेर कुटेपछि म राति एक बजे भागेर मर्न हिडेकी थिए ।
सम्मुन्नत नेपालले नै सञ्चालन गरेको जलकन्या   कृषि  सहकारी संस्थाको पासवुक  मिलाउदै गर्दा भटिनुएकी उहाँले भन्नुभयो – विराटनगरको सिङ्गिया खोलामा हाम फाल्न हिडेकी थिए खोलामा हाम फाल्न लाग्दा छोरो सम्झिएछु र घर फर्किएर गए ।
शनिश्चरेस्थित एक घरमा डेरा वस्तै आउनुभएकी उहाँको अहिले एक छोरा रहेका छन् ।  छोरालाई उहाँले अहिले शनिश्चरेमा रहेको एक वोर्डिङ स्कूलमा पढाइरहनुभएको छ । उहाँको छोरा अहिले कक्षा ३ मा अध्ययनरत रहेका छन् ।   ८ वर्ष अघि श्रीमानको यातना सहन नसकेर उहाँपनि समुन्नत नेपालको कार्यालयमा आउनुभएको थियो । उहाँ अहिले सोही संस्थामा सहकारी तर्फको कार्यभार सम्हाल्दै आउनुभएको छ । सहकारीले दिएको तलवबाट आफ्नो दैनिकी चलाइरहेकी छु उहाँले भन्नुभयो ।
माइतबाट पैसा नल्याएको निहुँमा श्रीमानको कुटाईखाने अर्की महिला हुनुहुन्छ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाकी दुर्गा खनाल । ६ वर्ष अघि दाहालसंग विवाह बन्धनमा वाँधिनुभएकी उहाँमा पनि विवाहभएपछि श्रीमानसंग रहदा ओठमा मुस्कान कुनै दिन आउन सकेन । दुलन फर्काएर ल्याएपछि मलाई माइतबाट दाइजो नल्याएको ,तसंग विवाह गर्दा मलाई पैसा दिन्छु भनेको थियो भन्दै श्रीमानले सधै रक्सी खाएर आएर कुट्नुहुन्थ्यो खनालले भन्नुभयो । ‘शुरु शुरुमा त कुटाई सहेर बसे’बस्नै नसक्ने अवस्था आएपछि एक दिन मर्न भनेर कोठामा झुण्डिन ठिक्क परेकी थिए छिमेकी दाईले थाहा पाएर ढोका फोरेर मलाई बचाउनुभयो गहभरि आँशुपार्दै उहाँले भन्नुभयो–दाइले त्यो दिन मलाई नवचाईदिएको भए म यहाँ हुन्न थिए ।
समुन्नत नेपालमा रहेका मल्ल,वराल र खनालत उदाहरणका पात्र मात्रै हुन् । उक्त संस्थामा  अहिले १७ जना महिला कार्यरत  छन् । संस्थामा रहेका सबैजनालाई उक्त संस्थाले क्षमता अभिवृद्धि तालिमसंगै रोगजारी पनि दिएको छ । त्यहाँ रहेका सबै महिला कुनै न कुनै काममा आवद्ध छन् संस्थाकी सञ्चालक कोपिला बस्नेतले भन्नुभयो ।  हिंसामा परेका महिलालाई कानुनी परामर्शसमेत उक्त संस्थाले नै प्रदान गर्दै आएको छ ।
हिंसामा परेका महिला मध्ये मल्लको जिल्ला अदालत मोरङमा मुद्दा  चलिरहेको छ । उक्त मुद्दाका लागि समुन्नत नेपालले नै पहल  गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो । नावालक छोरा छोरीलाई समेत भेट्न नदिएको र अंश सम्वन्धि श्रीमान विरुद्ध मल्लले जिल्ला अदालत मोरङमा अंश चलन र नावालक छोरा छोरी भेट गर्न पाउँ भन्दै मुद्दा दर्ता गराउनुभएको छ ।  त्यस्तै उहाँका श्रीमानका मामाका छोरा रमेश न्यौपाने विरुद्ध जवरजस्ती करणी मुद्दा चलिरहेको छ ।  न्यौपाने अहिले सुनसरी प्रहरीको हिरासतमा छन् ।
त्यस्तै संस्थाकै पहलमा बरालको पनि अंश चलन मुद्दा कार्यनवयन भइरहेको र खनालको सम्वन्ध विच्छेदको मुद्दा चलिरहेको बस्नेतले बताउनुभयो ।
घरेलु हिंसाका कारण पीडित बनेका तिनै महिला अहिले  सिपमुलक काममा व्यस्त छन् । उनीहरु पुराना कुरा  विर्सदै खुशी खोजिरेका छन् । खुसी फर्काउन समुन्नत नेपालले ठूलो मद्दत गरेको उनीहरुको भनाई छ । सम्मुनत नेपालकको कार्यालयमा नै उनीहरु सिममुलक काम गरिरहेका छन् अहिले । सिपमुलक कामबाट उनीहरुले आर्थिक उपार्जन पनि गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो ।
पीडित महिलामध्ये कोही सिलाई कटिङमा व्यवस्त छन भने कोही क्यान्टिन ,कोही गाइपालन र कोही माला बनाउने काममा तल्लिन छन् । उनीहरुले बनाएको माला,कानका झुम्का,माटाका गुडिया, नेपालको विभिन्न सहर र अष्टे«लिया,अमेरिकासम्म निर्यात हुने गरेको छ । अष्ट्रेलियन नागरिक वेण्डीमोरबाट तालिम लिएका उनीहरुले बनाएको मालाको मुख्य बजार अष्ट्रेलिया र  अमेरिका नै रहेको बताउनुहुन्छ संस्थाकी सञ्चालक कोपिला वस्नेत । उहाँ भन्नुहुन्छ –हिंसामा परेका महिलाको उद्दार तथा कानूनी परार्मश र क्षमता अभिवृद्धिका लागि सञ्चालनमा ल्याइएको यो संस्थामा रहेका महिलाले तयार पारेका सबै सामाग्रीको मुख्य बजार विदेश नै हो ।
विशेष प्रकारको माटो ‘पोलिमरक्ले’ बाट तयार पारिएका विभिन्न सामाग्री ( गहरगहना,माला,कानका झुम्का,गलाको माला,फूल, मूर्ति,कपालमा लगाउने क्लिप, साडीपीन,पोते आदि ) जस्ता सामाग्री उनीहरुले तयार पार्ने गरेको बस्नेतले बताउनुभयो ।  बनाएका सामाग्री मध्ये  मालाको लोकप्रियता बढेको छ बस्नेतले भन्नुभयो ।
घरेलु हिंसा पीडित महिलाहरु न्याय पाउन धेरै ठाउँ धाउँदा समेत उनीहरुले निःशूल्क कानुनी सेवा पाउन सकिरहेका हुँदैनन् त्यसैले हामी यहीबाट कानूनी परामर्श दिन्छौं बस्नेतले भन्नुभयो । समुन्नत नेपालकी अध्यक्ष  बस्नेत कानून व्यवसायी पनि हुनुहुन्छ ।  उहाँले हिंसा पीडित महिलाकै लागि निः शूल्क कानुनी सहायताको व्यवस्था समेत मिलाउनुभएको छ ।  घरेलु हिंसा पीडित महिलाहरुकै लागि कानुनी सेवालाई दिगो बनाउन उहाँकै सक्रियतामा १३ जना महिलाहरुले बनाएको गहना अमेरिका,अष्टे«लिया लगायतका देशमा समेत विक्री हुने गरेको बताइएको छ । – रासस

