Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, June 1, 2015

गौशाला निर्माणका लागि मन्दिरलाई गाई प्रदान

 
सुरुङ्गा(झापा) १८ जेठ । दक्षिणी झापाको राजगढ–३ मा रहेको दक्षिणेश्वर शिवालय मन्दिरमा गौशाला सञ्चालानर्थ एक दाताले गाई प्रदान गर्नुभएको छ ।
शिवालय मन्दिरमा आज आयोजित एक समारोहकाबीच विश्व हिन्दू महासंघका धु्रवप्रसाद शिवाकाटीले मन्दिरमा गौशाला सञ्चालानर्थ गाई प्रदान गर्नुभएको हो ।
  महर्शी वैदिक फाउण्डेशनका राष्ट्रिय कुलपति पुष्पलाल निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै दाता शिवाकोटीले हिन्दू संस्कारमा गाईको महत्व आमा समान भएकाले गौ संरक्षण गरिनुपर्छ भन्दै मन्दिरलाई आफूले गाई दिएको बताउनुभयो ।




मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम दुलालको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरका उपाध्यक्ष सुर्दशन सुवेदी, यज्ञ ओली, सुशीला निरौला, पशुपति रिजाल लगायतले बोल्नुभएको थियो । उहाँहरुले दक्षिणेश्वर शिवालय मन्दिरलाई तपोवनका रुपमा विकास गरेर लैजान आफूहरु लागि परेको बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।