Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, May 2, 2015

बिर्तामोडमै जुट्यो रु ६० लाख बढीको राहत





सुरुङ्गा(झापा) २० वैशाख । झापा उद्योग वाणिज्य संघ  र  नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको अगुवाइमा भूकम्प पीडितका लागि रु २७ लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री जुटेको छ ।
आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त राहत सामग्रीको विवरण सार्वजनिक गरियो । रु २७ लाख २४ हजार ४ सय ४२ रुपैयाँ मूल्यको राहत सामग्री गोर्खाका भूकम्प पीडितलाई प्रदान गरिने बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो ।

-जसका लागि तीन वटा मालवहाक ट्रकमा  राहतसहितको टोली  आज नै  गोर्खातर्फ प्रस्थान गरेको छ । गोर्खामा भोलि सोमबार बिहान ती सामग्री वितरण गरिने बताइएको छ ।



रेडक्रस सोसाइटी बिर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराईका अनुसार १३ सय बोरा मुसुली चामल, एक सय बोरा आयो नुन, एक सय ४८ बोरा चिउरा, एक सय कार्टुन बिस्कुट, १८ बोरा दालमोट, पाँच सय थान त्रिपाल, तीन सय पाँचथान कम्मल , एक हजार कार्टुन चाउचाउ , दुई सय ७२ थान मेट्रेस  र एक सय बोरा मटर राहत स्वरुप पठाइएको छ ।
भूकम्प पीडितका लागि उक्त राहत सामग्री मेची अञ्चलबाट गएको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । बाणिज्य संघ र रेडक्रस बिर्तामोडको अगुावईमा अन्य २२ वटा संस्थाको समन्वय र सहयोगबाट उक्त सामग्री जुटाइएको रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिनुभयो ।
उक्त राहत सामग्रीका लागि भारत हरियाणाको शिव मन्दिर कोलरीबाट १९ लाख ५८ हजार चार सय, बाबा इन्टरप्राइजेजबाट १३ हजार पाँच सय, जगतबस्ती शान्ति टोलबाट १७ हजार आठ सय, बिमली बन्धु समाजबाट ५१ हजार, पुनर्जन्म समूह नेपालबाट ५१ हजार एक सय, बिर्तामोड बजार क्षेत्रका उद्योगी व्यवसायी तथा दाताहरुबाट पाँच लाख १७ हजार नौसय ४२, क्यान महासंघ झापाबाट ११ हजार, एकता हेड्सबाट १० हजार, व्यवसायी निर्मल भट्टराई बाट ११ हजार, निर्माण व्यवसायी संघ बाट २५ हजार, ओम अग्रवालबाट ११ हजार र वाणिज्य संघ बिर्तामोडले यस अघि संकलन गरेको दैवी प्रकोप राहत कोषबाट ७८ हजार रुपैयाँ जुटाइएको वाणिज्य संघ बिर्तामोडका सचिव किरण श्रेष्ठले जानकरी दिनुभयो ।

बिर्तामोडबाट गोर्खा जाने टोली
राहत बितरणका लागि विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै बिर्तामोडबाट बलराम कार्की, किरण श्रेष्ठ , निर्मल भट्टराई, प्रशान्त भण्डारी, ओमकृष्ण विमली, दिपेश पाठक, विशाल थापा, हेम खड्का, बीरबहादुर दर्नाल, ओमप्रकाश लुइँटेल, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, कुमार थापा, गोपाल चम्लागाँई, हरि खनाल सहित नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरी र फोटो पत्रकार विनोद पाण्डे  गोर्खा प्रस्थान गरेका छन् ।

१५ लाखको राहत सिन्धुपाल्चोक
यसअघि बिर्तामोडबासीको तर्फबाट सिन्धुपाल्चोकका ८५१ परिवारका लागि १५ लाख रुपैयाको राहत सामग्री लिएर आजै  एक टोली त्यस तर्फ प्रस्थान गरेको टोलीका अगुवा हर्कलाल गिरीले बताउनु भयो ।

१८ लाखको राहत सीडीओलाई हस्तान्तरण
 बिर्तामोडको शनिश्चरे रोड क्षेत्रका व्यवसायी तथा स्थानीय विभिन्न टोलवासीले जुटाएको १८ लाख रुपैयाको राहत सामग्री आज  प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई हस्तान्तरण गरिएको छ ।  स्थानीय व्यवसायी तथा  झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीले सो राहत सामाग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गर्नुभयो ।
। उक्त राहत त्रिवेणी टोल समिति,त्रिवेणी युवा क्लव,बालाजी टोल,पाथीभरा टोल,देवीवस्ती टोल र अलस्का अटो मोवाइल्स प्रालिको सहयोग,समन्वयमा  जुटाइएको  बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।