Thursday, January 21, 2016

संस्कृतिको जर्गेना गर्दै शंकराचार्यपीठ



सुरुङ्गा,झापा ७ माघ ।  बिर्तामोड नगरपालिकाबाट १३ किलोमिटर उत्तरमा पर्ने खुदुनाबारी–१ स्थित साधुटारमा रहेको श्री वेद वेदाङ्ग संस्कृ

त शंकराचार्यपीठ  पछिल्लो समय संस्कृति र सभ्यताको जगेर्ना गर्ने विद्यालय मध्ये अग्रपंत्तीमा रहेको पाइएको छ ।
गुरुकुलीय पद्दतिबाट अध्ययन अध्यापन गराइने उक्त संस्कृत पाठशालमा अहिले एकसय ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । मुष्ठीदानबाट सञ्चालित उक्त पाठशालामा  चार जना शिक्षकले संस्कृत भाषामा शिक्षा दिन्छन् । कक्षा दशसम्म अध्ययन अध्यापन गराईएपनि सरकारी तवरबाट उक्त विद्यालयलाई कुनै सहयोग नभएको  पाठशालाका प्राचार्य छन्दुराम भण्डारीले बताए ।  मेचीदेखि महाकालीसम्मका विद्यार्थी एउटै छानामुनी अध्ययनरत रहेको उक्त पाठशालामा भारतको आसाम र मणिपुरबाट पनि आएका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् ।  संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेको पाठशालाका प्राचार्य भण्डारीले बताए । भण्डारीका अनुसार  २०३३ सालबाट विद्यार्थीलाई संस्कृत शिक्षा दिन सुरु गरिएको यस पाठशालामा अहिले गुरुकुलीय पद्दतिबाट पठनपाठन हुन्छ ।

महारानीगञ्ज माविमा ५७ बर्षपछि जिशिअ पुग्दा...



