Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, February 3, 2016

व्यवसायको प्रवर्धनमा २५ लाख रुपैयाँसम्म व्याज अनुदान दिन्छौं– श्रेष्ठ



सुरुङ्गा(झापा) २० माघ ।  कृषि विकास मन्त्रालय कृषि विभाग कृषि व्यवसाय प्रवर्धन तथा बजार विकास निर्देशनालय कृषि वस्तु निर्यात प्रवर्धन कार्यक्रम प्रमुख ताराकुमार श्रेष्ठले कृषि जन्य बस्तुहरुमा आधारित उद्योग एवम व्यवसायको प्रवर्धनमा सरकार जुटेको बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले यस्तो वताउनुभएको हो । आन्तरिक एवम् वाह्रय वजार विकास निर्यात प्रवर्धनमा सहयोग गर्ने तथा निर्यात प्रवर्धनको क्षेत्रमा संलग्न निकायहरुसंग समेत सहकार्य गर्दै सरकार अघि बढेको छ उहाँले भन्नुभयो ।
निर्यात जन्य कृषि वस्तुहरुको प्रवद्र्धनात्मक कार्यमा सहयोग पु¥याउन सरकारको कार्यक्रम अनुरुप सरकारले अहिले निर्यात जन्य वस्तुमा काम गर्ने व्यक्ति वा  फर्मका लागि २५ लाख रुपैयाँसम्म व्याज अनुदान दिने कार्य गरिरहेको छ –  श्रेष्ठले भन्नुभयो ।




निर्यात जन्य वस्तुको कारोवार गर्ने व्यक्ति वा फर्मका लागि सरकारले ९ प्रतिशतसम्म व्याज आफैंले तिरिदिन्छ श्रेष्ठले भन्नुभयो–‘ सावा मात्रै कारोवार गर्ने ऋणिले तिरेपुग्छ ,तर सबै कारोवार वैंकमार्फत नै हुन्छ ।’
कार्यक्रम अन्र्तगत झापाबाट पूर्वी नेपाल डेरी उद्योगले सहभागीता जनाउदै निव्र्याजी पैसा चलाई रहेको उहाँले बताउनुभयो ।  सरकारको लक्षित कार्यक्रम अनुरुप यस वर्षपनि व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि आवेदन खुल्ला गरेको र रितिका डेरी उद्योगसहित केही फर्मले आवेदन दिइसकेको बताउनुभयो । उहाँले विश्व व्यपार संगठनको प्रावधान अनुरुप गुणस्तरीय एवम् प्रतिस्पर्धी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारमा निर्यात पहुँच बढाउने तथा अन्तराष्ट्रिय स्तरमा भएको माग आपूर्ति गर्ने सरकारको मुख्य लक्ष्य हो भन्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।