Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, February 9, 2016

वौद्ध गुम्वा निर्माणका लागि दश लाख मूल्य वरावरको जग्गा दान


सुरुङ्गा(झापा) २६ माघ । सोरडु छोइलिङ वौद्ध गुम्वा निर्माणका लागि  शनिअर्जुन नगरपालिका – ६ निवासी एक  दाताले झण्डै १० लाख मूल्य वरावरको जग्गा निःशुल्क प्रदान गर्नु भएको छ ।
२८५२ औं मञ्जुश्री सोनाम लोसारका अवसरमा आज आयोजित कार्यक्रमकाबीच गंगावहादुर तामाङले दुई कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । उहाँले गुम्वा निर्माणका लागि सवैलाई सहयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने बताउनुभयो ।

     कार्यक्रममा आदिवासी जनजाति महासंघ(फोनिज) का पूर्व केन्द्रीय उपाध्यक्ष दीपिन राईले वौद्धमार्गीका लागि आफ्नो छुट्टै पहिचान संरक्षण गर्न पानीकलका स्थानीय दाताले देखाएको उत्सुक्ता आफैंमा प्रशंसा योग्य भएको भन्दै यस क्षेत्रमा गुम्वा निर्माणसंगै धार्मिक सहिष्णुता समेत बढेर जाने बताउनुभयो ।
गुम्वा व्यवस्थापन समितिका अध्यक्ष राजवहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी डीके गुरुङ , लेखनाथ गुरागाइँ, टेकवहादुर अधिकारी, चन्द्रमाया घिसिङ, जेसीजका कार्यकारी उपाध्यक्ष चन्द्र राना, लगायतले मन्तव्य राख्नुभएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।