सुरुङ्गा,झापा ७ माघ ।  चारैतिर पर्खाल । उत्तरतर्फ फर्किएको प्रवेशद्वार । प्रवेशद्वारको दुवैतर्फ लामवद्ध हातमा पुष्पगुच्छा र माला लिएर बसेका मानिस ।  गोल आकारमा केही पर खुल्ला चौरमा मिलाएर राखिएका खाली कुर्सी । हेर्दा लाग्थ्यो त्यस ठाउँमा निक्कै ठूलो कुनै उत्सव वा कुनै विशेष कार्यक्रमको आयोजना भइरहेको छ । 

तर, शनिअर्जुन नगरपालिका–९ स्थित सालवारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयमा देखिएको दृष्य अड्कल गरेभन्दा धेरै फरक थियो । २०१५ सालमा स्थानीय दाताको सहयोगमा निर्माण गरिएको सो विद्यालयमा ५७ वर्षपछि पहिलोपटक जिल्ला शिक्षा अधिकारी पुगेका थिए ।

Wednesday, November 18, 2015

अब बाल्मीकिमा वीवीए र एमवीएपनि


व्यवसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन् । कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त  कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेको हामी देख्न पाउँछौं । गुणस्तरीय शिक्षामा समुन्नत , सभ्य, समाज अनि भावी पिँढीको सुन्दर भविश्य निहित हुन्छ । यति जान्दा जान्दै पनि कोही रोजगारीको खोजीमा विदेश पलायन हुन्छन् त कोही भविश्य खोज्न भन्दै नेपाली युवा विदेशी भूमिमा पुग्ने गरेका छन् । भविश्य खोज्दै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवाले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई कतिले व्यवहारमा उतारेका छन् त कतिले आफूले आर्जन गरेको  ज्ञान र सीपलाई सही सदुपयोग गर्न नजान्दा बेरोजगार भएर भौतारिरहेको हामी प्रशस्त देख्न सक्छौं ।


