Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 4, 2015

चन्दा उठाएर पुल बनाउँदै गाउँले

                                                                                                   

सुरुङ्गा (झापा) २२ वैशाख  । पटक – पटक स्थानीय राजनीतिक दलका प्रतिनिधि , गाविस तथा जिल्ला विकास समितिलाई गरामनी– १ विरानटोल स्थित खोपवारी भएर बग्ने रेखा खोलामा पक्की पुल निर्माणको माग गरेपनि स्थानीयको माग सुनुवाई नभएपछि त्यहाँका अगुवा आफैं पुल निर्माणमा जुटेका छन् ।
झण्डै वीस लाख रुपैयाँ लाग्ने अनुमान सहित त्यहाँका स्थानीयले गाउँलेसंग चन्दा उठाएर पुल निर्माणमा जुटेका हुन् । लामो समयदेखि खोलामा पुल निर्माणको माग गरेपनि गाउँलेको कुरा सुनुवाई नभएपछि वैकल्पिक उपायका लागि शुरुमा कज्वे निर्माण गर्ने र पछि पुल निर्माणगर्ने लक्ष्य सहित स्थानीयले कज्वे निर्माण गर्न  शुरु गरेको गरामनी–१ निवासी राम भट्टराईले बताउनुभयो ।
झापाको गरामनी– १ विरानटोल स्थित खोपवारी भएर बग्ने रेखा खोलामा पक्की पुलको शिलन्यास गरिदै । 


 खोपवाडीको पूर्व र पश्चिम दुवैतिर  सानो र ठूलो रेखा खोला बग्ने भएकाले बर्षदको समयमा स्थानीयवासीलाई  रोखा  खोलो मुख्य चुनौति बन्ने गरेको प्रदीप खनालको भनाई छ ।

उहाँले बिर्तामोड नगरपालिकासंग जोडिएको हाम्रो गाविस छुट्टै टापु जस्तै हुन्छ भन्दै अगाडि भन्नुभयो –‘असर,साउन र भदैमा  खोला वारिका वारि पारिका पारि हुने स्थिति आउँछ कोही विरामी भए तन्नाको झोलुङ्गो बनाएर बोक्नुको विकल्प हुँदैन ।’
खोलामा पुल निर्माण नहुँदा सवैभन्दा बढी त्यस क्षेत्रका विद्यार्थी समस्यामा पर्ने गरेको स्थानीयको भनाई छ । पानी परेर खोला बढेपछि यहाँका केटाकेटीलाई स्कूल पठाउ हामीलाई समस्या हुन्छ थोरै पानी हुँदा त हामी आफैं खोलो तारिदिन्छौ तर खोलो बढेपछि विद्यार्थी स्कूल जान पाउँदैनन स्थानीय समाजसेवी विष्णु गिरीले भन्नुभयो ।  उहाँले पुल निर्माणका लागि आफूले पनि नगद सहयोग गरेको जनाउँदै एक दुई जनाको सहयोगले खोलामा  पुल निर्माण गर्न नसकिने भएकाले राज्यले नै लगानी गरेर यस ठाउँमा पुल निर्माण गर्नुपर्छ भन्नुभयो ।



झापाको गरामनी– १ विरानटोल स्थित खोपवारी भएर बग्ने रेखा खोलामा पक्की पुलको शिलन्यास गरिदै । 

