Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 3, 2015

राहत र औषधि बोकेर झापाली डाक्टरको टोली नुवाकोट तर्फ प्रस्थान


 सुरुङ्गा (झापा) २१ वैशाख ।  कनकाई अस्पताल बिर्तामोड झापाको चिकित्सक सहितको टोली राहत बितरण तथा घाइतेको औषधि उपचारकालागि आज नुवाकोट तर्फ प्रस्थान गरेको छ ।
पहाडी क्षेत्रमा अझैंपनि भूकम्प पीडितले राहत तथा औषधि उपचार पाउन  नसकेको जनाउँदै डा. सतेन्द्र मण्डल सहितको टोली त्यस तर्फ प्रस्थान गरेको अस्पतालका अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीमा डा. दिनेश खड्का,डा.प्रेमवहादुर साही सहित ७ जना विशेषज्ञ डाक्टर नुवाकोट गएका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरु तथा डाक्टरबाट संङ्कलित ३ लाख   ५० हजार र  अस्पताल प्रशासनको तर्फबाट एक लाख गरी चारलाख ५० हजार वरावरको अत्यावसकीय राहत सामग्री र झण्डै रु ४ लाख मूल्य वरावरको औषधि सहित डाक्टरको टोली त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।
नुवाकोटमा जहाँ राहत नपुगेको हामी पाउँछौं त्यही ठाउँमा हामी राहत वाड्छौं जो घाइते छन् उनीहरुको औषधि उपचार गछौं अध्यक्ष राईले भन्नुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।