भविश्यको खोजीमा विदेसिने नेपाली युवा भन्दा नेपालमा नै अध्ययन गर्ने तर राजधानीका महंगा कलेजमा पढेमात्रै गुणस्तरीय शिक्षा पाउन सकिन्छ र उत्कृष्ठ अंक हासिल गर्न सकिन्छ भन्ने भ्रम पालेर राजधानी लगायत विभिन्न ठूला सहरमा रहेका कलेज धाउनेको जमात पनि कम छैन यहा । यही कुरालाई मध्यनजर गर्दै पूर्वकै परिचित वालमीकि एजुकेशन फाउण्डेशन बिर्तामोडले गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मूला नाराका साथ मेची अञ्चलमा नै पहिलो पटक वीवीए (व्याचलर्स  इन विजनेश एड्मिनेष्टे«सन) र एमवीए ( मास्टर इन विजनेश एड्मिनेष्टे«सन)का कक्षा सञ्चालनका लागि वाल्मीकि लिङ्कन कलेज सञ्चालनमा ल्याएको छ ।
कुशल व्यवस्थापक बन्न धेरै युवाले यि विषय अध्ययन गर्ने गरेका छन् । व्यवहारिक अनि  प्रयोगात्मक शिक्षा आर्जन गरेमात्र सफल व्यवस्थापक बन्न सकिन्छ भन्ने विद्यार्थीको सोचलाई आत्मसाथ गर्दै वाल्मीकि लिङ्कन कलेजले यि विषय सञ्चालनका लागि कलेज सञ्चालनमा ल्याएको हो । कुशल व्यवस्थापक विना कुनैपनि व्यवसाय फस्टाउदैन । समाजको जुनसुकै क्षेत्र होस् त्यसको कुसल व्यवस्थापक उसले मात्रै गर्न सक्छ जोसंग व्यवस्थापनको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रयाप्त मात्रामा हुन्छ । कुसल व्यवस्थापक बन्न चाहाने विद्यार्थीका लागि वीवीए र एमवीए उपयुक्त विषय भएकाले लिङ्कन कलेजले पनि यि विषयमा अध्ययन अध्यापन गराई दक्षा विद्यार्थी उत्पादनमा जोड दिएको छ । मेची  वहुमुखी क्याम्पसले २०७० सालदेखि निजी स्तरवाट वीवीएका कक्षा सञ्चालन गरेको छ । विश्व विद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै मेची वहुमुखीक्याम्पसले वीवीएका कक्षा सञ्चालन गरेको छ । सोही अनुरुप लिङ्कन कलेजले पनि विश्वविद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै कक्षा सञ्चालन गर्ने भएको छ ।
 दक्ष तथा अनुभवी शिक्षक, मल्टिमिडियाको माध्ययमद्धारा अध्ययन अध्यापन, प्रर्याप्त खेलमैदान ,प्रयोगात्मक शिक्षाका लागि उचीत व्यवस्थापन वाल्मीकि लिङ्कन कलेजका विषेशता हुन् । वीवीए र एमवीए अध्ययनपछि भविश्य सुनिश्चित छ भन्दै लिङ्कनले यहाँका विद्यार्थीलाई आफ्नै ठाउँमा बसेर पनि  उत्कृष्ठ शिक्षा हासिल गर्दै सुनिश्चित भविश्यका लागि यि विषय सञ्चालनमा ल्याएको हो वाल्मिीकि लिङ्कन कलेजका प्रोग्राम डाइरेक्टर  किशोर वस्नेतले भने । उनले व्यवस्थापनका विद्यार्थीका लागि वीवीए एक आर्कषक शैक्षिक कार्यक्रम भएकालेपनि कलेजले सञ्चालन गरिरहेको वीवीएस कार्यक्रमलाई व्यवस्थित गर्दै प्रयोगमुखी, व्यवहारिक र रोजगारका अवसर सहितको कार्यक्रम आफूहरुले लिएर आएको बताए ।  भविश्य सुनिश्चित भएकाले विद्यार्थीको रोजाई छ यि विषयमा उनले भने –विद्यार्थीको माग बमोजिम विल्मीकिले वीवीए र एमवीएका कक्षा सञ्चालनमा ल्याएको हो । वीवीए  र एमवीए कस्तो कार्यक्रम हो त  वस्नेत भन्छन् –शैद्धान्तिक, व्यवहारिक र प्रज्ञिक ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने कार्यक्रम हो यो ।
व्यवस्थापकीय जिम्वेवारी लिने र नेतृत्व निर्माणमा सधाउने यो व्यवसायलाई अन्य डिग्री प्रोग्राम भन्दा भिन्न रुपमा हेरिएको छ । यसबाट प्राप्त गर्ने विद्यार्थीको आत्म विश्वास पनि यसको मुख्य विशेषता हो । यि विषय अध्ययन गरेका विद्यार्थीले आफूलाई अरुभन्दा फरक रुपमा उभ्याउन सक्छन् भन्छन् वीवीएस पहिलो र दोस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीका लागि उपयोगी पुस्तक  टियु सोलुसनका लेखक तथा प्राध्यापक मोहन ओली । उनी भन्छन् – कुनै वैंक तथा वितीय संस्थामा जागिरका लागि प्रतिस्पर्धा गर्न जानुपरे वीवीए र एमवीए अध्ययन गरेका विद्यार्थी  भनेपछि उनीहरुसंग प्रतिस्पर्धा गर्ने मानिस हुदैनन् भनेहुन्छ  । किनकी उनीहरुमा अरु विषय अध्ययन गरेका विद्यार्थीमा भन्दा व्यवहारिक र शैद्धान्तिक ज्ञान बढी हुन्छ । प्राध्यापक ओलीका अनुसार विद्यार्थीले भोलि करियर सुरु गरेपछि सामना गर्नुपर्ने सारा समस्याका वारेमा विद्यार्थीलाई अभ्यास गराइन्छ । रिपोर्ट राइटिङ,वर्कसप,करियर काउन्सिलिङ जस्ता अतिरिक्त क्रियाकलाव यि विषय अध्ययन गर्दा अनिवार्य भएकाले विभिन्न कर्पोरेट हाउस र फमहरुमा गएर विद्यार्थीले इन्टर्नसिप गर्नुपर्छ त्यही भएर यि विषय अध्ययन गरेका विद्यार्थी आफैंमा दक्ष हुन्छन् प्राध्यापक ओलीले भने ।
मलेसियाको लिङ्कन युनिर्भसिटीबाट सम्वन्धन प्राप्त गरी नेपालमा बसेर अन्तराष्टिय स्तारको शिक्षा प्रदान गर्ने मान्यता राखेर यसै वर्षबाट सञ्चालनमा ल्याइएको छ वाल्मीकि लिङ्कन कलेज ।



नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत स्वीकृत लिएर चलाइएको कोर्षलाई त्रिभूवन विश्व विद्यालयले समेत मान्यता दिएको बताउनुहुन्छ वाल्मीकि लिङ्कन कलेजका प्राध्यापक आनन्द वस्नेत ।

 कलेजले विद्यार्थीलाई अध्ययन गराउदासमेत अन्य विषय भन्दा फरक रुपमा यो विषयलाई अध्ययन गराउने सोच अघिबढाएको बताउछन् प्रोडाम डाइरेक्टर वस्नेत । उनी भन्छन् –नेतृत्वदायी र क्षमतावान जनशक्ति उत्पादनमा देश  तथा विदेशमा अध्यापन गरेका प्राध्यापकहरुद्धारा रचनात्मक विश्लेषण र समस्या समाधानको सीमामा केन्द्रीत रहेर विद्यार्थीलाई सिकाइन्छ । सेमिष्टार प्रणली अन्र्तगत ४ वर्षे कोर्षमा अध्ययन अध्यापन गराउने शिक्षक आफैंमा अन्तराष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका छन् ।  जसले विद्यार्थीलाई कितावी ज्ञानसंगै प्रयोगात्मक , रचनात्मक र समय समयमा गेष्ट लेक्चरकेश ,स्टडिज,सेमिनार , टे«निङ,फिल्ड भिजिट समेत गराएर गुणत्मक शिक्षा दिइन्छ बस्नेतले भने ।
यि विषय अध्ययन गराउँदा सेमिष्टार प्रणली अन्र्तगत ६ ÷६ महिनामा परीक्षा हुने प्रावधान छ । सोही अनुरुप लिङ्कन युनिर्भसिटीका प्रतिनिधि केन्द्राध्यक्षको रुपमा रहेर परीक्षा सञ्चालन गरिन्छ । लिङ्कनमा वीवीएमा एकाउन्ट, फाइनान्स,कम्युनिकेशन, कम्प्युटर लगायतका विषय अध्ययनगराइने भएकाले यि विषय आफैंमा स्तरीय छन् । यि विषय आफैंमा रोजगार मूलक विषय भएकाले यि विषय अध्ययन गरेका विद्यार्थीका लागि रोगजारको बाटो अब्बल छ । रोजगारको बाटो अब्बल भएकै कारण पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ वीवीए र एमवीए प्रोग्राम ।

लिङ्कन युनिर्भसिटीको परिचय

लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । मलेसियाको पेतालिङ जया भन्ने ठाँउमा छ । जुन मेलिसियाको राजधानी क्वालालाम्पुरबाट १० किलोमिटर पश्चिममा अवस्थित छ । यो विश्व विद्यालयले अन्तराष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । जसले विद्यार्थीहरुको सर्वाेपरी विकासको लागि उच्च शिक्षा प्रदान गर्दै आएरहेको छ । यस विश्व विद्यालयका संस्थापकहरु स्वयम शैक्षिक क्षेत्रमा सम्वद्ध रहेका छन् । उनीहरुले विद्यार्थीहरुमा निहीत क्षमता अभिवृद्धि गराउनेदेखि लिएर सोध र खोदका माध्यमबाट विद्यार्थीहरुलाई अत्याधुनिक शिक्षा प्रदान गर्ने हेतुले स्थापना गरिएको छ । विद्यार्थीलाई अध्ययन अध्यापन गरीसकेपछि रोजगार पाउँनका लागि मात्र नभएर स्वयम रोजगार उत्पन्न गरी अरु विद्यार्थीहरुलाई पनि रोजगार बनाउने काममा लागि परेका छन् ।

 वाल्मीकि लिङ्कन कलेजको परिचय


यो कलेज पनि लिङ्कन युनिर्भसिटीकै अवधारणालाई कार्यनवयन गर्दै आफ्नै स्थानीय ठाउँमा सञ्चालनमा आएको छ । लिङ्कन कलेजले उच्च शिक्षाको लागि विद्यार्थीहरु  देश विदेश पलायन भएको अवस्थामा उनीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गरी रोजगार हुने र रोजगार दिलाउने मुख्य अभिप्रायले स्थापना गरिएको कलेज हो ।

 यो कलेज बिर्तामोडको चित परिचित वाल्मीकि एजुकेशन फाउण्डेशनसंगै सञ्चालित छ । विगतका वर्षमा दशैंदेखि विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस फाउण्डेशनले विशेष गरी यस क्षेत्रका हजारौं विद्यार्थीलाई स्वरोजगार बनाइसकेको छ । सोही वाल्मीकि एजुकेशन फाउण्डेशनको हाता भित्रै लिङ्कन कलेजको स्थापना भइरहेको छ । जुन भवन भुकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न तथा व्यवस्थित रहेको छ । यही निर्माणाधीन कलेजमा अध्ययन अध्यापन गराइन्छ वीवीए र एमवीकाका कोर्षहरु ।