गिरीले जस्तै अहिले त्यहाँका अधिकांशले आफूले सकेजति सहयोग गरेर खोलामा कज्वे निर्माण गर्न शुरु गरेका छन् । कतिपय मजदुरी गरेर दैनिकी टार्ने गाउँले पनि जनश्रमदान गरेर खोलामा तत्काल कज्वे निर्माण गर्नु पर्छभन्दै लागेका छन् ।  आदिवासी समुदायको समेत वसोवास रहेको उक्त ठाउँमा आर्थिक सहयोग गर्न नसक्ने निम्न वर्गका स्थानीयले जनश्रमदान गरिरहेका छन् भने सक्नेले आर्थिक सहयोगसंगै श्रमदान गरिरहेको पुल निर्माण समितिका कोषाध्यक्ष लालनेत्र भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार पुल निर्माणका लागि एक सय रुपैयाँदेख १० हजार रुपैयाँसम्म सहयोग गर्ने धेरै छन् । तर, पुल निर्माण गर्न झण्डै वीसलाख रुपैयाँ  लाग्छ यो हामीहरुको प्रयासले मात्र नपुग्ने भएकाले गाविसलाई सहयोको माग ग¥यौ हेमपाइप दिएर झारो टा¥यो भट्टराईले भन्नुभयो – त्यही हेमपाइप ओच्याएर भएपनि खोलामा कज्वे बनाउदैछौं,नहुनु मामा भन्दा कानो मामा जाति भन्थे हामीलाई रोखाखोला त्यस्तै भयो । ’
गाविसले केही हेमपाइप उपलव्ध गराएपछि गरामनी– १ विरानटोल वासी मात्र होइन खोला पारिका अधिकांशले खोलामा कज्वे निर्माणका लागि उत्साह देखाएका छन् । खोला तर्न समस्या भएकै कारण कज्वे निर्माण गर्न लागि परेका उनीहरुले स्थानीय राजनीतिक दलका अगुवा एकराज कार्की र भक्ति सिटौलालाई प्रमुख अतिथि बनाएर त्यहाँको वस्तु स्थिति दर्शाउदै खोलामा निर्माण गर्न लागिएको कज्वेको उद्घाटन गराएका छन् । पुल निर्माण समितिका अध्यक्ष टीकाप्रसाद वाँस्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच पण्डित खेमनाथ न्यौपानेलाई वैदिक विधि पूर्वक पाठ पूजा  गर्न लगाएर कज्वेको आज शिलन्यास गरिएको छ ।  सो अवसरमा स्थानीय लक्षीमा ओली, निलम पकुवाल, नारायण भण्डारी, प्रेम थापा, भरत भट्टराई, सन्तोष विष्ट, रेणुका मिश्र, सुरेन्द्र खरेल, पुष्पा भट्टराई लगायतले निर्माणाधीन कज्वे दीर्घकालीन समस्याको समाधान नभई कही समयका लागि मात्रै भएकाले त्यस क्षेत्रमा पुल निर्माणका लागि सरकारी तवरबाटै वजेट विनियोजन गरिनुपर्ने माग गरेका छन् ।
यता पुल निर्माणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने नेकपा एमालेका स्थानीय नेता कार्की र राप्रपा नेपालका केन्द्रीय सदस्य सिटौलाले प्रतिवद्धता जनाउनुभएको छ । खोलामा तत्काल कज्वे निर्माण गर्न शुरु गरिएपनि  विरानटोलवासी सन्तुष्ट भने भने छैनन् । नगरउन्मुख गाविसका रुपमा रहेको गरामनीमा राजनीतिक दलको असहयोगकै कारण लामो समयदेखि रेखा खोलामा पुल नबन्नु लाजमर्दाे कुरा हो यत्रो खोलाका लागि  गाविसले हेमपाइप मात्र दिनु अरुलाई सुनाउन नै लाजमर्दो भएको छ पुल निर्माण समितिका अध्यक्ष वास्तोलाले दुखेसो पोख्नुभयो । वर्षाको समयमा खोलो बढेर आउँदा बनाएको कज्वे भत्काउने डरका कारण पनि विरान टोलवासी खुशी हुन नसकेको बताउँनुहुन्छ विरान सहकार्य समाजका अध्यक्ष सन्तोष विष्ट ।
संविधान सभाको निर्वाचन ताका रेखा खोलामा पुल निर्माणको माग सहित धेरैले आफूहरुसंग मत मागेको र आफूहरुकै मतले राज्यको नीति निर्माण गर्ने तहमा पुगेपछि आफूहरुलाई उपेक्षा गरेको खोपवाडी वासीले आरोप लागाएका छन् । अघिल्लो संविधान सभाको निर्वाचन र पछिल्लो संविधान सभाको निर्वाचनका वेला आफूले चुनाव जितेपनि हारेपनि सहयोग गर्ने  प्रतिवद्धता सहित मत माग्न आएका दलका नेता अहिलेसम्म रेखा खोला तरेर एक पटकपनि नआएको भन्दै उनीहरुप्रति स्थानीयवासी निक्कै रुष्ट छन् । त्यसमा पनि घर ग्रिहिणी गरेर वसेका महिलाको आक्रोश पुरुषको भन्दा फरक छ । उनीहरु खोलामा पुल बनाउन नसक्ने सभासद्ले कसरी संविधान बनाउँछन् भन्दै कार्यक्रम स्थलमा नै आक्रोश पोखे ।  सभाषदले निर्वाचन क्षेत्र विकास कोषको रकमसमेत पहुँचवाला भएकै ठाउँमा खर्च गर्न छ्ट्याएको उनीहरुको भनाई छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।