Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, December 19, 2015

मुस्लिम समुदायपनि परिवार नियोजन सेवा लिँदै


सुरुङ्गा(झापा) ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम समुदायका अधिकांश महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी दुई सन्तान मात्र जन्माउन थालेका छन् ।

सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो समुदायमा गर्वपतन धार्मिक अपराध हो भन्ने मानसिकता अझै कायम छ । सोही मानसिकता अनुसार धार्मिक अपराधबाट बच्न सन्तानको रहर पुगिसकेका मुस्लिम समुदायका महिला  अहिले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दै छन् । केहीवर्ष अघिसम्म  समाज र परिवारले थाहा पाऊलान् भन्ने डरले अस्थायी साधन प्रयोग गर्नका लागि लुकीलुकी स्वास्थ्य संस्था धाउने मुस्लिम समुदायका महिला अहिले  निर्धक्क आफ्ना श्रीमानसंगै स्वास्थ्य संस्था आउने गरेको चकचकी स्वास्थ्य संस्थाका अहेव लक्ष्मण साहाले बताउनुभयो । आफ्नो स्वास्थ्यमा खासै चासो नदेखाउने यो समुदायका महिलाले बढ्दै गएको चेतानाका कारण बन्ध्याकरण गराउन स्वास्थ्य संस्था आउनथालेपछि शनिवार आफ्नो स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको साहाले बताउनुभयो । शिविरमा १५ जना महिलाले बन्ध्याकरण गरेकोमा ८ जना मुस्लिम समुदायका महिलाले मात्रै पाखुरामा राखिने परिवार नियोजनको ५ वर्षे अस्थाई साधन (नरप्लान्ट ) राखेको अहेव साहाले बताउनुभयो । शिविरमा आएका महिला मध्ये १४ जनाले परिवार नियोजनको अस्थाई साधन नरप्लान्ट प्रयोग गरेका थिए भने एक जना महिलाले पाठेघरमा राखिने १२ वर्षे अस्थायी साधन कपर्टी प्रयोग गरेको साहाले जानकारी दिनुभयो । कपर्टी प्रयोग गर्ने महिला मुस्लिम समुदायकी हुन् ।  त्यस्तै सन्थाल समुदायका ५ जना र  पराजुली थरकी अर्की एक महिलाले शिविरमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेको अहेव साहाको भनाई छ ।
 केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाले बन्ध्याकरण गराउनु हुँदैन बन्ध्याकरण गराए शरीरमा समस्या आउँछ भन्ने  डरले जन्मान्तर राख्न नचाहेपनि चेतनाको विकाससंगै अहिले अन्य समुदायका महिलाले जस्तै परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न थाल्नुले मुस्लिम, सन्थाल जस्तो समुदायको पनि पहुँच विस्तारै स्वास्थ्य क्षेत्रमा बढ्दै गएको मान्नुपर्छ – अहेव साहाले भन्नुभयो ।

पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग तथा  चकचकी स्वास्थ्य चौकीको आयोजनामा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा मुस्लिम समुदायका महिलासंगै  ४ सय ६८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा ६१ जना महिलाले स्वास्थ्य जाँच गराएको पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलका स्त्री रोग विशेषज्ञ डाक्टर अमित देवले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य जाँच गराउन आउनेहरुमा अधिकांश मुस्लिम र सन्थाल समुदायका रहेका छन् । जसमध्ये ७ जना महिलामा आङ खस्ने समस्या देखिएको डाक्टर देवले जानकारी दिनुभयो ।  धेरै सन्तान जन्माउनु, सुत्केरी अवस्थामा भारी काम गर्नु, सुत्केरी भएपछि छिट्टै  काममा फर्कनु, सुत्केरी अवस्थामा लामो समयसम्म व्यथा लाग्नु आदि कारणले महिलामा आङ खस्ने समस्या  देखिन्छ – स्त्रीरोग विशेषज्ञ डा. देवले भन्नुभयो ।
स्वास्थ्य शिविरमा आएका मध्ये ३५ जनामा मधुमेह, एकसय ५ जना हार्ड जोर्नी, ७० जना वालरोग, ३२ जनाको दांत परीक्षण गरिएको र निःशुल्क औषधि समेत वितरण गरिएको अहेव साहाले बताउनुभयो । शिविरमा मुटु रोग विशेषज्ञ डा अनिल वस्नेत, दाँंत रोग विशेषज्ञ डाक्टर रोमी वस्नेत, हाड जोर्नी विषेशज्ञ डाक्टर  कुमुद लिम्बू, जनरल सर्जरी डा शम्भू नवल , वाल रोग विषेशज्ञ डा रामभक्त सुवेदी लगायतको टोलीले सेवा प्रदान गरेको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।