यस्ता छन् कलेजका विशेषताहरु
मल्टिमिडिया र ओभरहेड प्रोजेक्टरहरु सहितका कक्षा सञ्चालन ।
प्रर्याप्त खेल मैदान ।
फिल्ड भिजिटसहितका कक्षा सञ्चालन ।
करियर काउन्सिलिङका कक्षाहरु ।
नियमित एक्सेसमेन्ट ।
गेष्ट लेक्चररहरुबाट समय समयमा प्रेजेन्टेसन हुने ।
सेमिनार , केश स्टडिजहरुको व्यवस्था भएको ।
स्वदेश र विदेशमा स्वयम ख्याति प्राप्त र अनुभव बटुलेका लेक्चरहरुबाट अध्ययन अध्यापन गराइने ।

लिङ्कन युनिर्भसिटीसंग सम्वन्धीत नेपालका कलेजहरु 
वाल्मीकि लिङ्कन कलेज बिर्तामोड झापा
फिनिक्स कलेज काठमाडौं
आइआइएमएस काडमाडौं
–  टेक्सास इन्टरनेशनल कलेज काठमाडौं
एनसीएमटी काठमाडौं
यालापिक काठमाडौं
नेपाल विननेश कलेज विराटनगर
वेस्टन मेघा कलेज वुटवल
ग्रिनपिस लिङ्कन कलेज इटहरी
पोखरा लिङ्कन कलेज कास्की
एकाडेमी अफ कुलिनरी आड्स एण्ड हस्पिटालिटी मेनेज्मेन्ट ललितपुर



                                                       ‘वीवीए पढ्दा भविश्य सुनिश्चित’
प्रनिषा श्रेष्ठ
 झापा बुधवारे निवासी  प्रनिषा श्रेष्ठलाई वैंकको मेनेजर बन्ने ठूलो धोको छ । अन्य विषयको अध्ययनले उनलाई आफ्नो सपना पुरा नहोलानन् भन्ने चिन्ताले आफूले यो विषय  रोजेको उनी बताउछिन्  । घरमा नै बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भएपछि वाल्मीकि लिङ्कन कलेज रोजेकी हुँ भन्दै उनले भनिन् – मलाई सानैदेखि वैंकको मेनेजर बन्ने धोको थियो र वीवीए पढ्दा आफ्ना धोका पुरा हुने भएपछि यो विषय पढ्न कलेज जोइन गरे । वुधवारेकै कर्णलाी स्कूलबाट २०६९ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरेकी उनले त्रिभूवन विश्व विद्यालयबाट मान्यता प्राप्त कलेज भएकाले पनि उत्त कलेजमा राम्रो पढाइहुनेमा उनी विश्वस्थ छिन् ।

