Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, December 23, 2015

आजबाट विषादि प्रयोगमुक्त सप्ताह सुरु ÷/ झापामा विषादिको प्रयोग १५ प्रतिशतले घट्यो



सुरुङ्गा(झापा) ८ पुस । आजबाट देशभर विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको छ ।
‘घातक विषादि प्रयोग निर्मूलीकरण गरौं,खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ झापामा पनि विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको हो । सप्ताह पुस १४ गतेसम्म सञ्चालन हुने भएपनि झापामा भने विषादि प्रयोगमा न्यूनीकरण गर्दै वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अन्र्तगतका विषादि प्रयोगमा जोड दिँदै १६ गतेसम्म विभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
विषादिको विना प्रयोग फलाइएको  लौका । तीन वर्षदेखि वेमौसमी व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका झापा राजगढका कृषक सविता गौतम आफ्नो बारीमा फलेको चार फिट लामो लौका देखाउँदै । तस्बिर सुरेन्द्र भण्डारी, झापा, रासस 

 सप्ताह अवधि भर विषादिको बढी प्रयोग हुने स्थानहरुमा रासायनिक विषादिको असर र सावधानी अपनाउन के–के गर्नुपर्छ भन्ने विषयक सडक नाटक प्रस्तुत गरिने कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार झापामा वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अपनाएर कृषकले खेती गर्न सुरु गरेसंगै प्रत्येक वर्ष रासायनिक विषादिको प्रयोग घट्दै गएको छ ।
पछिल्लो समय झापामा  कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिँदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि विषादिको प्रयोग  १५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार झापाली कृषकले विषादिको सट्टा जैविक तथा वनस्पती विषादि उत्पादन गर्दै यसको प्रयोग गर्न थालेसंगै भारत तथा तेस्रो मुलुकबाट  भित्रने विषादिमा कमी आएको  छ  । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषदि झापा भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
 बढ्दो विषादिको प्रयोगले श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्ग लगायत मानव स्वास्थ्यमा  नकारात्मक प्रभाव पर्न थालेसंगै यहाँका कृषकले वनस्पती जन्य विषादि प्रयोग गर्न सुरु गरेका छन् –जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत खरेलले भन्नुभयो ।
किटनासक,ढुसीनासक लगायत झोल र धुलो विषादि सबैभन्दा बढी भारतबाट कृषकले चिया तथा तरकारी खेतीका लागि ल्याउने गरेका थिए तर अहिले त्यो अवस्था छैन्– विषादि निरीक्षक समेत रहनुभएका खरेलले भन्नुभयो – ‘झापाका कृषकले आइपीएम प्रविधिबाट चिया तथा तरकारी खेतीगर्न थालेपछि विषादिको प्रयोगमा कमी आएको हो ।’
भारत सरकारले अधिकतम विषादिको अवशेसको स्तर निर्धारण गरेसंगै झापाका पनि धेरै कृषकले आइपीएम पद्धतिबाट चिया तथा तरकारी खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताउनुभयो ।
महेशपुरको पराजुली टि स्टेट,जलथल – ४ र हल्दिवारी –३ मा आइपीएम प्रविधिबाट चिया खेती गर्न तालिम प्रदान गरेसंगै धेरैजसो यहाँका चिया कृषकले पनि रासायनिक विषादि प्रयोग गर्न छाडेको तिम्सिनाको भनाई छ ।
 चियामा अग्र्यानिक प्रमाणीकरणका लागि सरकारले समेत ५० प्रतिशत रकम अनुदान दिने भनेपछि सुरेन्द्रनगर सानाकिसान चिया सहकारी संस्था वाहुँनडागी , तारखी साना किसान सहकारी संस्था आँपडाँगी र पथरीयामा रहेको चिया वगानले अग्र्यानिक चिया खेती गरिहेको चिया तथा कफी विकास वोर्डका प्रमुख  इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार मेचीनगर नगरपालिका , जलथल लगायतका स्थानमा  रहेका वगानमा पनि  एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति अनुसार चिया खेती गर्न सुरु गरिएको छ ।
यता तरकारी खेतीमा पनि कृषकले रासायनिक विषदि प्रयोग गर्न छाडेपछि  यसको प्रयोगमा कमी आएको बताउनुहुन्छ जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीकराम भट्टराई । भट्टराईका अनुसार सुरुङ्गा,शान्तिनगर, वाँहुनडाँगी लगायतका स्थानमा कृषकले  व्यवसायिक तरकारी खेती गर्दै आएको र उनीहरुले रासायनिक विषादिको सट्टा वनस्पती जन्य विषादि प्रयोग गर्न थालेपछि झापामा विषादिको प्रयोगमा कमी आएको हो ।
व्यवसायिक तरकारी खेतीमा लागेका कृषकले एकैपटक विषादि प्रयोग कम गर्न नसक्ने जनाउँदै क्रमिक रुपमा विषादिको मात्रा घटाउँदै लान सल्लाह दिने कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार झापाको तोपगाछी– ८ र ९ नम्वर वडालाई आइपीएम भिलेज घोषणा समेत गरिएको छ । जहाँका कृषकले आएपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति)अपनाएर रासायनिक विषादि रहित तरकारी उत्पादन गर्दै आइरहेका छन् ।
झापामा तीनसय भन्दा बढी विषादि विक्रीका लागि पसल सञ्चालनको अनुमति पाएका पसलले विषादिको कारोवार गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
अझैंपनि झापाका धेरै कृषकले पूर्ण रुपमा विषादिको दीर्घकालीन असरको वारेमा जानकारी नपाएका कारण यसको प्रयोग पूर्ण रुपमा घट्न नसकेको जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख तिम्सिनाले बताउनुभयो ।
विषादि ऐन २०४८ अनुसार नेपालमा प्रतिबन्धित १६ प्रकारका विषादि आयात,खरिद –विक्री र प्रयोग गर्न नपाइने भएपनि छिटफूट रुपमा झापामा त्यस्ता विषादि कृषकले अझैंपनि प्रयोग गर्ने गरेको  सरोकारवालाहरुले बताएका छन् । तर, जिल्ला कृषि विकास कार्यालय झापाले भने प्रतिवन्धित विषादि विक्री वितरणमा पूर्ण रुपमा रोक  लगाएको जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।