Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, May 31, 2015

झापामा कक्षा ८ को पाठ्य पुस्तक अभाव


सुरुङ्गा (झापा) १७ जेठ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्य पुस्तक उपलब्ध नगराउदा  झापामा कक्षा ८ को पाठ्य पुस्तक अभाव भएको छ ।
शैक्षिक सत्र सुरु भएको डेढ महिना वितिसक्ता पनि कक्षा ८ को पाठ्य पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उपलव्ध नगराएपछि  पाठ्य पुस्तकको  अभाव भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।  कक्षा ८ मा झण्डै साढे १२ हजार विद्यार्थी अध्ययनरत रहेको र समयमा पाठ्य पुस्तक नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको उहाँको भनाई छ ।



महारानी झोडाको स्कूल चौन उच्च माविले काठमाडौं गएर पुस्तक ल्याएपनि झापाका अन्य सवै विद्यालयमा पुस्तक नपुगेको लुइँटेलको भनाई छ । भूकम्पका कारण लामो समयसम्म विद्यालय वन्द भएर केही दिन अघिदेखि विद्यालय सञ्चालन भएपनि विद्यार्थी पाठ्यपुस्तक विना नै विद्यालय जाने गरेको जिल्ला शिक्षा अधिकारी लाइँटेलले बताउनुभयो ।
पाठ्यपुस्तक अभाव हुँदा पठन पाठनमा नै समस्या भएको पशुपति उच्च मावि राजगढका प्रधानाध्यापक विद्यासागर चौधरीले बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।