Monday, September 21, 2015

झापाका ४ वटा चर्चमा बम विष्पोट गराउने तीन जना पक्राउ


सुरुङ्गा (झापा) ५ असोज । गत भदौ २९ गते झापाको सुरुङ्गा सहित दमक,खजुरजाछी र गौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्क मच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर चर्चमा बम विष्पोटन गराउनेहरुमा मोरङको वेलवारीका राम भण्डारी ,बिर्तामोड घर भएका कृष्ण चुडाल र बिर्तामोड निवासी नै रामचन्द्र वानिया  सम्लग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले चर्चमा वम विष्पोट गराएउदै आतंक मच्चाएको बताउनुभयो ।
उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र ब्याप्टिसा मण्डली नामक चर्चमा राखेको बम विष्पोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव प्रहरीहरु भरत कार्की र केदार पौडेल सक्त घाइते भएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यारत डीइसपी प्रज्वल मर्हजनलाई समेत वम विष्पोट हुँदा छर्रा लागेको थियो । डीएसपी मर्हजनको बिर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
चर्चमा राखिएको वम निस्क्रिय ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम  विष्पोट भएको थियो ।
त्यस्तै  झापाको दमक–१३ स्थित ज्योति चर्च र खजुरगाछी स्थित इम्मानुयल चर्चमा पनि उनीहरुले नै  समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ  ।  दमकको चर्चमा उनीहरुले २८ गते राति ११ बजे २ वटा विष्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।
चर्चमा बम विष्पोटन गराउनु अघि उनीहरुले हिन्दु मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अंग्रेजीमा हस्ताक्षर गरिएका दर्जनौ पर्चा छाडेका थिए ।  पर्चामा “देशको अधिकांश भागमा कफ्र्यु लगाउँदै मधेशी, आदिवासी, जनजाति, थारु, मुश्लिम लगायत जातीय, क्षेत्रीय, भाषिक साथै वर्गीय समस्यालाई सम्बोधन नै नगरी सैनिक परिचालन गरी नेपाली जनतालाई घरभित्रै बन्दी बनाई संविधानसभाको निर्वाचनमा भाग नलिएका राजनीतिक पार्टीहरुलाई दलीय दर्जा नदिई तमाम जनताको सुझाव र ९५ प्रतिशतको मागलाई बेवास्ता गरी अनसनकारी हिन्दु युवा र दलित नेताहरुलाई लत्याउँदै ठूला तीन दल भनाउँदा पार्टीले आन्दोलनरत शक्तिहरुलाई वार्ता गर्ने वातावरण नै नबनाई दुई तिहाइ मतको आडम्बरमा नेपालको नयाँ सम्विधान निर्माणको कार्यप्रक्रिया शुरु गरेको व्यवहारप्रति हिन्दुमोर्चा नेपालको ध्यानाकर्षण भएको छ भनिएको थियो ।
यता पक्राउ परेका तीन जनालाई नै संगठित अपराध ऐन अन्र्तगत कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो । – रासस

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह




सुरुङ्गा(झापा) ४ असोज ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढे दश करोड
रुपैयाँ ऋण मिनाह गरेको छ ।
संस्थाले  सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम अन्र्तरगत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको रकम मिनाह गरेको हो । सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार व्यहोर्नु नपरोस् भनेर सहकारीले सञ्चालन गरेको उक्त कार्यक्रमबाट तीन वर्षको अवधिमा चारहजार एक सय ५३ घर परिवारका सदस्यले लिएकोे साढे दश करोड रुपैयाँ ऋण मिनाह गरेको  कार्यालयका वरिष्ठ विभागीय प्रमुख दिनेशवहादुर निरौलाले बताउनुभयो ।
तीन बर्ष अगाडि सहकारीले जिल्लामा नै पहिलो पटक सञ्चालन गरेको यो अभियान अन्र्तगत सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि उसले लिएको सम्पूर्ण ऋण मिनाहा  गर्दै मृतकका परिवारलाई काज किरिया खर्च बापत थप २४ प्रतिशत रकम सहकारीले प्रदान गर्ने गरेको छ ।  सहकारीको ऋणी सदस्यले लिएको ऋणको सम्पूर्ण रकम  तिर्न नसक्दै उसको मृत्यु भएमा सहकारीले मृतकको परिवारलाई तिरेको ऋण फिर्ता गर्दै तिर्न वाँकी ऋण समेत मृतकका हकवालालाई  दिने गरेको सहकारीका वरिष्ठ विभागीय प्रमुख निरौलाले बताउनुभयो । उहाँले सहकारी मार्फत जुनसुकै शीर्षकमा आफ्ना सदस्यले ऋण लगेको भएपनि उसको मृत्यु भएमा तिर्दै आएको रकम कार्यक्रम अनुसार  फिर्ता गर्ने र  तिर्न बाँकी रकम समेत उसको परिवारलाई उल्टै सहकारीले प्रदान गर्छ भन्नुभयो । सामाजिक सुरक्षा कार्यक्रम एक हिसावले विमा गरेजस्तै हो भन्दै उहाँले भन्नुभयोर्– कारणवस  ऋणी सदस्यको  मृत्यु भएमा उसको परिवारले भविश्यमा ऋणको चिन्ता वेहोर्नु नपरोस भनेर सहकारीले यस्तो कार्यक्रम ल्याएको हो ।’
ऋणी सदस्यको मृत्युपछि सहकारीले सुरु गरेको कार्यक्रम अन्र्तगत अहिलेसम्म चारहजार एकसय ५३ घर परिवारका सदस्यलाई दश करोड ५५ लाख ३३ हजार ६ सय ७८ रुपैयाँ  ऋण मिनाह गरेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । गरिवी निवारणका लागि लक्षित समुदायका महिलालाई  संगठित गर्दै सहकारीले आय आर्जन कार्यक्रमका लागि सहकारीले ऋण लगानी गरेको समेत सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । उहाँले सहकारीले ऋणी सदस्यको मृत्यु हुँदा प्रदान गरिने सेवा वाहेक सदस्यका श्रीमानको मृत्यु हुँदा समेत काज किरीया खर्चका लागि सात हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको बताउनुभयो ।
त्यस्तै सहकारीले ऋणी सदस्य सुत्केरी भए एक हजार ५ सय रुपैयाँ भिटामिन खर्चका लागि प्रदान गर्ने गरेको छ । यो सुविधा दुई सन्तानमात्र  जन्माउने सदस्यका लागि लागू हुने सहकारीका वरिष्ठ विभागिय प्रमुख निरौलाले बताउनुभयो । यसैगरी सहकारीले आफ्ना सदस्यलाई सर्पले डसे वा कुनै जंगली जनवारले टोकेर घाइते भएमा उपचार खर्चका लागि तीन हजार, दैवी वा प्रकृतिक प्रकोपमा परी घर मूलीको मृत्यु भएमा ५ हजार रुपैयाँ क्षति पूर्ति वापत रकम प्रदान गरिने गरिएको निरौलाले बताउनुभयो ।
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीमा अहिले ८५ हजार ४ सय ७८ जना महिला र पुरुष एक हजार ५ सय २२ जना गरी कुल ७८ हजार सदस्य आवद्ध रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहकारीको कार्यक्षेत्र झापा सहित इलाम,पाँचथर, मोरङ,सुनसरी,उदयपुर जिल्लामा रहेको बताइएको छ । संस्थाका ४ वटा इलाका कार्यलय र ४५ वटा सेवा केन्द्रमा गरी तीनसय १३ जनाले प्रत्यक्ष रोगजार पाएको कार्यालयले जनाएको छ ।

