Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, June 14, 2015

झापामा ३९ करोड रुपैयाँको अदुवा उत्पादन



सुरुङ्गा (झापा)३१ जेठ । अदुवा बिक्रीबाट झापामा यस आर्थिक बर्षमा ३९ करोड ५६ लाख ७५ हजार रुपैयाँ भित्रिएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको हो ।
 जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका सूचना अधिकारी शालीकराम भट्टराईले जानकारी दिनुभयो ।



     गत वर्ष ४ हजार ४ सय ८८ मेट्रिकटन अदुवा उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष मौषम राम्रो भएका कारण अदुवा उत्पादनमा समेत बृद्धि भएको उहाँको भनाई छ । अदुवा उत्पादनमा जोड दिदै जिल्ला कृषि विकास कार्यालय झापाले जिल्लाका ७ ठाउँमा अशल कृषि उत्पादन कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई वीऊ विजनसमेत निःशुल्क उपलब्ध गराएसंगै अदुवा खेतीमा कृषकले जोड दिएको भट्टराईले बताउनुभयो । जिल्लाका खुदुनावारी,डाँगीवारी,शान्तिनगर, वुधवारे,वाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा सञ्चालित पाठशालाबाट तीनसय जना प्रशिक्षक समेत तयार पारिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
झापामा उत्पादित अदुवा मध्ये २० प्रतिशत अदुवा बीऊ र मसलाका रुपमा नेपालमा नै खपत हुँने गरेपनि कृषकले उत्पादन गरेको ८० प्रतिशत अदुवा भारत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका सूचना अधिकारी भट्टराईले बताउनुभयो ।
झापामा राजमार्ग उत्तरका सबै गाविसका कृषकले प्राय अदुवा उत्पादन गर्ने गरेको बताइएको छ । यहाँका कृषकले कपुरकोटे, वोसे,जिरे,मकवानपुरे र स्थानीय जातको अदुवा खेती गर्ने गरेको  जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
पूर्वमा ८० हजार मेट्रिकटन अदुवा उत्पादन हुनेगरेपनि इलामपछि झापामा अदुवाको उत्पादन राम्रो हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।  अदुवा उत्पादनका लागि पूर्वको हावापानी राम्रो भएकाले पनि यहाँ अदुवाको उत्पादन राम्रो हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रमुख तेजवहादुर सुवेदीले बताउनुभयो ।

     झापाको धुलावारीमा अदुवा प्रशोधन केन्द्र बन्दै
अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले  झापाको धुलावारीमा अदुवा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु भएको छ ।
सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आउन लागेको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि डब्ल्यूटीओले ११ लाख ७३ हजार ६ सय ९४ डलर खर्च गर्ने बताइएको छ । तीन वर्ष भित्रमा परियोजनाको काम सम्पन्न गरी यहाँका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्वी बनाउने अवधारणा अनुसार अहिले काम भई रहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ । विदेशी मोडलमा तयार पारिएको परियोजना सञ्चालनमा आएपछि यहाँका २ हजार मानिसले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।
परियोजना अन्तर्गत किसानले उन्नत जातको बीऊ बिजन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट अदुवा उत्पादन गर्ने छन् । परियोजनाले पछि परेका जातजाति र महिलालाई प्राथमिकता दिने बताइएको छ । परियोजनाको अर्काे उद्देश्य अदुवाको अन्तरराष्ट्रिय व्यापारलाई समेत प्रवद्र्धन गर्ने रहेको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।