सहकारीको नाफा दश करोड
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीले आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै दश करोड पाँचलाख रुपैयाँ नाफा गरेको छ ।
कार्यलयका वरिष्ठ विभागीय प्रमुख निरौलाले दिएको जानकारी अनुसार २२ करोड ३४ लाख रुपैयाँ सेयर पूँजी रहेको सहरकारीले दश करोड रुपैयाँ नाफा गरेको हो । सहकारीमा आवद्ध सदस्यको एक अर्व ३५ करोड ५८ लाख रुपैयाँ बचत गर्न सफल सहकारीले आफ्ना सदस्यलाई दुई अर्व ४ करोड ६ लाख रुपैयाँ ऋण लगानी गरेको कार्यालयले जनाएको छ । सहकारीको वसालात मात्रै दुई अर्व ५७ करोड रहेको निरौलाले बताउनुभयो ।

सहाराले पैने तीन करोड कर ति¥यो
आर्थिक वर्ष २०७१÷०७२ मा दश करोड रुपैयाँ नाफा गर्न सफल सहारा नेपालले कर मात्रै पैने तीन करोड रुपैयाँ तिरेको बताइएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा दुई करोड ८० लाख ४९ हजार ८ सय ३६ रुपैयाँ आन्तरिक राजश्व कार्यालय मेचीलाई कर बुझाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा पारिश्रमिक वापत ५२ लाख ५८ हजार ६ सय १७ रुपैयाँ, सामाजिक सुरक्षा कर वापत १५ लाख ३३ हजार २ सय ६६ रुपैयाँ, लेखा परीक्षण कर वापत एक हजार दुई सय ७५ रुपैयाँ, घर भाडा वापत १३ लाख १० हजार ४ सय ४८ रुपैयाँ, ठेक्का कर वापत ११ लाख १० हजार ६ सय ९५ रुपैयाँ र  संस्थागत कर वापत  एक करोड ८८ लाख ३५ हजार, ९ सय  ३५ रुपैयाँ कर तिरेको कार्यालयका वरिष्ठ विभागीय प्रमुख निरौलाले जानकारी दिनुभयो ।

यस्ता छन् सहकारीका कार्यक्रमहरु
विपन्न समुदायको जीवन स्तर उकास्न सहकारीले विना धितो घरदैलोमा ऋण लगानी र बचत सेवा सञ्चालन  गर्दै आएको बताइएको छ । त्यस्तै साइनो हाम्रो सहारा कार्यक्रम अन्र्तगत पशुसाटासाट कार्यक्रम ,विपन्न समुदायको आवास कार्यक्रम, उज्यालो गाउँ बनाउँ कार्यक्रम र खुल्ला दिशा मुक्त गाउँ वनाउ अभियान सञ्चालन गर्दै आएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । यसैगरी घर भित्रको धुँवा मुक्त कार्यक्रम समेत सहकारीले सञ्चालन गर्दै आएको बताइएको छ । –

ब्लग सेयर गर्नुहोला।